Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजका खबर : प्रमलाई बुटवलमा कालोझण्डादेखि हेलिकप्टरमा चौधरी ग्रुपको मन्दिरमा पूजासम्म

Posted on April 21, 2019 by राजेन्द्र मगर

आज  वैशाख ७ गते शनिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका छोराका नाममा रहेको बालुवाटारको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउनु पर्ने नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले बताएका छन्।

नेकपाका महासचिव पौडेलका छोराका नाममा ८ आना जग्गा भएको पाइएपछि उनी विवादमा तानिएका छन्।

थापाले पौडेलको नाम नलिई घुमाउरो शैलीमा भने,‘म काठमाडौंबाट जितेको सांसद। तपाईंहरूले रुपन्देहीबाट जिताएर पठाउनु भएका मेरा मित्र सांसद काठमाडौंमा जग्गा किन्दा नराम्रोसँग ठगिनुभएछ।’

विष्णु पौडेलप्रति व्यङ्ग्य गर्दै गगनले भने– धन्न पशुपति किन्न भ्याउनुभएनछ! भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा कालोझण्डा देखाइएको छ। कालो झण्डा देखाउनेहरुलाई लगत्तै प्रहरीले पक्राउ गरेको छ। शनिवार ऐतिहासिक जीतगढी किल्लाको विजय उत्सव समारोहलाई सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीलाई केही युवाले कालोझण्डा देखाएका हुन्।

कार्यक्रम हेर्ने दर्शकहरुको भीडबाट हातमा कालोझण्डा बोकेका केही युवा ‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्दै ओली आसिन मञ्चतर्फ अघि बढेका थिए। कालो झण्डा देखाउने युवाहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बुटवलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा ! भन्दै शिलापत्रले लेखेको छ।

मञ्चबाट सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले कालोझण्डा देखाइरहेका छन्, के हेरिरहनु भएको छ ? भन्ने प्रश्न गरेपछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको अनलाइनखबरले लेखेको छ। अनलाइनखबरमा उनको परिचय पनि खुलाइएको छ- रुद्रप्रसाद घिमिरे। अर्घाखाँची घर भई बुटवल ११ मजुवा सुकुम्बासी वस्तीमा बस्दै आएका। विगतमा अखिल क्रान्तिकारीमा काम गरेको र हाल स्वतन्त्र रहेको। रातोपाटीमा थप परिचय छ– प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्वर ३ बाट नेकपाका नेता विष्णु पौड्यालका विरुद्ध स्वतन्त्र उमेदवारी दिएर उठेका युवा समेत हुन् । सो चुनावमा ‘आफूले २१ मत प्राप्त गरेको’ उनले प्रहरीलाई बताएका रहेछन्।

ओलीको अर्को समाचार नेपालखबरमा छ- हेलिकोप्टरबाट शास्वतधाम ओर्लिएर ओलीले गरे विशेष पूजा शाश्वत धाम चौधरी ग्रुपले नवलपरासीमा बनाएको मन्दिर हो। यसका प्रमुख विनोद चौधरी पहिले एमालेबाट सभासद् भएको भए पनि यस पटकको चुनावमा भने कांग्रेसबाट समानुपातिक तर्फका उम्मेदवार बनेका थिए।

आज राष्ट्रिय जनता पार्टी राजपाले तेस्रो वार्षिक उत्सव मनाएको छ। ६ वटा मधेसवादी दल मिलेर एकता भएको उपलक्ष्यमा राजपाले वार्षिक उत्सव मनाएको हो। तेस्रो वार्षिक उत्सवमा  भेला भएको नेताहरुले एउटै विषयमा दिएको प्रतिक्रिया फरक फरक थियो।

राजपा नेपालको निर्माणबाट यो तीन वर्षमा नेपाली जनताले के पाए? एकताको तीन वर्षसम्म पनि महाधिवेशन किन हुन सकेन? अब कहिले हुन्छ ? सरकारलाई दिएको समर्थन किन फिर्ता लिएको ? लगायतका प्रश्न उनीहरुमाथि सोधिएको थियो।

राजपाको तेस्रो वार्षिकोत्सवः महाधिवेशनबारे नेताहरुको बोली फरक–फरक भन्दै रातोपाटीमा समाचार छ।

पशुपतिको घाटमा लगिएका र ब्रह्मनालमा सुताइएकाहरु समेत जीवित फर्कने गरेको घाटे वैद्यको अनौठो अनुभव समेटिएको फिचर पहिलोपोस्टमा छ मृत्यु स्टेसन : यहाँ सबैको यात्रा एकै हुन्न, कोही बित्छन् त कोही फर्किन्छन् शीर्षकमा।

नेकपा (तत्कालिन वाम गठबन्धन) को चुनाव घोषणापत्र अनुसार १० बर्षभित्र कम्तिमा दुई हजार किलोमिटर रेलमार्ग निर्माण गर्ने लक्ष्य सरकारले लिएको प्रसंग उल्लेख गर्दै चीनको रेलको फोटोसहित नेपालखबरले रोचक समाचार राखेको छ- रेल इन्जिनियरको दरबन्दी नै छैन, ४ हजार किमी रेलमार्गको सपना!

1 thought on “आजका खबर : प्रमलाई बुटवलमा कालोझण्डादेखि हेलिकप्टरमा चौधरी ग्रुपको मन्दिरमा पूजासम्म”

  1. madan bajracharya says:
    April 21, 2019 at 9:36 pm

    गगनले “धन्य पशुपति नै ….” भन्नु पर्ने गरि भूमाफिया र भ्रस्ट कर्मचारीहरुले घोटाला गरेको बालुवाटारको जग्गामै प्रधान मन्त्रीको निवाश स्थान पनि बनेको छ र यो निवाश स्थान अस्ति भर्खरै देउपाले ओलीलाई सुम्पेको हो/ ओलीको पालामा आफु लगायत आफ्नै पार्टीको समेतलाई अप्ठ्यारोमा पर्ने भय पनि त्यो निवाश समेत बसेको बालुवाटारको जग्गामा ….भयको कुरा बाहिर ल्यायो/ तर देउपाको पालामा यो कुरा बाहिर आयन; दवेरै रह्यो/ तेतिबेला गगनले भने जस्तै पसुपति समेत बेचिन सक्थ्यो/ प्रमाणको रुपमा हेर्ने लिने हो भने कांग्रेसी कार्यकालमा नेपालको सिमाना कति मिचियो र त्यो बारेमा कांग्रेसीहरु जसरि …..बसे तेहि पर्याप्त हुन्छ/

    कांग्रेसीहरु आफुलाई प्रजावादी भन्छन तर उनीहरुको बास्तविकता त् मात्र सुटुक्क सत्तावादी अर्थात आफु सत्तामा पुग्ने भय सबै ठिक भन्ने नभय प्रलापको हदै सम्म बिरोध गर्ने मपाईगर्ने भिड मात्रै हुन्/ देसमा पटक पटक गरेर सबै भन्दा लामो समय सम्म सरकारी संयन्त्र र ब्यबस्था मा हुकुमत चलाउने त् गगनको पार्टी नै हो/ इनिहरुको हुकुमत चलेको बेला अरु त् अरु हुकुमत चलाउने माथिनै पटक पटक भ्र्स्ताचारको आरोप लागेको थियो/ जव कांग्रेसी बात नेतृत्व गर्नेनै भर्स्ताचारी हुन्छ भने उसले बनाउने चलाउने सरकारी संयन्त्र र उसले नियुक्त गरेको कर्मचारी कस्तो हुन्छ भन्ने कुरा अहिले स्पस्ट हुँदै आयको कुरा दसौं बर्ष टुकी युगमा पुगेको नेपाल मात्र यकजना नन कांग्रेसी बिद्युत प्राधिकरणको कार्यकारिणी बने बात जसरि नेपाल उज्यालो युगमा फर्किन सक्यो तेस्ले देखाउंछ/ अब हेर्नुस बालुवाटार जग्गा प्रकरणमा गगने बोल्दै छन् तर के बोलेको छ गगनले दसौं बर्ष सम्म नेपाललाई टुकी युगमा कसले पुर्यायो भनेर छानविन होस् भनेर?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme