Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : ‘कन्टेन्ट’को बहस मोड्न सरकारको रणनीतिगत त्रुटी देखि हाइवेलाई रनवे बनाउन कति सम्भव ?

Posted on May 3, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २० गते बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको २१८ बूँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विमानस्थलबारे तीन बूँदा उल्लेख थिए। त्यसमध्ये एउटामा राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा विस्तार गर्ने अर्थात् हाइवेलाई रनवे बनाउने नीति छ।

के यो सम्भव छ त ?

हाइवेमा रनवे बनाउने काम सम्भव नदेखिने प्राधिकरणका एक अधिकारीले बताए। ‘जहाजको लम्बाई अनुसार रनवे निर्धारण गर्नुपर्ने हुन्छ। राजमार्गमा गाडी गुडिरहेका हुन्छन्। दायाँ र बायाँ तार हुन्छन्’,  उनले थपे, ‘त्यसमाथि हाम्रो राजमार्गमा भएको सडकको चौडाइ यसै पनि तुलनात्मक हिसाबमा साँघुरो छ।’

हाइवेलाई रनवे बनाउने सरकारको योजना, कति सम्भव ? भन्दै पहिलोपोस्टले लेखेको छ।

यस पटकको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर २१ पटक सम्बोधन गरिन्।

सोही कारण नीति तथा कार्यक्रमको कन्टेन्टमाथि भन्दा पनि त्यही शब्द प्रयोगमा बहस मोडिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मादेखि साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसम्म ट्विट गर्दै यही शब्दमा अल्झिए।

‘नीति तथा कार्यक्रम’का विषयवस्तुमाथि छलफल हुनुभन्दा सरकारले गरेको ‘रणनीतिगत त्रुटी’को बढी चर्चा हुन्छ। र, विषयवस्तुभन्दा बाहिर झिनामसिना विषयमा बहस मोडिन्छ।

कहिले ‘माननीय’, कहिले ‘मेरो सरकार’ विवाद : ‘कन्टेन्ट’को बहस मोड्न सरकारको रणनीतिगत त्रुटी? भन्दै पहिलोपोस्टले लेखेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासनमात्रै भएको भन्दै आलोचना गरेका छन् ।

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको जिकिर गरेका हुन्।

देउवाले भने : नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही छैन भन्दै अनलाइन खबरले लेखेको छ।

सरकारले आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेको छ। आज संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबाट सरकारले कर्मचारीहरुलाई हालसम्म प्रदान गरिंदै आएको सेवा सुविधामा पुनरावलोकन गर्ने नीति लिएको छ।

अघिल्लो वर्ष तलब भत्तामात्र बढेकोमा कर्मचारीहरु यो वर्ष तलब बढाउनुपर्ने लविङ रहेका छन्।

कर्मचारीको तलब बढ्ने भन्दै सेतोपाटीले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme