Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर: विष्णु पौडेलको बालुवाटारको जग्गा रोक्कादेखि बालुवाटारकै जग्गामा माधव नेपालपछि बाबुराम पनि मुछिए

Posted on April 28, 2019April 28, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १५ गते शनिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

सुदूरपश्चिम प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवले सचिव गरी १५ जनाले शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण कार्यक्रममा तीन जिल्लाका सचिव भने उपस्थित भएनन्। डडेलधुराका तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंह शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहे।

तीनै जना तत्कालीन एमाले जिल्ला कमिटी अध्यक्ष हुन् भने आफूहरूलाई एक पद तल झारेर सचिव पदको जिम्मा दिएको भन्दै उनीहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएर शपथ कार्यक्रममा उपस्थित नभएको बताएका छन्।

नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले उनीहरूलाई शपथ खुवाएका हुन्।

सुदुरपश्चिममा पूर्व एमालेका तीन अध्यक्षले स्वीकारेनन् सचिव पद, शपथ बहिस्कार भन्दै पहिलोपोस्टले लेखेको छ।

प्रधानमन्त्री निवास बालुवाटार परिसरको आठ आना जग्गा सरकारले रोक्का गरेको छ।उक्त जग्गा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले किनेका थिए।

पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उक्त जग्गा रोक्का राखिएको भूमि सुधार मन्त्री पद्मा अर्यालले पुष्टि गरेकी छन्। आयोगले प्रधानमन्त्री निवास बालुवाटार परिसरको जग्गा सरकारी भएको बताएको छ।

यद्यपी प्रधानमन्त्री निवास परिसर (ललिता निवासको)मा रहेको पौडेलका छोरा नवीनको नामको जग्गा वैधानिक भएको भन्दै बचाउ पनि गरेकी छन्।

मालपोत कार्यालयको अभिलेखले भने उनको भनाइ खण्डन गर्छ।

अहिले पौडेलको नाममा भएको कित्ता मोही भनिएकी माया प्रजापतिको नाममा देखिन्छ। उनी साँच्चै मोही नै हुन् कि त्रिताल आयोगले भूमाफिया भनेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले खडा गरेका नक्कली मोही हुन् भन्ने यकिन छैन।

नेकपा महासचिव विष्णु पौडेलको बालुवाटारस्थित आठ आना जग्गा रोक्का भन्दै सेतोपाटीले लेखेको छ।

पोखरा विश्वविद्यालयको नियमविपरित क्याम्पसले भर्ना लिएका ३ सय ४४ विद्यार्थीलाई परीक्षामा सहभागि गराउन सर्वोच्चले दिएको आदेशको विरोधमा नेविसंघले काठमाडौंमा राके जुलुस निकालेका छन्।

उनीहरुले पुरानो बानेश्वर क्षेत्रमा राके जुलुस निकालेका हुन। उनीहरुले स्नातक तह व्यवस्थापन संकायमा भर्ना हुन न्यूनतम योग्यता ‘सि’ ग्रेड ल्याउनुपर्ने माग गर्दै आएका थिए।

सर्वोच्चको आदेशविरुद्ध नेविसंघले काठमाडौंमा निकाल्‍यो राके जुलुस भन्दै देशसञ्चारले लेखेको छ।

बालुवाटारको सरकारी जग्गा प्रकरणमा कृष्णप्रसाद भट्टराईदेखि माधव नेपाल हुँदै तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईका पालामा पनि निर्णयहरु भएको पाइएको छ।

माधव नेपाल नेतृत्वको मन्त्रिपरिषदले बालुवाटार विस्तार गर्ने सन्दर्भमा गरेको निर्णयलाई टेकेर डा. बाबुराम प्रधानमन्त्री भएको मन्त्रिपरिषदले सरकारी जमिनलाई पशुपति टिकिन्छा गुठीमा परिणत गरी मालपोत कार्यालयमार्फत् मोहीका नाममा गरिएको पाइएको छ।

माधव नेपाल नेतृत्वको सरकारले कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय सिरानीमा हालेर सरकारी जग्गामा समेत मोही कायम गर्ने निर्णय गर्‍यो । तर, डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदले त्यसमा समेत बदमासी गरेर भू-माफियाको पक्षमा अझ खतरनाक निर्णय गरेको पाइएको छ ।

सरकारी जग्गामा मोही कायम नहुने कानुन रहेकाले मन्त्रिपरिषदको बैठकमा प्रस्ताव लगेर भुलबस समरजंग कम्पनी (सरकारी सम्पत्तिको अभिलेख राख्ने) को नाममा जग्गा रहन गएको भन्दै उक्त सरकारी जग्गालाई पशुपति टिकिन्छा गुठीका नाममा लैजाने निर्णय गराइएको पाइएको छ । गुठीको जग्गामा मोही खडा गर्न मिल्ने तर, सरकारीमा नमिल्ने भएकाले भू-माफियाले बाबुराम नेतृत्वको मन्त्रिपरिषदबाटै निर्णय गराई थप ३ रोपनी १२ आना ३ पैसा जग्गा हडपेको देखिन्छ।

बालुवाटारको जग्गामा माधव नेपालपछि बाबुराम पनि मुछिए भन्दै अनलाइन खबरले लेखेको छ।

नेपाल लगातार दोस्रो पटक एशियन क्रिकेट काउन्सिल (एसिसी) यू-१६ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको छ।

थाइल्याण्डमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले यसवर्षको उपाधि उचालेसँगै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

अघिल्लो पटक २०१७ को डिसेम्बरमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको थियो।

एसिसी यू-१६: नेपाल लगातार दोस्रो पटक च्याम्पियन भन्दै नेपाल खबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

3 thoughts on “आजको खबर: विष्णु पौडेलको बालुवाटारको जग्गा रोक्कादेखि बालुवाटारकै जग्गामा माधव नेपालपछि बाबुराम पनि मुछिए”

  1. Shankar says:
    April 29, 2019 at 5:28 pm

    काठमान्डू, ललित पुर् , भादगाउ को हरेक सार्बजनिक जग्गा जाच पड्ताल गरे मिचिएको भेटिन्छ | कुनै पनि ररकार ले राम्रो काम को सुरुवात यहि बाट गर्न सक्छ | येस्बाट धेरै राजस्व समेत जम्मा हुन्छ |

    तर येसो हुदैन | देश को पी यम भैसकेको सिर्सस्त नेताहरु समेत खुफिया रुप मा भारतको काख मा सुरक्षित बस्ने अनि नेपाल आमालाई लुट्ने र लुटाउने ( बिसेस मादे लाइ , भारतीय ब्यापारी , गुण्डा हरु लाइ जस्तो कि बिहार को गुण्डा पप्पु यादब समेत लाइ ) प्रबृत्ति देखिन्छ| भारतीय लाइ नागरिकता बितरण गर्ने र मुसा जस्तो आफ्नो घर देश लाइ खोकलो बनाउने |

    Reply
  2. सौरभ says:
    April 29, 2019 at 7:43 am

    नेकपा महासचिवको गैरकानुनी जग्गा रोक्का निर्णय भनेको सरकारले जनताको आँखामा धुलो हाल्ने काम सिवाय अरु केहि होइन| रोक्का गरिएको हो भने महासचिवले नैतिक जिम्मेवारी वहन गरेर हाल लाई आफ्नो पदबाट राजीनामा दिनपर्छ र उप्रान्त निष्पक्ष छानवीनलाई स्थान दिनपर्छ|
    जुनसुकै दृष्टिकोणले हेरेपनि उनको जग्गा प्राप्ति वा खरिद अप्राकृतिक देखिन आउछ| डिल मिलाइदिएर उपहारको रुपमा पाए भन्ने आम जनताको बुझाई छ|
    वालुवाटारका गैर कानुनि रुपमा उपलब्ध गरिएका सबै जग्गा धनीहरुलाई तुरन्त भोगचलन गर्न बाट हटाएर छानवीन शुरु गर्न पर्छ|
    खुला मंचमा जबर्जस्त हडपेका जग्गामा निर्मित शटरहरु नेता र सरकारका निम्ति अदृश्य नै रहे| जब जनताको दवाब आयो तब मात्र डोजर चलाउन पर्यो|
    बालुवाटारको जग्गा प्रकरण पनि समयमै विस्तारै सेलाएर जान दिने सरकारले आशा गरेका छन्| निर्मला पन्त, सुनकाण्ड र वाइडबडी जस्तै यो पनि जनताले बिर्सने आशामा सरकार रहेको हुनसक्छ|
    घुमाउरो भाका, गोलमटोल र अल्यांगटल्याङ्ग र झुटो आस्वाशनमै जनतालाई भुलाउने तिर सरकार लाग्नेछन| हेर्दै जानुस, ढाकछोप गर्न के पो नगर्ला?
    सरकारका भुमि सुधार मन्त्रीले दिईसके भर्डिक्ट, पौडेल निर्दोष छन् ‘रे|
    डा. सुरेन्द्र केसीले संधै भन्ने गरेको “सरकार असफल भैसक्यो र अब चिन्ता देश नरहला भन्ने पो डर छ”
    यसमा साँचै दम छ| दुईतिहाइ किन यति बदनाम? हिज कुड़ों सरह मिल्काउन पर्ने नेपाली असक्षमी कांग्रेसले नेतृत्व गरेको दही चिउरे घटक पटकहरुले दशकौ सरकारमा रहदा मुलुकलाई बरबादै पारे, सबै मान्यता तोडे, खालि आफ्नो स्वार्थ मात्र हेरे| यो झाडु बडारु गर्न नेकपालाई समय लाग्छ तर झाडु बडारु गर्न सट्टा अझ फोहोर फैलाउन थाले र पो जनता दुइतिहाइको सरकार नेकपा प्रति तीब्र रोष र बित्रिश्णा पोख्न थालेका छन्|
    सरकार सिन्सियर छ भने बालुवाटार प्रकरणमा जो जो जिम्मेवार छन्, ल्याउन पर्यो कठघरामा छानवीन गरेर|

    Reply
  3. madan bajracharya says:
    April 29, 2019 at 6:05 am

    सरकारी, गुठीको बा ऐतिहासिक महत्व भयको भुमि कब्जा भयकोमा बालुवाटार मात्रै होईन अरु पनि कयौं छन् र यसको कुकार्य अहिले मात्रै होईन उहिले देखिने हुँदै आयको छ/
    हाम्रो १७ वडा तोलामै मात्र ३ ठाउँमा ठुलो ठुलो जगाहरु तेसरिनै गरेको छ/ खा पुखु भनिने थहिन्ति र छत्रपाति बिचको ठुलो जग्गा; कन्या मन्दिर अघिको इखा पोखरी र धोबिचौर/ अरु सानो सानो जग्गा र ढुंगे धाराभयको जग्गा कसले कति कब्जा गरे तेस्को त् हिसावनै छैन/ ती कब्जा गरेको जमिनमा मात्र धोबिचौर फिर्ता लिन सकियो/ धोबिचौर फिर्ता लिन सकेकोमा छात्रपातिमा ठुलै सभा गरेको थियो र त्यो सभा बात दोसल्ला ओधायर प्रसंसा पत्र लियर मेरो छिमेको कांग्रेसी महिला मेरो घरमा आयर आफ्नो खुसि व्यक्त गर्दै गरेको बेला म मात्र मुसुक्क हाँसे कसरि फिर्ता लिइयो भनेर केहि पनि भनिन/ पछि उनीलाई कसैले भनि दियो तव उनीले मलाई सोधिन म किनचुप बसेको भनेर सोधिन मैले त्यो प्रश्नको पनि जवाफ दियन/ भयको कुरा यस्तो थियो/
    पंचायतकालमा हेमबहादुर मल्लले काथामान्दुको १७ वडाको इन्द्रायणी गुठीको धोबिचौर सबै आफ्नो नाममा दर्ता गराइने सकेको थियो/ म निगमको नोकरी बजाउन जाँदा पिपलको बोटमा सरसर्ती अखवार पढ्ने गर्थे/ त्याहा मैले यौटा पत्रिकामा हेमबहादुर मल्लले धोबिचौर आफ्नो नाममा दर्ता गरेको समाचार पढे पछि काममै नगई आफ्नो टोल मा फर्केर तेतिबेला वडा अध्यछ्य रामहरि कृष्ण मानन्धर वडालाई वृतान्त सुनाय/ अनि धोबिचौरको पब्लिक युथ क्याम्पसमा साबि टोलबासी भेला गरे/ धोबिचौरमै बिरोध सम्मेलन समेत गरियो/ यो कुरामा सबै भन्दा ठुलो सहयोग धोबिचौरमै बस्ने जरसाहेव मदन बिक्रम रानाको रह्यो उहाले सो कुरा राजाकोमा पनि पुर्याउने भन्नु भयो/ तेसपछी मैले धोबी चौरको सक्रिया युवा साथीहरु दिवाकर राना र रबि राना लगायतलाई पंचायती राजनीतिमा अत्यन्त शक्ति शालि हेमबहादुरले कब्जा गरेको हुनाले सबै साथीहरु संगठित हुन् क्लव खोल्नु पर्ने प्रस्ताव गरे/ तव त्याहा सहयोगी परिवारको गठन भयो र त्यो क्लवको बिधान बनाउन हाम्रो चकला दवु परिवारको बिधान मस्यौदा पनि दिवाकर रानालाई दीयो/ दिवाकर राना आफै पनि अधिबक्ता हुन्/ उहा र रवि राणाहरुले सर्बोच्च अदालत मा रित दायर गर्नु भयो र हेमबहादुर मल्लले कब्जा गरेको बदर भयो/ अनि समारोह भयो प्रसंसा पत्र आदि प्रदान गरियो/ तर ती साबि प्रक्रियामा कहिँ पनि बोलाईयन र आफुले मतलव पनि राखेन/

    यस्तै कुरा कन्यामंदिरले कब्जा गरेको इखा पोखरीमा पनि भयको थियो/ इखा पोखरीको सरनछ्यन गर्छौं भनेर बिन्ति पत्र चधायर कन्यामंदिराले राजा बात इखा पोखरी सुरछ्या गर्ने जिम्मेवारी लियको थियो/ तर कन्या मन्दिरले पुरै इखा पोखरीलाई आम नागरिक पस्न नपाउने बनाउन पोखरी वारी परि बात इखा पोखरी आउन जान प्रयोग गरिने बाटो बन्द गरे/ यो कुरामा बिरोध नहोस भनेर इखापोखारिको जग्गा ती छिमेकी हरुलाई आना डेढ आना हडप्न दियो/ अनि इखा पोखरिकै जग्गामा आफ्नो भवन पनि बनायो/ऐतिहासिक महत्व भयको र प्रताव मल्लको पाला मा बनेको राजकुलो समेत र हरायक बर्ष धार्मिक पर्व समेत इखा पोखरी कन्या मन्दिरको नाममा स्कुलको जग्गाको रुपमा दर्ता गरिंदा पनि इह्खापोखारिको किनारको किनारको जग्गा घुस खाने छिमेकीहरु चुप बसे/ यो बारेमा कुरा उठ्दा कन्या मन्दिरको महिला हेद मास्टरले मेरो टोलको गोपाल मालीलाई ज्यान मार्न आयको झुठो रिपोर्ट आफ्नो प्रभावमा रहेको जनसेवा प्रहरी कार्यालयमा दर्ता गरेर पकडे पछि मेरो र त्यो हेद मिस अनि उसको श्रीमान र स्कुलको ओकिल महिला सिट नराम्रै सिट बहाना भना भन भयो र तत्कालै हामीले पनि त्यो हेद मिसले गुण्डागर्दी गरेको भनेर सयौं युवाहरुको साछी राखेर जनसेवामा दर्ता गर्न खोजे/ तव कन्यामंदिराले राखेको रिपोर्ट समेत गायव गरियो/ अनि हाम्रो टोलको वडा अध्यछ्य विजय मालीले कन्यामन्दिरले इख पोखरी कबा गरेको कुरा नगर पालिकामा उठाउनु भयो/ अनि नगर पालिका बात सो बारेमा १७ वडा कार्यालय र कन्या मन्दिरलाई नगर पालिकामा आफ्नो कुरा राख्न म्याद किटेको कागज जारि गरियो/ तर कन्या मन्दिर वाट इखा पोखरीको जागा घुस खाने यक जना नव कांग्रेसीले त्यो १७ वडाको कार्यालयमा बुझाउन ल्यायको म्याद पत्रनै गायव गर्यो/ यसले गर्दा नगर पालिकाले इखा पोखरी कन्यामन्दिर कै रहने निर्णय गरियो/ ऐतिहासिक महत्व भयको सताविदियों पुरानो पोखरी कसरी केहि दसक अघि मात्रै बनेको कन्यामंदिरको निजि जग्गा हुन् सक्छ?

    १७ वडाकै खापुखुको जग्गा पनि १७ वडाको बडो …..श्री तुलसी नारायण मानन्धरले कब्जा गरेर त्याहा उनीहरुको तिन छोराहरुको नाममा ठुलो बंगलाहरु बनायो/ तर पनि नगरपालिका चुप नै बसेको छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme