Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेशदेखि बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको स्ष्पष्टिकरण

Posted on April 20, 2019 by राजेन्द्र मगर

आज  बैसाख ६ गते शुक्रबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

देशभर धर्मनिरपक्षता खरेजको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी दर्जन कार्यकर्ता पक्राउ परेका छन्।

सोही क्रममा रत्नपार्कमा अध्यक्ष कमल थापासहितले धर्म निरपेक्षता लेखेको पर्चा जलाए।

प्रदर्शनमा उनीहरुले  आफैले धर्म निरपेक्षता लेखिएको पर्चा ल्याएका थिए। सोही पर्चा प्रदर्शनमा जलाएका हुन्।

बिदेशीको दबाव र प्रभावमा आएको ‘धर्मनिरपेक्षता’ खारेज गर्न दबाव सिर्जना गरौं! भन्दै राप्रपाले प्रदर्शन गरेको हो। राप्रपाले हिन्दु राष्ट्रको पुनर्स्थापना गर्न माग गर्दै हस्ताक्षर अभियानदेखि विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएको छ।

धर्म निरपेक्षताको पर्चा यसरी जलाए कमल थापाले, दर्जन कार्यकर्ता पक्राउ पर्दा जोगिए अध्यक्ष भन्दै पहिलोपोस्टले लेखेको छ।

सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्त भएका छन्। 

सर्वोच्चको न्यायाधीशमा प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा नियुक्त भएका हुन्।  ढुंगाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश थिए भने रेग्मी, फुयाल र शर्मा कानून व्यवसायी मध्येबाट न्यायाधीशका लागि सिफारिसमा परेका थिए।

सर्वोच्च अदालतमा पाँच न्यायाधीश नियुक्त भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

यही वैशाख ९ गते पार्टीको एकता प्रक्रिया टुङग्याउने गरी  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विविध विषयमा गहन छलफल भएको छ।

झण्डै एक वर्ष बित्न लाग्दा पनि एकताको प्रक्रिया नसकिएको हुनाले यही वैशाख ९ गतेसम्म सक्ने भनिएकाले नेताबीच गहन छलफल भइरहेको हो।

पार्टी एकता प्रक्रिया टुङ्ग्याउन छलफलमा जुटे ओली–प्रचण्ड भन्दै रातोपाटीले लेखेको छ।

पूर्वसचिव दिनेश थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्त नियुक्त भएका छन्।

थपलिया प्रमुख आयुक्त सिफारिस हुनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थिए।

संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदन भएका थपलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमुख आयुक्त नियुक्त गरेकी हुन्।

थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त भन्दै सेतोपाटीले लेखेको छ।

इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ

पब्जी खेल्दा विकृति देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्वोच्चमा वैशाख ३ गते रिट दायर गरेका थिए ।

पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश भन्दै अनलाइन खबरले लेखेको छ।

नेकपा महासचिब विष्णु पौडेलले आफूले सरकारी कागजात किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा नहडपेको दाबी गरेका छन्।

महासचिव पौडेलले नवलपरासीको वर्दघाटको ८ कठ्ठा जग्गा बेचेर वालुवाटार मा ८ आना जग्गा किनेको पनि बताएका छन्।

आफूले सरकारी जग्गा नहडपेको भन्दै पौडेलले यस सम्बन्धमा सत्य तथ्य बाहिर ल्याउन माग गर्दै सरकारले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन्।

वर्दघाटको ८ कठ्ठा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेँः विष्णु पौडेल भन्दै शिलापत्रले लेखेको छ।

बालुवाटारको विवादित जग्गाबारे नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का महासचिव विष्णु पौडेलले ६ बुँदे प्रस्टीकरण दिएका छन्  भन्दै पहिलोपोस्टले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

5 thoughts on “आजको खबर : पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेशदेखि बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको स्ष्पष्टिकरण”

  1. basant says:
    April 21, 2019 at 4:52 pm

    नेकपा महासचिब विष्णु पौडेलले आफूले सरकारी जग्गा राजस्व तिरेर कानुनी रुप मै बिधि पुर्याएर किनेको भए पनि सरकारको उच्च तह मा पुगेका नेता ले (सर्ब साधारण लाइ त् कडा कानुन लाग्छ होला ) सरकारी जग्गा किन्नु बेच्नु भनेको ठुलो अपराध हो यस्ता लाइ देश द्रोह कै कानुन लगाएर कारवाही गर्नु पर्ने हुन्छ यो या त्यो भनेर पत्रकार सम्मेलन गरेर उम्किनु पाउदैन सामान्य नागरिक लाइ मरेको गाई को मासु खाएको कसुर मा १० बर्ष जेल कोच्ने संबिधानले रास्ट्र को सम्पत्ति बेच्ने किन्ने लाइ उन्मुक्ति दिनु मिल्दैन, यो जग्गा किनबेच गर्ने कारोबारी, मालपोत / नापीका कर्मचारी सबैको तीनपुस्ते नालीबेली, फोटो सहित सार्बजनिक गर्नु पर्छ अन्यथा यो भनेको ब्राह्मण बाद को हैकमि राज हो

    Reply
  2. मुकेश यादव says:
    April 20, 2019 at 11:42 pm

    लमक पाथा ले बरसौं देखी कुटिल खेल खेलेर डुबाएको छ /

    यो लमक पाथा भनेको महिषाशुर हो / आज पचास बरस भन्दा बढी समय सम्म लुटदै छ / कहिले कमल थापा कहिले लमक पाथा, कहिले मकल पाठा र कहिले कलम फाटा भएर जनम लिनाछ यो दैत्य

    छविलाल दाहाल को डर ले एक ताका लुकेर हिंडने यो कालकुट मकल पाठा आज खुले आम छविलाल को दोस्त भएको छ

    मकल पाठा र छविलाल मिलेर घोर लुट मचाएको सर्व विदितै छ

    Reply
  3. चन्द्रकान्त says:
    April 20, 2019 at 4:50 pm

    म ब्यांकको स्टाप हुँ | माननीय बिष्णु पौडेललाई बर्दघाटको ८ कट्ठा कतिमा बेच्नु भएको र त्यो जग्गाको पैसा कुन ब्याङ्कमा राख्नु भएको ? अनि बालुवाटारको जग्गा किन्दा कतिमा किन्नु भएको र त्यो पैसा कुन ब्यांकबाट चेक वा नगदमा कसरी तिर्नु भएको स्टेटमेन्ट देखाउन भन्नु त पत्रकार ज्यु | झुट पनि कति बोल्ने अनि कति झन् झन् थप्दै जाने हो |

    Reply
  4. Bashanta says:
    April 20, 2019 at 12:17 pm

    अहिले 82 बर्षको भयो रे त्यो कुइरे। पहिला अमेरिकाबाट डिप्लोमाट थियो रे , हो रे . त्यो कुइरे ले भनेको थियो , World मा राम्रो पानी नेपालमा धेरै भनेको थियो , नेपालले , बुद्धि पुर्याएर , पानी मात्रै बेचे पनि World को धनी राष्ट्र हुन्छ नेपाल हुन्छ रे। त्यस्तो भनेको थियो।

    Reply
  5. madan bajracharya says:
    April 20, 2019 at 7:51 am

    आफु सत्तामा रहंदा संबिधान ब्यबस्था देस र समाजमा जे हुँदै छ सबै ठिक; अनि आफु सत्तामा नरहे …../ रोगीहरु हुन् इनिहरु/माटो पहाड हिमाल नदि देसको कुनै धर्म हुँदैन; अरु त् अरु भर्खरै जन्मेको बालकको पनि न त् कुनै धर्म हुन्छ न भाषा/ धर्म संस्कार भाषा नाम जात सबै पछि दिइने,सिकाइने मनाईने कुराहरु हुन्/ नाम जात धर्म फरक हुँदैमा हामी मानिस हुने नहुने हुँदैन/ धर्म मात्र सामुहिक भनु बा सामुदाईक बिचार हो/ बिचार सबैको यकै हुँदैन तर बिचार फरक हुँदैमा सत्य बदलिन्दैन/ हो धर्म र बिचारले व्यक्तिको व्यक्तित्व बदलिन्छ/ तर व्यक्तित्व बदले पनि अस्तित्व त् बदलिन्दैन/ जव अस्तित्वकै कुरा आउँछ नेपालमा अरु धर्म मान्ने र कुनै पनि धर्म नमान्ने नेपालीको अस्तित्व पनि छ/ अरु धर्म मान्ने नेपालीको पनि नेपाललाई उसले मान्ने भयकैले मात्र हिन्दु रास्ट्र बनाउने?

    कमल थापा टोलको हिसावले ज्वाईं भने पनि हुन्छ; उसको श्रीमती हाम्रो टोलको सुवाल परिवारको छोरी हो/ सुवाल भनेको नेपालमा हिन्दु बुद्दिस्ट दुवै धर्मको उत्तिकै सम्मान गर्ने दुवै धर्मको धार्मिक पुजा संस्कारमा समर्पित हुने ज्यापु खलक हो/ यस्तो खलकको छोरीको श्रीमान को यस्तो बुद्धि?

    कमल थापालाई थाह नभयको त्के पक्कै होईन कि हाम्रो नेपाल बिस्वले नै मानेको गौतम बुद्धको जन्मस्थलमा उसको बौद्ध धर्म मान्ने नेपालीको पनि नेपाल हो उसले मान्ने हिन्दुहरुको मात्रै नेपाल होईन भनेर/ यदि नेपाललाई कुनै यक धर्म मान्ने देस बनाउनेनै हो भने भारतको अयोध्यामा जन्मेको राम र बिहारको पटनामा जन्मेको कृष्णको “हिन्दु रास्ट्र” बनाउनुमा भन्दा नेपालमै जन्मेको गौतम बुद्धको बौद्ध रास्ट्र बनाउनु पर्ने तर्क र आधार बलियो नै हुन्छ/ तापनि कुनै बुद्धिस्टले नेपाललाई बौद्ध रास्ट्र बना भनेको छैन त् किन हिन्दु रास्ट्र बनाउने नेपाललाई?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme