Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बडिगार्डसित बिहे गरेर अचम्ममा पार्ने थाई राजाको हेर्दै अनौठो परम्परा : भूइँमा घिस्रँदै जल थाप्नुपर्ने

Posted on May 3, 2019 by Salokya


हाम्रो देशमा राजतन्त्र मासेर गणतन्त्र ल्याइहाले। त्यसैले राजतन्त्रका गजब गजबका परम्परा र त्यो बक्सियोस् सक्सियोस् भन्ने भाषासमेत देख्न सुन्न नपाइने गरी मासियो। त्यसैले राजतन्त्रका अलि रमाइला दृश्य हेर्न पनि विदेशतिर चहार्नुपर्छ।

भर्खरै थाइल्यान्डमा एउटा रमाइलो भएको छ। थाई राजा राम X हुन् जसलाई महा वाजिरालङकर्न (कस्तो अप्ठेरो नाम- उच्चारण पनि मिल्यो कि मिलेन) पनि भनिन्छ। उनले आफ्नो राज्यभिषेकको अघि आफ्ना प्रजालाई अचम्मैमा पारिदिए- आफ्नै बडिगार्डसित बिहेको घोषणा गरेर।

राजा ६६ वर्षका भए। तीन वटा बिहे गरिसके। सात जना सन्तान छन्। तीन पत्नी सबैसित डिभोर्स भइसक्यो। चौथो चाहिँ उनले आफ्नै बडीगार्डका रुपमा कार्यरतलाई रोजे। सुथिदा अब रानी भइन्।

राजासँगै सुथिदालाई झण्डै तीन वर्षदेखि मानिसहरुले देखिरहेका थिए। तर उनको बारेमा केही जानकारी दिइएको थिएन। अचानक शनिबारको राज्याभिषेकअगाडि बुधबार अबेर बिहेको घोषणा भयो।

सुथिदा ४० वर्षकी भइन्। पहिले उनी थाइ एयरवेजकी एयर होस्टेस रहिछिन्। राजासित उनको भेट विमानमै भएको रहेछ सबैभन्दा पहिला।

बिहेको परम्पराका केही फोटो र भिडियो पनि सार्वजनिक भए।

फोटोमा रोचक र हामीलाई अनौठो लाग्ने परम्परा देख्न पाइन्छ।

फोटोमा रानी जमिनमा घस्रेर राजाको पाउ सामु हुन्छिन्। कुर्सीमा बसेका राजाले जल छर्कन्छन्।

ध्यान दिएर फोटो हेर्ने हो भने त्यहाँ रानीमात्र हैन, वर्दी लगाएका अरु पनि जमिनमा त्यसरी नै घस्रेका देखिन्छन्। गजबै रहेछ परम्परा। परम्परा भनेको परम्परा नै हो।

हाम्रो देशमा पनि राजा हुँदा यस्तै नभए पनि यस्तै खाले दृश्य हेर्न पाइरहेका थियौँ। उदाहरणका लागि यो फोटो-

राजाकाे जुत्ता लगाएको खुट्टैमा रानीले ढोगेको दि हिमालयन टाइम्समा छापिएको यो फोटो सन् २००५ को हो। त्यतिबेला देशमा राजाको एकलौटी शासन थियो। राजगद्दीमात्र नभएर मन्त्रिपरिषद्का अध्यक्षको रुपमा प्रधानमन्त्रीको कुर्सीमा पनि तत्कालीन श्री ५ ज्ञानेन्द्र नै थिए।

त्यतिबेला श्रीमानलाई श्रीमतीले ढोग्ने नेपालीको चलनै हो, यसमा आपत्ति जनाउनु पर्ने के छ र भन्ने तर्क गरिएका थिए। आपत्ति गरेको हैन, मिस गरेको क्या यस्ता फोटो आएनन् अब भनेर। त्यसो भन्न त पाइयो नि हजुर, कि कसो?

2 thoughts on “बडिगार्डसित बिहे गरेर अचम्ममा पार्ने थाई राजाको हेर्दै अनौठो परम्परा : भूइँमा घिस्रँदै जल थाप्नुपर्ने”

  1. madan bajracharya says:
    May 3, 2019 at 3:52 pm

    संस्कार र प्रचलनको औचित्यको बारेमा अन्तिम निर्णय समयले गर्छ/ उहिले पुनित भनियको कयौं संस्कार र प्रचलन अहिले घृणित कार्य र जघंन्य अपराध बनि सकेको छ/ थाई नरेशले मानेको त्यो नारीलाई भुइंमा घस्रंदै ….गर्नु पर्ने संस्कार र प्रचलनको बारेमा पनि आउने समयले पक्कै पनि केहि त् परिबर्तन ल्याउनेनै छ/

    Reply
  2. Kunjan says:
    May 3, 2019 at 3:45 pm

    HAHA

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme