Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर :जब प्रचण्डले सोधे – खोइ माधव कमरेड! देखि नेकपाका तीन महिला ‘पाइलट’

Posted on April 22, 2019April 22, 2019 by राजेन्द्र मगर

आज  वैशाख ९ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

नेकपाको वरिष्ठ नेता माधव कुमार नेपाललाई कार्यक्रममा कुनै भूमिका नदिइएपछि उपस्थित मात्र भएर हिँडेका छन्।७० औँ स्थापना दिवस समारोहमा उपस्थित भएका नेता  कार्यक्रम सकिनुअघि नै बीचमै छाडेर हिडेका हुन्।

‘लामो समयदेखि हाम्रो पार्टी दुई अध्यक्षात्मक प्रणालीमा चलेको छ। दुई अध्यक्षले मात्र सम्बोधन गर्ने भनी पहिले नै तय भएको थियो। वरिष्ठ नेताको त्यहाँ कुनै जिम्मेवारी थिएन। त्यसैले उहाँ कार्यक्रममा उपस्थित हुनुभो र बाहिरिनुभएको हो ’ नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल बाहिरिनुको कारण दिएका छन्।

महासचिव विष्णु पौडेलले कार्यक्रमको सुरुवातमा , ‘हाम्रो कार्यक्रम छोटो हुनेछ। दुई जना अध्यक्षले मात्र सम्बोधन गर्नुहुनेछ’ भनेपछि पूर्वप्रधानमन्त्री नेपाल हलबाट बाहिरिएका थिए।

माधव नेपाल बीचैमा किन बाहिरिए प्रज्ञाभवनबाट? भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

पार्टी एकता भएको झण्डै एक बर्षपछि नेकपाले जिल्लाको नेतृत्व हाँक्ने गरी ७७ जिल्लामा ७७ जना अध्यक्ष र सचिवको नाम घोषणा गरेको छ। ७७ मध्ये ३ जिल्लामा महिला नेतृहरुले जिल्लाको पार्टी नेतृत्व हाँक्ने जिम्मेवारी पाएका छन्।

तिनमा मकवानपुरकी मुनु सिग्देल, काभ्रेकी रुकु चौलागाई र लमजुङकी मधु अधिकारी छन्। तीन मध्ये मकवानपुरकी सिग्देलले पूर्व एमालेको तर्फबाट नेकपाको जिल्ला नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन् भने काभ्रेकी चौलागाईं र लमजुङकी अधिकारीले पूर्व माओवादी केन्द्रको तर्फबाट।

लमजुङकी अधिकारी नेकपाको जिल्ला अध्यक्ष हुनुअघि पूर्व माओवादी केन्द्रको जिल्ला संयोजक थिइन्। उनी गण्डकी प्रदेशको प्रदेश सभा सदस्य छिन्। जनयुद्धकालदेखि नै माओवादी राजनीतिमा संलग्न अधिकारीले जनयुद्धमा आफ्ना श्रीमान् आशलाल गुरुङलाई गुमाएकी थिइन्।

मकवानपुरकी अध्यक्ष सिग्देल पनि पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेकी हुन्। ०४६ को आन्दोलन चल्दै गर्दा उनी जिल्लामा तत्कालिन मालेको विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला अध्यक्ष थिइन्।

३० बर्ष लामो राजनीतिक पृष्ठभूमि रहेकी सिग्देलको पारिवारिक परिचय अझै चर्चित छ। उनी बहुदलकालभरि मकवानपुरबाट निर्वाचित तत्कालिन एमालेका सांसद विरोध खतिवडाकी श्रीमति र मिस नेपाल श्रृङ्खला खतिवडाकी आमा हुन्।

जनयुद्धको सुरुवातकालदेखि नै माओवादी राजनीतिमा संलग्न रहेकी रुकु चौलागाई काठमाडौँ पूर्वकी अग्रणी महिला नेतृ थिइन्।

नातामा तत्कालिन माओवादीको पूर्वी कमाण्डका ईञ्चार्ज यानप्रसाद गौतम (आलोक) को साली पर्ने रुकुको राजनीतिक जीवनको अधोगति (आलोक) सँगसँगै हुन थाल्यो। आलोकको निर्देशनमा माओवादी कार्यकर्ता रमेश ढुङ्गेलको हत्या भएको खुलाशा भएपछि उनी (आलोक) कार्वाहीमा परे। आलोकसँग निकट रहेको आरोप लगाउँदै रुकु पनि पार्टी कार्वाहीमा परिन्।

आलोकको मृत्यु भयो भने उनी कारवाही मुक्त भएपछि सक्रिय राजनीतीमा लागिन।

जिल्ला हाँक्ने नेकपाका तीन महिला ‘पाइलट’ भन्दै नेपाल खबरले लेखेको छ।

नेकपाले घोषणा गरेको ७७ जिल्लाको पधाधिकारीको विषयमा पार्टी भित्र असन्तुष्टी बढेको छ। वरिष्ठ नेता माधव कुमार नेपाल असन्तुष्ट भएर कार्यक्रमको बीचबाट उठेर हिडेका थिए।  पार्टीभित्र असन्तुष्टि भए त्यसलाई मिलाएर लैजान सकिने कार्यक्रममा भेटिएका नेकपाका नेताहरुले बताएका छन्.

सांसद तथा नेकपाका अर्का नेता प्रेम आलेले  ७७ जिल्लाको नेतृत्व चयन गर्दा सहमतिमा भएको दावी गर्दै नमिलेको कुरा भए नेताहरुले मिलाएर लैजाने बताए।

नेकपाका अर्का नेता एवं सांसद लेखराज भट्टले  पार्टीले अब केन्द्रीय सदस्यहरु, पोलिटब्यूरो सदस्य, स्थायी कमिटी र जिल्ला कमिटीलाई पूर्णता दिनुपर्ने  बताए । असन्तुष्ट पक्षको कुरा सुनेर अघि बढंनुपर्ने उनको माग छ।

नेकपाको ७७ जिल्लामा नेतृत्व: असन्तुष्टिलाई मिलाउन नेताहरुले दिए यस्तो सुझाव भन्दै रातोपाटीले लेखेको छ।

त्यस्तै सेतोपाटी अनलाइनले जब प्रचण्डले सोधे – खोइ माधव कमरेड! भनेर लेखेको छ। नेकपाको आज भएको कार्यक्रममा प्रचण्ड भाषण गर्न उठ्दा सम्म नेता नेपाल मञ्चमै थिए। तर प्रचण्डले भाषण गर्दा गर्दै नेपाल गायब भए। भाषण सकेर मञ्चमा आएपछि प्रचण्डले खोइ माधव कमरेड भनेर  सोधेको सेतोपाटीले लेखेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले हरेक घटनामा आफूलाई दोषारोपण गरेको गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

खनालले सबै प्रहरी महानिरीक्षकले विगारेको भन्ने कुरा तर्कसंगत नहुने दाबी गरे । आईजीपी खनालले जनताले अपेक्षा गर्नु राम्रो भएको भन्दै काम गरिरहेको दावी गरे।

सर्वेन्द्र खनालको प्रश्न- सबै बिगारेको आईजीपीले हो ? भन्दै अनलाइन खबरले लेखेको छ।

काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दाबी गरेका छन्।

झापा पुगेर सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए। देउवाले भने, ‘काङ्ग्रेसको प्रतिपक्षी भूमिका कमजोरमा कमजोर छैन।’

काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो।

झापा पुगेर देउवाले भने : भोट दिने बेला अरुलाई दिएर प्रतिपक्षी कमजोर भन्दै कांग्रेसको बदनाम गर्ने? भन्दै पहिलोपोस्टले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme