सोमबार राति घर फर्कँदै थिएँ। पूर्व खुलामञ्च (हाल अस्थायी बसपार्क, स्कूल, निर्माण सामाग्री आदि थुपार्ने ठाउँ) मा पुग्दा भिडभाड देखेँ। के रहेछ भनेर हेरेको त ट्रि कटर मेसिन लाएर रुख काटिँदै रहेछ। नरमाइलो लाग्यो। मान्छेले हिमाल हाँसेको, आकाश रोएको के के कल्पना गर्छन्, मलाई नि रुखको बोली कल्पना गर्न लाग्यो।
हेर्नुस् यसरी काटियो रुख
ऐय्या बाबा ऐय्या….
ए निर्दयी मान्छेहरु, किन जिउँदै मलाई इलेक्ट्रिक आराले घ्वाइँइँइँ गरेर काटेको! मैले तिमीहरुको के बिगारिदिएको छु! तिमीहरुको सहर कुरुप पारेको छैन मैले। तिमीहरुको सहरलाई बस्न लायकै बनाउन सघाउँदै आएको हो। तिमीहरुकै प्रदूषणको विषलाई अलिकति आफूले निलेर तिमीहरुलाई प्राणवायु दिने कोशिश गरेकै हुँ।
तर किन देखिनसहेको मलाई।
हो, मलाई थाहा छ तिमीहरुलाई बसपार्क चाहिएको छ। त्यो पुरानो बसपार्क तिमीहरुलाई के अपुग थियो र? एकताका त्यही ठाउँबाट सारा काठमाडौँ बाहिर जाने बस हुन्थे। अब सहर भित्र चल्ने बसहरु मात्रका लागि पनि त्यो ठाउँ अपर्याप्त कसरी भयो हँ? अपर्याप्त हैन, तिम्रा मेयरलाई त्यो ठाउँमा बहुतल्ले भवन चाहिएको हो। ठेकेदार समयमा काम गर्दैन। नामै महानगरपालिका। अलि अलि नगर्ने हो र महा नगर्ने। त्यसैले नामै महानगरपालिका। मनपालाई वास्ता छैन छिटो काम सकाउन।
त्यसैले अस्थायी बसपार्क भन्दै लुट्न आइपुगे सहरवासीसँग रहेका थोरै खुला ठाउँमध्येको एक खुलामञ्च। नाम खुलामञ्च, तर त्यहाँ केही खुला नरहीसक्यो। आफ्नै आँखाले हेर्दाहेर्दै खुलामञ्च बन्द भइसक्दा पनि महानगरवासी निद्रामा छन्। उनीहरुलाई केही वास्ता छैन।
त्यही महानगरले यही खुलामञ्चमा घाँस रोप्ने योजनाका नाममा कति लाख पो हो खर्च गर्यो। पछि उखेल्ने नाममा पनि खर्च पो गर्यो कि। घाँस रोपेको ठाउँमा पिच गरेर अस्थायी बसपार्क बनाउने भनेर महानगरपालिकाले हडप्यो आधा खुलामञ्च। अहिले त्यहाँ ठेकेदारले स्थायी देखिने सटरहरु बनाइसकेको छ।
यही क्रममा मेरा केही साथी रुखहरुलाई त्यतिबेलै काटेका थिए।
खुलामञ्चको अर्को भागमा पार्किङ बनाइएको छ, त्यहाँ दरबार हाइस्कूलको अस्थायी टहरा बनाइएको छ अनि निर्माण सामाग्री पनि थुपारिएको छ। त्यही भएर खुलामञ्च भरिएको छ, खुला छैन।
अस्थायी बसपार्क भनेर स्थायी संरचना बनाइरहेकै थिए। यत्तिकैमा हिजोदेखि तीन दिन यो अस्थायी बसपार्क बन्द गरेर के के पो उधुम मच्चाउने हो भन्ने सूचना ट्राफिक प्रहरीको यो सूचनाबाट थाहा पाएको थिएँ।
राति अचानक महानगरपालिका अन्तर्गत रहेको नम्बरप्लेटमा १०१ लेखिएको काठमाडौँ फायर एन्ड रेस्क्युको भ्यानसहित केही मान्छे आए। न त्यहाँ आगो लागेको थियो न केही। रेस्क्यु भनेर के गर्न आएका होलान् भनेको त हामीलाई काट्न पो आएका रहेछन्।
हामीले कसैको केही बिगारेका थिएनौँ। कुन दयालुले रोपेपछि हामी यहाँ हुर्किएका थियौँ। हामीले यहीँ बसेर पञ्चायाती व्यवस्था ढलेर बहुदलको उद्घोष भएको देख्यौँ। ज्ञानेन्द्रको शासनमा यो ठाउँमा सभा गर्न प्रतिबन्ध लगाएको देख्यौँ। उनलाई ढालेर लोकतन्त्र आएको पनि देख्यौँ। यही तन्त्रमा हेर्दाहेर्दै बन्द भएको खुलामञ्च देख्यौँ।
थकित मान्छेहरु मेरो काखमा सुस्ताउन आउँथे, म खुसी भएर छहारी दिन्थेँ। मेरो काखमा बसेर पत्रिका पढ्थे उनीहरु। अचेल पनि उस्तै भएको भए मोबाइल चलाउँथे होलान्। तर बसपार्क भन्दै बसको ट्याँट्याँ सुन्न बाध्य पारियो। त्यतिसम्म सहेकै थिएँ। आज मलाई नै काट्न आए।
ए बाबु हो, मैले के बिगारेको थिएँ र तिमीहरुको? किन मलाई रेटिरहेका छौ?
मेरो पक्षमा बोल्नेहरु कोही पनि छैनन्? कतातिरको हो एयरपोर्ट बनाउन रुख काट्नु पर्छ भनेर त ठूलै हङ्गामा भएको भन्ने सुनेको थिएँ। त्यहाँका रुख काट्न नदिनु भनेर कुनै विदेशीले भनेको थियो हो? यता हामीलाई नकाट्नु भनेर चाहिँ कुनै स्वदेशीले पनि भनेन हो?
अहो, काटे काटे। हामी जुम्ल्याहा रुख थियौँ, दुवैलाई काटे। ज्याद्रो छ भन्दै काटे। म ढल्दै ढल्दिनँ भनेर जिद्दी भएर बसेँ। लास्टमा इलेक्ट्रिक आराले पूरै काट्न सकेनन्। आधा काटेर मलाई ४/५ जना भएर ढकेलेर ढाले। तर पनि म तिमीहरुको कुभलो चिताउँदिन। म तिमी मान्छेहरु जस्तो हैन। म तिमीहरुको कल्याण होसै भन्छु।
भगवानसँग प्रार्थना चाहिँ गर्छु, मलाई अर्को जुनीमा मान्छे नबनाउनू। मलाई यस्तो निर्दयी जुनी लिनु छैन।
बीचमा अरु साथीसँगीहरु छन्। उनीहरुको चिन्ता चाहिँ बेस्सरी लागेको छ। राम्रोसँग बसेस् साथीहरु।
टुँडिखेल र खुलामञ्च वारे राम्रो प्रकास पार्नु भएकोमा धेरै धन्यवाद ।
खुलामञ्चको २०१४ सालको तसवीर दिनु भएको रहेछ । त्यो तसवीर २०१४ सालको होइन ।
म घर भक्तपुरबाट २०१७ सालमा काठमाडौँ आएको हुँ । स्कूल पढ्नको लागि ।
२०१७ साल फागुन १ वा २ गते जस्तो लाग्छ बेलायती महारानी एलजावेथ आउँदा टुँडिखेल खरीको बोट चौतारामा राज महेन्द्रबाट समारोह आयोजना गरिएको थियो । सैनिक मार्चपाष्ट गरिएको थियो ।
खरिको बोट चाैतारीको उत्तर सटाएर मञ्च बनाइएको थियो । मञ्चको थाम आदि काठमा गहुँको छ्वालीले ढाकिएको सुन जस्ताे देखिन्थ्यो । समाराेहको भाेलीपल्ट मञ्चमै गएर हेरेको हुँ। टुँडिखेल साँझमा खेल्न खुलानै हुने गरेको थियो ।
पछि २०१८ साल तिर खरिको बोट काटियो । टुडिखेलको एक भागमा रत्नपार्क र अर्को भागमा खुला मञ्च बनाइयाे । यो मञ्चको दक्षिणमा सैनिक मञ्च बनाइयो । पछी शाही नाम थपियो । २०१९ पुस १ गतेको सम्बाेधन राजा महेन्द्रले यही सैनिक मञ्चबाट गरेको मैले देखे सुनेको जस्तो लाग्छ ।
सो सम्बाेधनमा वाञ्छित मात्रामा भन्दै दलीय व्यवस्थाको असफलताको कथा बोलिएको थियो । एसएलसीको नेपालीबाट अंग्रेजीमा अनुवादमा एक अनुच्छेद आएको थियो ।
तपाइले राखेको तसवीरमा खुला मञ्च २०१४ भन्नु भयो । लेख्नु भयो त्यो गलत हो । २०१४ सालमा खुलामन्च बनेको थिएन ।
कुनै बेलाका मेयर प्रयागराज संह सुवाल लगायत कतिपय राजधानी बासी अझै जिउँदै हुनु हुन्छ । सोधेपनि हुन्छ । मैले आँखाले देखेको कुरा लेखेको हुँ ।
खुलामञ्चमा साँझमा सेनाबाट धून बजाउन टोली नै पठाइने गरेको थियो ।
सन् २०१४ को गुगल म्यापको इमेज हो। तपाईँले विक्रम संवत् ठान्नुभएछ। सन् २०१४ र २०१८ को गुगल म्यापको इमेज

तुन्दिखेल नेपालको पढेर होईन हेरेर बुझ्न सकिने इतिहासको मुख ख्रिस्ट थियो भने त्याहा बिचैमा भयको पिपलको रुख नेपालको राजनैतिक इतिहासको आखाले पढ्न सकिने पहिलो पन्ना नै थियो/ तेही काटेको थियो अरुको इतिहास मिताय मात्रै आफ्नो मपाईगाथालाई नेपालको इतिहास बनाउन सकिने ठान्ने कू……हरुले/ मलाई आज पनि याद छ त्यो रुखको फेदमा बसेको पल्टेको/
इतिहास परिबर्तनको प्रमाण हो/ इतिहास मितायको परिबर्तन नपुंशकको नाङ्गो नाच मात्रै हो/ इतिहाश्को संदर्वमा नपुंशकको अर्थ यौन सम्भंद राख्न नसक्ने हुँदैन प्रतिभा र यथार्तता सिट प्रतिस्पर्धा गरेर आफुलाई उतम साबित गर्न नसक्ने हो/ मित्रहरुलाई याद होला आफुलाई के के न ठान्ने तर नेपालको इतिहाहासिक व्यक्तित्वको सम्झना मात्रैले स्खलित हुने भिडले पृथ्बी नारायण शाहको जयंतिनै नमनाउने; नेपालको झण्डानै बदल्ने लगायत सच्चा सहिदहरु अस्तित्वनै बिलाउने गरि कस्ता कस्तालाई सहिद बनाउंदै आयको/
यो संदर्वमा मलाई हेक्का छ कुनै मित्रलाई नमिठो लाग्ला तर पनि लेख्छु/ म यमालेको नाम मितायर नेकपा बनायको पनि यस्तै आफ्नो मपाईगाथालाई नै इतिहास बनाउने षडयन्त्र अन्तर्गतनै भयको ठान्छु/ किनभने यमालेको सुर्य चम्किरहे सम्म मैलेनै गणतन्त्र ल्यायको मैलेनै राजसंस्था हतायको भन्ने फ़त्याई सम्राटहरु आफ्नो अस्तित्व मात्र छायाको रुपमा देख्न सक्छ/ यसो भनेर आफुलाई यमालेको अन्धसमर्थकमा दर्याउन खोजेको होईन; यमाले यौटा संस्था हो; संस्था दोहर्याउने गलत भय लापरवाही ड्राइभरले चलाउने “त्रिपर” जस्तै बन्न सक्छ भन्ने कुराको उदाहरण यमाले पनि कहिले बनेको थियो/ तर पनि आफ्नो बास्तविक रुप लुकाउन यमालेको नाम मिताउने भन्दा गल्ति गरेको यमालेको परिचय “धुमिल” छैन/
सालोक्य जि, कस्तो मन छुने लेख। मलाई लाग्यो रुख साचिकै बोल्दैछ र् मन को पिडा पोख्दैछ र् भन्दैछ ” हे मान्छे , अर्को जुनी मा नेपालको रुख नबन्नु है “
रुख काटिएको मात्र के कुरा गर्नु ?भित्रि मधेस र पहाडको संगमस्थल काठमान्डू को न तेती चिसो न तेती तातो हावापानी सब प्रदुसित भयो , काठमान्डू को नसा ( बागमती र बिस्नुमति ) बाट जहर बग्न थाल्यो , नदि का किनारा हरु सब छेउ छाउमा २,३ आना जग्गा किन्ने अनि २-३ रोपनी हडप्ने थ्योरी अपनाउदै व्यक्तिको नाउमा दर्ता गरिए , सरकारी जग्गा हडप्ने क्रम बालुवाटार सम्म पुगेर देश को प्रसासन लाइ नै चुनौती दिदै छ , एस्तो लाग्छ प्रसासक हरु चै उखान टुक्का , गाउखाने कथा , घासी गित , दोहोरि गीत , झाउरे गीत ले आनन्द लिन व्यस्त छन् | ३ करोड नेपालि को काठमान्डू मा एउटा छाप्रो बनाउने सपना ले गर्दा , एक इन्च जमिन पनि दिनदिनै महँगो हुदै छ , बिसाक्त हावा सास फेर्ने , बिसादियुक्त तरकारी खाने , लुटपाट र धादली को कल्चर , दालाली चरम सिमा मा , निकम्मा र निठल्ले हरु महत्त्व पूर्ण ओहदामा ,
गफ हाक्ने झुटो बोल्ने ,हिजो डाडा मा हगेर डल्ला ले पुछेर फाल्ने हरु नया राजा , रजौटाको हुदै हिजो का राजा , रजौटा भानौदाको सिको गर्दै आइस्योस , गैस्योस , हगीस्योस भन्दा काठमान्डू साचिकै नर्क हुदैछ |