Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : बालुवाटार प्रकरणमा मुछिएपछि माधव नेपाल र बाबुराम भट्टराईले भने— ‘गलत गरेको भेटिए दण्ड भोग्न तयार छौँ’

Posted on April 29, 2019April 29, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १६ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

नायिका श्वेता खड्काको गर्दनमा ट्यूमर देखिएपछि भारतको अस्पतालमा शल्यक्रिया गरिएको छ। श्वेताले आफ्नो फेसबुकमा अस्पतालका फोटोहरु राख्दै आफैले यसबारे जानकारी दिएकी हुन्। उनलाई गर्दनम ट्युमर देखिएको हो।

ट्युमरकै कारण क्यान्सर हुनसक्ने भएकाले यो अत्यन्तै खतरनाक रोग हो। अप्रेसन गरेर सबै ट्युमर निकालेपछि निम्न श्रेणीको ट्युमरको अपेक्षित नतिजा राम्रो हुन्छ। तर, त्यसले ‘साइड इफेक्ट’ गर्दैन र फेरि फेरि ट्युमर पलाउँदैन भनेर निश्चित गर्न सकिन्न।

त्यसैले श्वेताले ‘मेरो दोस्रो’ जीवन भन्दै लेखेकी छिन्,— ‘यो घटनाले सिकाउँछ कि जीवन दुर्भाग्यपूर्ण छ। हामीलाई कहिल्यै थाहा हुँदैन कि हामीलाई के हुन सक्छ र जीवनले हामीलाई कहाँ पुर्‍याउन सक्छ।’

श्वेता खड्कालाई भएको ट्युमर कस्तो? के कारणले हुन्छ? कसरी पत्ता लाग्छ? भन्दै पहिलोपोस्टले लेखेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छिन्।

आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि धन्यवाद व्यक्त गरिन्।

चिनियाँ राष्ट्रपति सीले अन्तरराष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गरेको उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताए।

राष्ट्रपति भण्डारीले दिइन् चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो भन्दै काठमाण्डुं प्रेसले लेखेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको अवसर पारेर चीनले नेपाललाई १ अर्ब ६० करोड रुपैयाँ (१ खर्ब युवान) बराबरको अनुदान सहयोग दिने घोषणा गरेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सोमबार विहान द्विपक्षीय वार्ता भएसँगै चीनले यस्तो घोषणा गरेको थियो।

चीनले सहयोगको यस्तो घोषणा गर्नुअघि बेइजिङमा नेपाल–चीनबीच विभिन्न ६ वटा सहमति–समझदारी भएका थिए। तिनैमा समेटिएका योजनाहरुलाई सहयोग पुग्ने गरी बेइजिङले सहयोगको घोषणा गरेको हो।

बेइजिङस्थित नेपाली राजदूतावासले विज्ञप्ती जारी गरी बताए अनुसार चीनले नेपालमा सञ्चालन गरेका विभिन्न परियोजना, नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर बृद्धि, भूकम्पले पुर्याएपछिको पुनर्निर्माण लगायतका कार्यमा यो रकम खर्च हुनेछ।

नेपाललाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने चिनियाँ घोषणा भन्दै नेपाल खबरले लेखेको छ।

बालुवाटार जग्गा प्रकरणमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण दिएका छन्। प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै उनले त्यसको जिम्मा आफूले लिने बताए ।

बालुवाटार जग्गा प्रकरणका बारेमा सोमबार नेकपाको सचिवालय बैठकमा समेत प्रश्न उठेको थियो। सोमबार नै अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय आफ्नो भएकाले त्यसको जिम्मा लिने बताएका छन्।

नेता नेपालले बालुवाटारको जग्गाबारे अहिलेसम्म भएका निर्णयबारे छानविन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन्।

नेता नेपाल प्रधानमन्त्री भएको बेला ३१ वैशाख २०६७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयले डिल्लीबजार मालपोलले गरेको गलत निर्णयलाई बैधानिकता दिएको भन्दै पूर्वप्रशासक शारदाप्रसाद त्रिताल समितिले त्यो निर्णय नै खारेज गर्न सिफारिस गरेको छ।

बालुवाटार जग्गा प्रकरणमा माधव नेपालले दिए स्पष्टीकरण भन्दै अनलाइन खबरले लेखेको छ।

त्यस्तै बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा आफ्नो दोष देखिए दण्ड स्वीकार्न तयार रहेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन्।

तुलनात्मक रुपमा स्वच्छ छवि भएका प्रधानमन्त्रीहरु नै बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएको भन्दै भट्टराईले यसको जरासम्म पुग्ने गरी छानबिन हुनुपर्ने बताएका छन्।

एक अर्कालाई आरोप प्रत्यारोप गरेर मात्र समस्या समाधान नहुने भन्दै यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

उनले  भने ‘व्यक्तिगत रुपमा जति स्वच्छ रहे पनि भ्रष्टाचार रोकिदैन भन्ने कुरा वाइड बडी प्रकरण, बुढीगण्डकी, तारागाउँ होटल र ललिता निवासले देखाएको छ, भ्रष्टाचारको जरासम्म पुगेर हामी कसैले गल्ती गरेका रहेछौं भने कारबाही होस्।’

बालुवाटार जग्गाको जरैसम्म पुगेर छानबिन होस्, दण्ड स्वीकार्न तयार छु : बाबुराम भट्टराई भन्दै अनलाइन खबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “आजको खबर : बालुवाटार प्रकरणमा मुछिएपछि माधव नेपाल र बाबुराम भट्टराईले भने— ‘गलत गरेको भेटिए दण्ड भोग्न तयार छौँ’”

  1. bishnu kharel says:
    April 30, 2019 at 6:01 am

    एक खर्ब युअन भनेको त लगभग १७ खर्ब नेपाली रुप्यिया जति होइन र ….के लेखेको १ अर्ब ६० करोड …..लौ नसक्ने !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme