Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : भत्ता नपाए अदालत नै चल्न नदिने कर्मचारीको चेतावनीदेखि खुलामञ्चको सटर भत्काउने वडा अध्यक्षको चेतावनी

Posted on April 24, 2019April 25, 2019 by राजेन्द्र मगर

आज  वैशाख  ११ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छिन्। आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत २१ औँ राष्ट्रिय पौडी प्रतियागितामा उनले प्रतियोगिताको अन्तिम दिन आज बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितिन्।

उनले ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन्। यसअघि उनले सो दूरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन्।

यस्तै, एक सय मिटर ब्याकस्ट्रोकमा एक मिनेट आठ दशमलव ६२ सेकेण्डमा पूरा गर्दै नयाँ किर्तिमान रचिन।

गौरिकाले महिला दुई सय मिटर व्यक्तिगत मिड्लेमा आफ्नै नाममा रहेको दुई मिनेट ३२ दशमलव ५१ सेकेण्डको रेकर्डमा सुधार गर्दै सो दूरी दुई मिनेट ३२ सेकण्डमा पूरा गरेकी हुन्।

गौरिकाले जितिन् १२ स्वर्ण भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई बुझाएको छ।

६२ हजार ९ सयभन्दा बढी उजुरीको विवरण प्रतिवेदनमा समेटिएको छ।

सत्यनिरुपण आयोगमा झन्डै ६३ हजार उजुरी भन्दै शिलापत्रले लेखेको छ।

सर्वोच्च अदालतका कर्मचारीले प्रोत्साहन भत्ता सात दिनभित्र नदिए अदालतको काम कारबाही ठप्प पार्ने चेतावनी दिएका छन् ।

साउनदेखि माघसम्मको भक्ता दिन निजामति कर्मचारीहरुको आधिकारिक ट्रेडयुनियन, सर्वोच्च अदालत शाखाले अल्टिमेटम दिएको हो। सरकारले आर्थिक वर्ष २०७५/७६ प्रोत्साहन भक्ता नदिने निर्णय गरेको थियो ।

सरकारले फागुनदेखि मासिक ८० घण्टा र दैनिक कम्तिमा एक घण्टा काम गर्ने कर्मचारीलाई ५० प्रतिशतसम्म भत्ता दिने निर्णय गरेसँगै ट्रेड युनियनले त्यसअघिको दश महिनाको पनि प्रोत्साहन भक्ता दिन माग गरेको हो।

दश महिनाको प्रोत्साहन  भत्ता नपाए अदालत नै चल्न नदिने कर्मचारीको चेतावनी भन्दै देशसञ्चारले लेखेको छ।

त्यस्तै अनलाइन खबरले बिक्रिमा खुलामञ्च भन्दै लेखेको छ।

काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको खुलामञ्चको बसपार्कमै नयाँ पक्की व्यापारिक सटर निर्माण भएको छ। यसलाई स्थानीयले यसलाई ‘महानगरको मनलाग्दी’ भनेका छन्।  प्रतीक्षालयका लागि हालिएको जस्ताको छानोमुनि नै सटर हालिएपछि विरोध पनि शुरु भएको छ।

ब्याापरीहरुका अनुसार यहाँ ४० वटा सटर बनाउँदा ५ करोड बराबरको अग्रिम भुक्तानी लिइएको छ ।

ठेकेदारले निर्माणकै लागि ‘सलानी’ भन्दै प्रतिसटर ६ देखि ११ लाखसम्म अग्रिम भुक्तानी लिएकोछ।  उनीहरुका अनुसार भाडा पनि प्रतिसटर एक महिनामा ६ हजारदेखि २० हजार रुपैयाँसम्म उठाइएको छ।

खुलामञ्चमा बनाइएका सटरहरु भत्काउने काठमाडौं महानगरपालिका-२८ का वडा अध्यक्ष भाइराम खड्गीले चेतावनी दिएका छन्।

वडा अध्यक्ष खड्गीले सटर राख्न दिन ठूलै चलखेल भएको बताए। उनले गैर कानुनी ढंगले रकम असुलेको मैले थाहा पाएको समेत बताएका छन। उनले खुला मञ्च जोगाउन कुनै कसर बाँकी नराख्ने बताएका छन।

खुलामञ्चमा बनाइएका सटरहरु भत्काउने काठमाडौं महानगरपालिका-२८ का वडा अध्यक्ष भाइराम खड्गीले चेतावनी दिएका छन्।
वडा अध्यक्ष खड्गीले सटर राख्न दिन ठूलै चलखेल भएको बताए। उनले गैर कानुनी ढंगले रकम असुलेको मैले थाहा पाएको समेत बताएका छन। उनले खुला मञ्च जोगाउन कुनै कसर बाँकी नराख्ने बताएका छन।

खुलामञ्चको सटर जसरी पनि भत्काइन्छ- वडाध्यक्ष भन्दै सेतोपाटीले लेखेको छ।

स्थानीय खाना पस्कने गरी सांसद नवीना लामासहित पाँच बहिनी मिलेर मीनभवन चोकमा ‘रिमठिम रेस्टुरेन्ट’ सञ्चालनमा ल्याउने भएका छन्।

रेस्टुरेन्टमा रामेछापदेखि जुम्लामा उत्पादन हुने स्थानीय उत्पादनका परिकार पस्कने तयारीमा रहेको सांसद लामाले जानकारी दिइन्।

सांसद भवन नजिकै नवीना लामाको रेस्टुरेन्ट: मार्सीको भातदेखि कालिजको मासुसम्म पस्कँदै भन्दै पहिलोपोस्टले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीको छेको पारेर भियतनाम र कम्बोडियाको भ्रमणमा जाने तयारी गरिरहेका छन। प्रधानमन्त्री ओलीले भियतनाममा आयोजना हुने वौद्ध धर्म सम्बन्धी सम्मेलनमा सम्बोधन गर्ने छन्।

संयुक्त राष्ट्र संघको वुद्ध जयञ्ती दिवस (युएन डे अफ वेसक) समारोह यस पटक भियतनामको उत्तरी प्रान्त हा नाममा हुँदै छ। सम्मेलन मे १२–१४ (वैशाख २९–३१)मा हुने छ।

प्रधानमन्त्री ओली पूर्वी एसियाली देशहरुको भ्रमणका लागि वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्ने र जेठ १ गते स्वदेश फर्किने तालिकाका विषयमा छलफल भइरहेको छ।

संयुक्त राष्ट्र संघीय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री भियतनाम जाने भन्दै पहिलोपोस्टले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “आजको खबर : भत्ता नपाए अदालत नै चल्न नदिने कर्मचारीको चेतावनीदेखि खुलामञ्चको सटर भत्काउने वडा अध्यक्षको चेतावनी”

  1. madan bajracharya says:
    April 25, 2019 at 5:29 pm

    उद्योगहरु संचालनमा बाधा हुनु देखि जिम्मेवार र नागरिकहरु प्रति सिधा सम्पर्क हुने कार्यालयमा भ्रस्टाचार हनु र भ्रस्ट काम चोर कर्मचारीलाई कार्यवाही समेत गर्न गाह्रो हुनुमा दलको ढाल तलवार बोक्ने कर्मचारीहरु जिम्मेवार छन्/ यकातिर राज्यको सबै जसो ठुलापदमा दलीय भागवण्डामा कार्यकारिणी नियुक्त हुने अर्को तिर यकै कार्यालयमा यो दल र त्यो दलको अलग्ग अलग्ग कर्मचारीहरुको संगठन बनिने फेरी दलहरु पनि आफुमा आबद्ध दलकाले जस्तै गरे पनि टिकाउन बचाउन जे पनि गर्ने/ यस्ता अरु दलको नेतृत्वको सरकार असफल बनाउन हतियारको रुपमा संचालित हुने कर्मचारी संगठनहरु रहुन्जेल कसको नेतृत्वको सरकार कहिले सफल हुन्छ?

    यस्तो संगठन भन्दा कर्मचारीको खुला र गोप्य गुनासो सुन्ने बुझ्ने र उपयुक्त निर्देशन जारि गर्न सक्ने कुनै पनि दल सिट आवद्ध नभयको ब्यबस्थापन; प्रशासनिक र न्याईक बिशेसग्यहरुको अलग्गै निकाय भयकै राम्रो/ ब्यबस्थापन र संचालनलाई बाधा पुर्याउने कर्मचारीलाई पाल्ने होईन फाल्ने नै राम्रो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme