Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रत्नपार्कमा कुन विदेशीको शालिक बन्यो? काम कुरो एकातिर, कुम्लो बोकी गाग्रिनतिर

Posted on April 25, 2019 by Salokya


रत्नपार्कको नाम कसरी रह्यो त थाहा छ नि तपाईँहरुलाई। राजा महेन्द्रकी पत्नी रत्नको नाममा यो पार्क रहेको थियो। ६२/६३ को आन्दोलनपछि राजापरिवारको सबै नाम हटाउने लहर चल्दा यसको नाम पनि परिवर्तन गरी शंखधर पार्क राख्ने भन्दै ब्यानर स्यानर झुण्ड्याइएको थियो। तर जनजिब्रोमा बसिसकेको नाम रत्नपार्क कसरी हट्थ्यो र। यो रत्नपार्क नै रह्यो। त्यही रत्नपार्कमा आज एक जना विदेशीको शालिक यहाँका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरे। अचम्म है, नेपालमा विदेशीको शालिक! को हुन् त उनी? फोटो हेरेर अनुमान गर्न सक्नुहुन्छ?

यी हुन् युरी गाग्रिन।

पहिलो अन्तरिक्ष यात्री। रुसका नागरिक।

अब तपाईँलाई लाग्यो होला- विदेशीको शालिक किन? नेपालीको त भए पो राख्नु नि। नेपालले अस्ति भर्खर एउटा ५ मेगापिक्सेलको क्यामेरा भएको फुच्चे स्याटेलाइट अर्काको रकेटमा अरु सामानसँगै हालेर बल्ल बल्ल पठाएको छ। मान्छे नै पठाउने त कहिले हो कहिले। त्यसैले अन्तरिक्षमा जाने पहिलो यात्रीको शालिक ठड्याइएछ।

यसका लागि महानगरवासीले तिरेको करबाट ३ लाख रुपैयाँ खर्च गरिएछ। गाग्रिनको ८५ औँ वार्षिकोत्सव पारेर बुधबार शालिक अनावरण गरिएको हो।

प्रगति राम्रो छ महानगरको। अब पहिलो अन्तरिक्ष यात्री कुकुर लाइकाको पनि शालिक कहिले राख्ने हो? अनि रुसी मात्र राखेर भयो त, पहिलो पटक चन्द्रमामा पुग्ने नील आमस्ट्रङको पनि राख्नु पर्‍यो नि। नभए अमेरिका रिसाउला।

साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घरेको पृथ्वी र त्यसको छेउमा ठड्याइएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ।

7 thoughts on “रत्नपार्कमा कुन विदेशीको शालिक बन्यो? काम कुरो एकातिर, कुम्लो बोकी गाग्रिनतिर”

  1. madan bajracharya says:
    April 26, 2019 at 7:31 pm

    हरिज्यु/
    मलाई लाग्छ शंकरज्युले पितृ श्राद्ध खाने पुरेत भनेको बिधि सम्मत तरिकाले पितृ श्राद्ध गराउने (खाने होईन) पुरोहित बर्ग होईन होला/ पुरेत सब्द्को अर्थ “आफुले मागेको बा भनेको नदिनेलाई बम बिस्फोट गरेर जिउन्दै पुर्ने” पनि हुन् सक्छ/

    अब धार्मिक समाजिक कुराकै संदर्वमा भन्ने हो भने समाजमा यस्ता पनि छन् जो मरे पछि पनि आफुले गरेको भ्रस्टाचारको दण्ड बात बच्न इस्वर र धर्मको नाममा पनि भ्रस्टाचारनै गर्छ/ यस्ताहरु “यस्तै गर्नेहरु” मात्रै छैनन् मित्र हरि “गराउनेहरु” (शंकरज्युको सब्दमा “पुरेत” पनि छन्/उदाहरण र प्रमाण को रुपमा “काला बजारीलाई पाप मुक्त गराउने भनेर लाखौँ भेटि लियर …..पशुपतिको भारतीय चोर भट्ट र तेसको नकाल्ची बनेका कथित प्रजातान्त्रिक र कम्युनिस्ट नेता लिन सकिन्छ/

    Reply
  2. Shankar says:
    April 26, 2019 at 3:37 am

    यो हरि युजरको थुतुनो पनि धेरै चल्दो रहेछ | तेत्रो बुद्दि को घ्याम्पो बोकेको मान्छे लाइ अहिले देश बिगार्ने , देश मा भ्रास्ताचार लाइ बढावा दिने , पित्तल लाइ सुन बनाउने काम यिनै पुरोहित
    जातिकाले गर्दैछन था छैन कि ?

    Reply
  3. db malla says:
    April 25, 2019 at 2:29 pm

    जब केपि ओलि सत्ता आए त्यसपछि नेपालको सभ्य मास्दै हराउदै, जब यिनी प्रधान मंत्री भए दैनिक दिनहु यातायात द्रुघटना र भ्रस्टचार अति चरम उकालो तिर लाग्दै, केपिओलि देसको लागी अशुब ब्याक्ति हुन

    Reply
  4. Shankar says:
    April 25, 2019 at 9:23 am

    पुरेत ले पितृको नाउमा सराद्दे खाएजस्तै नेपालि कम्निस्ट पुरेत बाजे नेताले ले मार्क्स र लेनिनको नाउमा
    देश को बजेट को सराद्दे खाएको छ | तेसैले युरी गागरिन को सालिक लागाए भनेर के आस्चर्य मान्नु ?नेताका पाल्तु छौ डा हरुले कलेज मा मार्क्स र लेनिन को तस्बिर को पुजा गरेको त् देखिएकै हो | अब भोलि तिनका पनि सालिक बने आस्चर्य मान्नु पर्दैन |

    Reply
    1. Hari says:
      April 26, 2019 at 12:30 am

      यो shankar user ले पनि कुरा नबुझी बक्दो रैछ | हरेक रिलिजनमा कर्म गरिन्छ र त्यस क्रियाकर्म गर्ने व्यक्तिलाई पैसा या अन्य थोक दिइञ्छ | हो, नेपालमा पण्डित पूजारीले साधारण मानिसलाई मार्ग देखाउने काम गर्न सकेनन, तर यो कम्युनिष्टको कुकर्ममा पण्डित पूजारीलाई अपशब्द प्रयोग गर्नु तिम्रो बुद्धिको सिमा देखौछ | इति |

      Reply
  5. nepali swabhimani janta says:
    April 25, 2019 at 8:23 am

    यस्को राख्नु भन्दा कुलमान घिसिङ्गको बनाएर राखे कति राम्रो हुने थियो। यो देशमा गर्न खोजेको के हो..????

    Reply
  6. madan bajracharya says:
    April 25, 2019 at 8:23 am

    सलोक्यज्युको टिप्पणी “काम कुरो…..”सटिक छ तर सुने माने / प्रथा संस्कारले “गुण सम्झने” अर्थात गुनिलो प्रविती झल्काउञ्छ/ यो हिसावले हेर्ने हो भने नेपालि जत्तिको गुनिलो त् सायदै कोहि होला तर अहिलेकको प्रविती हेर्दा यो कुरा पनि उहिलेको खुईलिसकेको कुरा भैसकेको देखिन्छ/ सम्झंदै जाने हो भने खोतल्दै जाने हो भने नेपाल र नेपाललाई गुण लगाउने सहस्रौं होला/ तिनीहरु मध्यका कुनैको सालिग़ राखे हुने/ नेपालको समाजिक राजनैतिक धार्मिक इतिहासको दर्पण जस्तै बनेको रत्नपार्क भनिने तुन्दिखेलमा; किन ग्याग्रिनको? तुन्दिखेल राजा यलम्बरले बसायाको अहिले काठमान्डू भनिने भुमि माझ को तुन्दिखेलामा यलम्बरकै शालिग राख्न सकिन्थ्यो/ धार्मिक हिसावले पनि महाभारतकालीन नेपालको राजा यलम्बरको व्यक्तित्व कृष्णको भन्दा कम होईन उच्चनै थियो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme