Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : नेपालमै पहिलोपटक बर्ड फ्लुको कारणले एक युवाको मृत्यु : को हुन् बर्ड फ्लुबाट ज्यान गुमाउने व्यक्ति ?

Posted on May 2, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १९ गते बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

बर्ड फ्लुबाट नेपालमा पहिलो पटक एक जना २१ वर्षिय  युवकको मृत्यु भएको छ।

गत चैत १५ गते बर्ड  फ्लुका कारण मृत्यु भएको हो।

युवकको र्यालको नमूना टेकुस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला परीक्षणका लागि पठाइएको थियो। बर्ड फ्लुको भएको पुष्टी भएपनि बिस्तृत जानकारी लिनको लागि जापानको एक ल्यावमा परीक्षण गर्न पठाइएको थियो। जापानको ल्याबले बर्डफ्लुको पुष्टी गरेपछि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

नेपालमा पहिलोपटक मानिसमा देखियो बर्डफ्लु, २१ वर्षीय युवकको मृत्यु भन्दै नेपाल लाइभले लेखेको छ।

बर्ड फ्लुको कारण युवकको मृत्यु भएको जानकारी  दिएपनि स्वास्थ्य मन्त्रालयले ति युवा को र कहाँका थिए जानकारी दिएको छैन्। उनी कस्तो अवस्थामा थिए भन्ने बारेमा पनि जानकारी दिएको छैन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार बर्डफ्लुबाट मृत्यु हुने व्यक्ति कुखुरा फार्म सञ्चालक होइनन्। मासु पसलका सञ्चालक पनि होइनन्। कृषि पेशासँग पनि सम्बन्ध छैन। उनको परिवारमा पनि बर्ड फ्लुको लक्षण देखिएको छैन। २ हजार २ सय ५० जना बर्डफ्लुको लक्षण देखिएको बिरामीको परीक्षण गर्दा पनि कसैमा बर्डफ्लुको संक्रमण भएको भेटिएन।

त्यसो भए कहाँबाट कसरी बर्डफ्लु सर्‍यो ती युवकलाई ?’

‘के ती युवक विदेशबाट आएका थिए त ?

को हुन् बर्ड फ्लुबाट ज्यान गुमाउने व्यक्ति : कुखुरा फार्म सञ्चालक? मासु पसले? मासु खाने कि विदेशबाट आएका? भन्दै पहिलोपोस्टले लेखेको छ।

बर्ड फ्लुले मानिसको ज्यान गएपछि मानिसहरुले कुखुराको मासु खानु हुन्छ कि हुदैँन भनेर त्रास बढेको छ।

विश्व स्वास्थ्य संगठनले सत्तरी डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएर मासु खान हुने जनाएको छ। मासु राम्ररी नपकाइ खाएको अवस्थामा भने यो रोग मान्छेमा सर्छ।

बर्ड फ्लु चलेका बेला कुखुराको मासु खाने कि नखाने? भन्दै सेतोपाटीले लेखेको छ।

बर्डफ्लुका यस्ता छन् लक्षण र बच्‍ने उपायहरु भन्दै  बाह्रखरीले लेखेको छ।

यस्ता छन बर्ड फ्लुका लक्षणहरु।

१. उच्च ज्वरो आउनु ।
२. खोकी लाग्नु ।
३. घाँटी दुख्नु ।
४. मांशपेशीहरु दुख्नु ।
५. सुरूमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्नेसमेत हुन सक्छ  ।
६. संक्रमण छिट्टै फैलिएर श्वास फेर्न गाह्रो हुने ।

यसरी सकिन्छ बच्न

१. नियमितरुपमा साबुन पानीले हात धुने ।
२. व्यक्तिगत रुपमा सरसफाईमा ध्यान दिने ।
३. आफ्नो वरिपरिको वातावरण सफा राख्ने ।
४. बिरामी तथा मरेका कुखुरा तथा पन्छीबाट टाढा बस्ने ।
५. बालबालिकाहरुलाई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने ।
६. कुखुराको काँचो मासु काटछाट गर्ने वा पकाउँने मानिसले नांगो हात, खुल्ला नाम मुख गरी मासु चलाउनु हुदैन् । कम्तिमा पनि हातमा पञ्जा मुखमा माक्स वा रुमाल तथाएप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम क मगर्न सकिन्छ ।
७. कुखुराको मासु राम्ररी पकाएर खाने –कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्दछ।

डा बाबुराम भट्टराईले नयाँ शक्तिसँग उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम पार्टी एकता गर्न यादवसहित फोरमले नै सरकार छाड्नुपर्ने शर्त राखेका छन्। तर भट्टराईको शर्त यादवले मानिसकेका छैनन्। यादवले शर्त माने यही २३ गते पार्टी एकता हुने बताइएको छ।

बाबुराम भट्टराईको शर्तः उपेन्द्रले सरकार छाडे पार्टी एकता घोषणा वैशाख २३ गते भन्दै काठमाण्डुं प्रेसले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme