Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेचीदेखि महाकालीसम्मको दूरीभन्दा धेरै बाटो एक वर्षमा पिच भएको दावी : कसले पत्याए, कसले पत्याएनन्?

Posted on May 5, 2019 by Salokya


पूर्वमा झापाको मेची पुलदेखि पश्चिममा महाकालीको कञ्चनपुरस्थित गड्डाचौकीसम्म महेन्द्र राजमार्ग लम्बाई १ हजार २७ किलोमिटर हो। राष्ट्रपतिले शुक्रबार संसदमा दावी गरेको एक वर्षमा कालोपत्रे भएको सडकको लम्बाई महेन्द्र राजमार्गभन्दा पनि बढी अर्थात् १ हजार ६ सय किलोमिटर हो।

४० दिनअघि प्रधानमन्त्रीले एक वर्षमा ८ सय किलोमिटर सडक कालोपत्रे भएको र त्यो नेपालको इतिहासमै अहिलेसम्म नभएको दावी गरेका थिए। ४० दिनमै ८ सय किलोमिटर सडक कालोपत्रे गर्न सम्भव छ त? असम्भव हैन, तर नेपालको अहिलेको कार्यशैली र पारा हेर्दा चाहिँ सम्भव पक्कै नभएको धेरै इन्जिनियरहरुको विचार सुनियो।

सडक पिच गर्ने भनेको यसो कालो रङ्ग पोत्ने मात्र हैन। त्यसमा अनेक प्रक्रिया हुन्छन्। माथिको स्केचमा देख्न सकिन्छ।

पहिले नै कालोपत्रे भइसकेको सडकमा स्तरोन्नतिका लागि फेरि कालोपत्रे गर्न पनि सकिन्छ। तर सबै त्यस्ता सडक हुन्नन्। पिच गर्ने प्रक्रिया हुन्छन्। त्यसका लागि समय लाग्छ।

पूर्व पश्चिम महेन्द्र राजमार्गभन्दा बढी लामो किलोमिटर सडक एक वर्षमा कालोपत्रे गरियो भनेर सरकारले तथ्याङ्क दिने हो भने कुन कुन ठाउँमा भयो, यो यो ठाउँमा यति यति किलोमिटर कालोपत्रे गरियो भन्नै पर्छ। ४० दिनअघि ८ सय किलोमिटर भनेर प्रधानमन्त्रीले भन्ने अनि ४० दिनपछि त्यसको दोब्बर १६ सय किलोमिटर राष्ट्रपतिले भन्ने हो भने त्यो हचुवा नै हुन्छ।

तथ्याङ्क हेर्ने हो भने २०७४ चैतदेखि २०७५ चैतसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ र स्तरोन्नति गरी ७४७ किलोमिटर मात्रै कालोपत्रे भएको उल्लेख छ।

तर त्यसमा पनि पूरा तथ्याङ्क भने छैन। मध्यपहाडी लोकमार्गमा ७०, मदन भण्डारी राजमार्गमा १२ र नारायणगढ मुग्लिङमा ३२ किलोमिटर गरी ११४ किलोमिटरको मात्र तथ्याङ्क छ।

यसैलाई प्रधानमन्त्रीले आफ्नो तर्फबाट ५३ किलोमिटर थपेर करिब ८ सय किलोमिटर कालोपत्रे भएको भने। ठीकै हो। राउन्ड फिगरमा लगेर करिब ८ सय भन्न पाइयो। तर राष्ट्रपतिले त्यसमा ८ सय नै थपेर १ हजार ६ सय भन्नु चाहिँ अति भएन र?

सरकारले जे लेखिदिए पनि हुने राष्ट्रपतिको भाषणमा? जनताले जे भने पनि प्रश्न नगरी खुरुखुरु पत्याइदिनु पर्ने?

सामाजिक सञ्जालमा पनि यस्ता खालका प्रतिक्रिया देखिए-

भविष्यमा स्कुलमा पढाई हुने हिसाप-
मानिलिउँ ओली बा को कालोपत्रे ८०० किमी थियो भने विद्यादेवीको कति थियो..? अनी केटाकेटी ले भन्नेछन..भाषणको सुत्र अनुसार सोह्र सय किमी मिस…?

— कला (@kalapangeni) May 4, 2019

४० दिनमा थप ८०० किमी सडक कालोपत्रे भाको देखियो जुन दिनको मात्र २० किमी हो र याद रहोस सरकार दुई तिहाईको हो र चाह्यो भने २० के २०० किमी बनाउन पनि सक्छ।

यस्तो सजिलो मुहतोड जवाफ दिन पनि नसक्ने हनुमान हुन परेकोमा आज समस्त अरिंगाल सेना लज्जित भएको मेरो सरकारको ठहर छ । https://t.co/06j6UDYUou

— Tulasi Paudel (@harmfreee) May 4, 2019

कामको कदर गर्नुपर्छ ।
खास कालोपत्रे भको सडक ७४७ कि.मि. प्रधानमन्तृले झन्डै ८०० भन्नुभयो ठिक हो तर महामहिम रास्ट्रपति ले त ४० दिनमै दोब्बर बनाइदिनु भयो
६ महिना जति पछि भन्नुभा भए त देशका सबै रोड कालोपत्रे हुने रहेछन । https://t.co/Bn3sEsvi1l

— प्रेम ( O+ve) (@neups_prem) May 4, 2019

हुन त यस्तो खत्रा सरकार चालिस,चालिस दिनसम्म केहिपनि नगरी बस्यो होला र??
जाबो बाँकी ८०० किमी त ४० दिनमा चुड्कि बजा'र कालोपत्रे गरेर सक्काईद्यो होला के रे।
सालोक्य बोरो फेक पत्रकार रहेछन्? https://t.co/imXXo3XVY7

— दीपक लम्साल (@Sandaju11) May 4, 2019

एक वर्षमा ८०० किमी कालोपत्रे भनेको सरदर एक जिल्लामा एक वर्षभरिमा जम्मा १०किमी कालोपत्रे हुन्छ।
गर्जन त ठूलो छ फेरी। ?

— Suman Acharya (@suman_achrya) May 4, 2019

कति किमी कालोपत्रे सडक बनेछ भनेर नाप्न जाँदा जम्मा जम्मी ८०० किमी बनेको रैछ, अनि फर्किँदा को ८०० किमी दूरी जोड्दा समग्रमा १६०० किमी कालपत्रे भएको रैछ। भारतमा पनि यसरी नाप्दा केही फरक नपर्ने रहेछ तर नेपालमा चै कोकोहोलो छ! लम्बाईमा अड्केका कथित बुद्धिजीवीहरू। Size doesn't matter.

— agyeya (@BoJackDoraemon) May 4, 2019

लेख्दिम न के जान्छ र, रमाइलो! भनेर लेख्दा रैछन ?#कालोपत्रे

— क्यान्भास (@Mtsudip) May 4, 2019

नेपालमा दिनमा लगभग ५।५ किलोमिटर सडक कालोपत्रे हुदो रहेछ । जानेर खुसि लाग्यो । सम्ब्रिदी र बिकाश टाढा छैन।

— Sujan Rajbhandari (@SujanRajbhanda4) May 4, 2019

कामको झलक मात्र होइन कामको स्पिड पनि बबाल छ ! चैत्र 10 गतेसम्म 800 किमी सडक कालोपत्रे अनि बैशाख 20 गते 1600 किमी सडक कालोपत्रे भयो ! एक महिना दश दिनमा थप आठ सय किमी ग्रेट ग्रेट ! https://t.co/MVM3bFnIbr

— Govinda Baniya?? (@DearGovin) May 4, 2019

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme