Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिवदेखि श्रीलंकाका समकक्षीलाई प्रधानमन्त्री ओलीले दिए समवेदना

Posted on April 21, 2019April 21, 2019 by राजेन्द्र मगर

आज  वैशाख ८ गते  आइतबार । आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

नेपालमा भएका चर्चित र ठूला अपहरणमा संलग्न रहेको आरोपमा कारागारमा कैद भुक्तान गरिरहेका भारतीय नागरिक उदय सेट्टी र अमर टण्डनसँग भिमसेन पण्डितले सम्पर्क बढाएको प्रहरीले सुचना पाएको छ।

उनले ‘दूत’ मार्फत सदरखोर डिल्लीबजारमा रहेका भारतीय नागरिक सेट्टी र नख्खु कारागारमा रहेका टण्डनसँग फरक फरक मितिमा सम्पर्क गरेका हुन्। भिमसेन पण्डित प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका छन्।

खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत? भन्दै नेपालखबरले लेखेको छ।

एकताको झण्डै एक वर्षपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टीले जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको छ। तर, सचिवालयकै नेताहरुले सुचि हेर्न पाएका छैनन्। सुचि हेर्न नपाएपछि उनीहरुले असन्तुष्टि पोखेका छन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै सचिवालयले पदाधिकारीको टुंगो लगाएको हो।

बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो। तर, बैठकमा तत्कालिन एमाले र माओवादीले कुन कुन जिल्लाको कुन पद पाए र को चयन भए भन्ने जानकारी दिइएन।

नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव, नेताहरुले सूची हेर्न पाएनन् भन्दै अनलाईन खबरले लेखेको छ।

तर, नेकपाको एकताको विषयमा शिलापत्रले तत्कालिन नेकपा एमालेलाई ४५ जिल्ला र तत्कालिन नेकपा माओवादी केन्द्रलाई ३२ जिल्ला अध्यक्ष दिने गरी भागबण्डा मिलाएको लेखेको छ।

स्रोतलाई उदृत गर्दै तत्कालिन एमालेले अध्यक्ष पाएको जिल्लाको सचिव तत्कालिन माओवादी केन्द्रले पाउँने र तत्कालिन माओवादी केन्द्रले अध्यक्ष पाएको जिल्लामा तत्कालिन एमालेले सचिव पाउने शिलापत्रले लेखेको छ।

आन्तरिक राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता गरेको छ।

मूल्य अभिवृद्धिकरमा दर्ता भएका बाँके र बर्दियाका १३१ व्यापारी तथा व्यवसायीलाई १५ दिनभित्र बक्यौत कर तिर्न भनेको छ । १५ दिन भित्र नतिरे उनीहरुलाई कारबाही गरिने आन्तरिक राजस्व कार्यालय बाँकेले जनाएको छ।

कर नतिर्ने १३१ व्यवसायी आन्तरिक राजस्वको फन्दामा, १५ दिनभित्र नतिरे कारबाही, को–को परे ? भन्दै रातोपाटीले लेखेको छ।

नख्खु बिस्फोट घटनामा संगलग्न रहेको आरोप लागेको सूर्य भूजेल नेपाली सेनाका भगौडा सिपाही रहेको खुलेको छ। चार वटा मुद्दा चलिरहँदा उनी सर्वोच्च अदालतबाट छुटेका थिए।

रथी कार्यालय जंगी अड्डाका अनुसार उनी २०५४ साल असोज १० गते तत्कालीन शाही नेपाली सेनामा भर्ती भएका थिए।

सेनाको सिपाही रहेकै बखत उनी २०६१ साउन १ गते सेवा छोडेर भागेका थिए। सेनाबाट भागेपछि युद्वरत् तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीमा उनी प्रवेश गरेका थिए।

माओवादी शान्ति प्रक्रियामा आएपछि भूजेल अर्धसैन्य दस्ता वाइसिएलको जिल्ला कमिटी इञ्चार्ज बनाइएका थिए।

पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादीबाट छुट्टिएर विप्लवले नयाँ पार्टी गठन गरेपछि भूजेल विप्लवको सम्पर्कमा आएका थिए।

त्यही सिलसिलामा भूजेललाई नख्खु बिस्फोटमा खटाइएको थियो।

नख्खु बिस्फोटका अभियुक्त सेनाको भगौडा सिपाही हुँदै विप्लवको बडिगार्ड भन्दै काठमाडौं प्रेसले लेखेको छ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै ३५ दिन डेडलाइन दिएपनि विप्लव समुहले प्रशासनलाई एकथान पनि हतियार बुझाएको छैन।

३५ दिनमा देशभरिबाट २५९ थान हतियार प्रशासनमा बुझाइएका छन्। जसमध्ये १७१ इजाजतप्राप्त र ८८ वटा अवैध थिए। बुझाइएकामध्ये अधिकांश भरूवा बन्दुक छन्।

सरकारले हतियार बुझाए कारबाही नगर्ने भनेपछि सर्वसाधारण मान्छेले हतियार बुझाएको प्रहरीले जनाएकव छ।

३५ दिनमा प्रशासनमा आए २५९ हतियार, विप्लवका कार्यकर्ताले एउटा पनि बुझाएनन् भन्दै सेतोपाटीले लेखेको छ।

श्रीलंकाका प्रधानमन्त्री रानील विक्रमा सिंघेलाई टेलिफोन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समवेदना प्रकट गरेका छन्। आज विहान श्रीलंकाको राजधानी कोलम्बोमा श्रृङखलावद्ध विस्फोट हुँदा मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्रीलंकाली जनतालाई समवेदना प्रकट गरेका छन्।

श्रीलंकाका समकक्षीलाई टेलिफोनमार्फत प्रधानमन्त्री ओलीले दिए समवेदना भन्दै पहिलोपोस्टले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “आजको खबर : नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिवदेखि श्रीलंकाका समकक्षीलाई प्रधानमन्त्री ओलीले दिए समवेदना”

  1. madan bajracharya says:
    April 21, 2019 at 11:42 pm

    बिदेशमा बम काण्ड भयर ..भयकोमा सहानुभूति दिने राम्रो काम गर्नेले बिप्लव ले बम पद्कायर नागरिक मारेकोमा……… होईन प्रचंद्रलाई हो कि होईन त्यो पनि प्रमाणित नै …..मात्र धम्कि दियकोमा …..चाहि ……गर्दै आयको छ त्यो पनि सजाय दिलाउन होईन आफ्नो सत्तालाई समर्थन दिय……गर्न/ यसलाई कसरि लिने?

    सत्तामा पहुँच नभयको र सत्ताको बिरोध गर्नु मात्रै अपराध हुने अरु सबै मात्र आफु सिट सहमति गरे टुंगिने कुरानै उतम ब्यबस्था हो भने उहिले सट्टामा पहुँच भयाकालाई कानुन नलाग्ने ब्यबस्था चलाउने भन्दा अहिलेको ब्यबस्था कसरि…….?

    यहाको र यहाले जस्तै राजनैतिक झण्डा बोक्नेलाई जे गरे पनि कानुन नलाग्ने हो भने यहाको लोकतन्त्र त् कानोको नाम नेत्रबहादुर भय जस्तै भयन के?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme