Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीज्युको असुरक्षित यात्रा

Posted on April 26, 2019 by Salokya


आज साइकल चढेर कार्यालय जाने क्रममा जुद्ध शालिकलाई पछाडि पारेर वसन्तपुरतिर सभा भइरहेको छ। मान्छे खासै थिएनन्। भएका कुर्सीहरु भरिएका थिएनन्। सुरक्षाकर्मीहरुले घेरेका थिए ठाउँ। भाषण भइरहेको थियो। साइकल गुडाउँदै अलि अगाडि जाँदा पो थाहा भयो- प्रधानमन्त्री पो बोलिरहेका रहेछन्। ए, २०७२ सालको भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न ११ बजेर ५६ मिनेटमा गर्ने भनिएको सभा यही होला भनेर मनमा सोच्दै अघि बढिरहँदा We would like to thank donor agency….भनिरहेका थिए प्रधानमन्त्री। अचम्म लाग्यो, प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पनि कसैलाई फिटिक्कै चासो रहेनछ।


प्रधानमन्त्रीले वसन्तपुर दरबार क्षेत्रका पुननिर्माण भइरहेका सम्पदाहरुको पनि अवलोकन गर्ने कार्यक्रम थियो। साथी प्रवीण रानाभाटले खिचेका फोटोहरु हेर्दै थिएँ। एउटा फोटोले ध्यान तान्यो। त्यो फोटोमा प्रधानमन्त्री बाँसको डोरीले बाँधेर बनाइएको संरचनामा चढ्दै रहेछन्। काष्ठमण्डप पुननिर्माणको क्रममा त्यो संरचना बनाइएको थियो।

मलाई अचम्म लाग्यो, कसको बुद्धि होला प्रधानमन्त्रीलाई त्यहाँ चढाउने? सुरक्षाका कुनै उपाय थिएनन्। न हेल्मेट लगाइएको थियो, न अरु केही। यत्तिकै बाँस समात्दै प्रधानमन्त्रीलाई माथि चढाइएको र तल झारिएको थियो। त्यो माथि चढ्दा पनि देखिने केही हैन, नचढ्दैमा केही बिग्रने पनि हैन।

प्रधानमन्त्रीका अंगरक्षक वा सुरक्षाकर्मी पनि कस्ता ! सुरक्षाको दृष्टिकोणले त्यहाँ जान हुन्न, नगए राम्रो होला भन्ने पनि कोही थिएनन् कि के हो?

दुर्घटना भनेको बाजा बजाएर आउने हैन। त्यो चढ्दै गर्दा केही भइदिएको भए के हुन्थ्यो? हिजो मात्रै ५ म्याग्निच्युडको भूकम्प आएको थियो। चढेकै बेला सानो केही आइदियो भने के हुन्थ्यो?

प्रधानमन्त्रीको सुरक्षा टिमले बेवास्ता गरे पनि थाहा पाउनु पर्ने कुरा हो कि २०७२ वैशाख १२ गते भूकम्पकै कारण काष्ठमण्डप भत्कँदा त्यहाँ रक्तदान गरिरहेका कयौँ पुरिएका थिए।

प्रधानमन्त्रीको सुरक्षा जस्तो संवेदनशील विषयमा पनि लापरवाही देखेपछि लाग्यो, देश साँच्चै पशुपतिनाथले नै चलाइरहेको छ। त्यसैले बरु भगवानले आशीर्वाद दिइरहेको पाराको यो फोटो हेरेर नै मनोरञ्जन गर्नुपर्ला अब। कि कसो?

2 thoughts on “प्रधानमन्त्रीज्युको असुरक्षित यात्रा”

  1. shiva kumar says:
    April 26, 2019 at 8:37 pm

    यो पनि पोखराका मेयर साब को
    https://www.kantipurdaily.com/news/2018/06/15/15290517956317871.html

    Reply
  2. Sarju Yusop says:
    April 26, 2019 at 1:50 am

    अरिंगाल झैँ सबै एक्कै चोटी चढ्न त पर्दैन नि ? कम से कम भर्यांग को capacity को पनि त ख्याल हुनु पर्ने ……! अचम्म छ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme