Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालको स्याटेलाइट : ठूलो हैन फुच्चे : थाहा पाउनै पर्ने ६ तथ्य

Posted on April 18, 2019April 18, 2019 by Salokya


नेपालको स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिँदै। अब नेपालको आफ्नै स्याटेलाइट भन्दै नेपालको झण्डा ठूलो स्याटेलाइटमा फोटोसप गरी राखिएको समाचारहरु देख्दा मान्छे झुक्किन सक्छन्। तर नझुक्किनुस्, नेपालले त्यस्तो ठूलो स्याटेलाइट पठाउन लागेको नभएर सानो हातमा अट्ने नानो अर्थात् फुच्चे स्याटेलाइट पठाउन लागेको हो। यो स्याटेलाइटबारे जान्नै पर्ने केही तथ्य यस्ता छन्।

१) कति खर्च पर्‍यो?
यो स्याटेलाइट बनाउन सरकारले अर्थ मन्त्रालयमार्फत् एक करोड ४२ लाख रुपैयाँ जापानमा पठाएको छ। रकम यो प्रक्रियामार्फत् जापनमा रेमिट गरिएको हो।

२) कता छ अहिले?

नेपाली समय अनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको Cygnus cargo spacecraft भित्र यो फुच्चे स्याटेलाइट राखिएको थियो। यो सँगै अरु विभिन्न ३४ सय किलोग्राम रिसर्च, क्रु सप्लाइ र हार्डवेयरहरु बोकेर अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) तर्फ लाँदैछ। शुक्रबार दिउँसो साढे तीन बजेतिर यो आइएसएसमा पुग्नेछ। त्यसमा रहेकी अन्तरिक्ष यात्री Anne McClain ले रोबोटिक आर्म प्रयोग गरेर Cygnus लाई समात्नेछ। त्यसपछि स्टेसनको युनिटी मोड्युलमा यसलाई स्थापित गरिनेछ। जुलाई २३ सम्म स्पेस स्टेसनमा नै यो अन्तरिक्ष यान रहनेछ। त्यसपछि स्टेसन छाडेर जाने बेला बल्ल क्युबस्याटहरु अन्तरिक्षमा छाड्नेछ।

३) क-कसको क्युब स्याट छ त्यसमा?

जापानको क्युटेक युनिभर्सिटीमा बनेका तीन वटा साना खालका स्याटेलाइट त्यसमा छ- नेपालको नेपालीस्याट-१, श्रीलंकाको रावण-१ र जापानको युगुइसु। युनिभर्सिटीका आठ जनाले यो बनाएका हुन्। त्यसमध्ये दुई जना नेपाली छन्- आभाष मास्के जो पिएचडी गर्दैछन् र हरिराम श्रेष्ठ जो मास्टर्स डिग्री गर्दैछन्। बर्डस् ३ प्रोजेक्टमा मास्के प्रोजेक्ट म्यानेजर हुन्।

४) के काम गर्छ यो स्याटेलाइटले?
यसका मुख्य ६ मिसन यस्ता छन्-

नेपालको आकाशमा ५ मिनेटसम्म यो फुच्चे स्याटेलाइट रहने भनिएको छ।


५) के छ विशेष?
नेपालले अन्तरिक्षमा पहिलो उपस्थिति जनाएको हो। तर बुझ्नुपर्ने कुरा के हो भने अहिले विश्वका विभिन्न युनिभर्सिटीहरुले समेत अध्ययनका लागि यस्ता साना स्याटेलाइट अन्तरिक्षमा पठाउने गर्छन्। नेपालकै काठमाडौँ युनिभर्सिटीका विद्यार्थीहरुले पनि नेपाल पिक्यु १ नामको पकेट क्युब स्याटेलाइट भारतीय रकेटको माध्यमबाट अन्तरिक्षमा पठाउने योजना बनाएको थियो। तर अहिलेसम्म त्यो सफल हुन सकेको छैन। विश्वका विभिन्न देशका नानो स्याटेलाइटहरुको सूची यहाँ क्लिक गरी हेर्न सकिन्छ।

६) ग्राउन्ड स्टेसन छैन
अन्तरिक्षमा सानो स्याटेलाइट पुगे पनि त्यसको तथ्याङ्क प्राप्त गर्न ग्राउन्ड स्टेसन भने नेपालले बनाइसकेको छैन। बल्ल बन्दैछ। यो बनाउन २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ।

नेपालको फुच्चे स्याटेलाइटसहित अरु ३४ सय किलो सामान बोकेको सिग्नस कार्गो यान यसरी उडेको थियो अन्तरिक्षतर्फ। भिडियो

2 thoughts on “नेपालको स्याटेलाइट : ठूलो हैन फुच्चे : थाहा पाउनै पर्ने ६ तथ्य”

  1. madan bajracharya says:
    April 18, 2019 at 11:44 am

    कुरा स्याट लाइटकै भयकोले भारतले नेपाल र नेपालीलाई दियको दुखले दुखेको मनमा काठमांडू बात भारतीय बिमान अपहरण भयको काण्डमा भारतले स्याटलाईट समेतको माध्यम बात संचालित संच्चार माध्यम बात त्यो बिमान अपहरण काण्डमा बास्तविक रुपमै दोषी भारतीय बिमान सेवाको त्रिभुवन बिमान स्थलमा कार्यरत कर्मचारीहरुको लापरवाही लुकायर कुनै दोष नै नभयको नेपाललाई झुठो आरोप लगायर बदनाम गरेकोमा सलिम शाहले बिस्वलाई सत्य कुराको जानकारी दिलाउन नेपाललाइ पनि स्याट लाईटको युगमा पुर्याउनु पर्छ भन्दै उसले थाईलैन्द को स्याटलाइट सेवा लिन खोजेको कुरा याद आयो/ सलिम शाह तेही व्यक्ति थियो जसलाई पछि भारत बिरोधि भयको आरोप लगायर मारेको थियो/ सलिम शाहको हत्या गर्नेको आइडि नेपालको प्रहरीको हातमा परेको पनि थियो र त्यो आईडी अनुसार उ लखनौ को आयन्ति टेरोरिस्ट सेलको हवलदार थियो/

    Reply
  2. Milan says:
    April 18, 2019 at 5:28 am

    श्रीलंकाको रावण-१.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme