Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लुक्ला दुर्घटना : हेलिकप्टर ल्यान्ड गर्न पा’छैन विमान ठोक्किन आयो र लतारेर लग्यो

Posted on April 14, 2019April 15, 2019 by Salokya


नयाँ वर्षको सुरुमै एउटा निकै नराम्रो खबर आयो लुक्लाबाट। अहिले सगरमाथा चढ्ने, चढ्न नसके पनि घुम्नेहरुको सिजन। पर्यटक खचाखच आउने बेला। धन्न लुक्ला आउने सिजन, फर्कने सिजन नभएकोले दुर्घटना भएको विमानमा यात्रुहरु थिएनन्। तर पनि विमानका को पाइलट र जमिनमा रहेका दुई जना प्रहरीको यो दुर्घटनामा ज्यान गयो।

दुर्घटना कसरी भयो भन्ने हेर्न सिसिटिभी दृश्यले सघाउँछ।

सिसिटिभी फुटेजमा सुरुमा मनाङ एयरको हेलिकप्टर ल्यान्ड भएको देखिन्छ। रनवेको दायाँ भागमा रहेको हेलिकप्टर पार्किङ स्थलमा मनाङको हेलिकप्टर ल्यान्ड भएको केही समयमा नै एउटा अर्कै एयरलाइन्सको विमान टेक अफ गर्छ।

त्यतिबेलासम्म समिट एयर रनवेको बायाँ पट्टी रहेको पार्किङ स्थलमा नै टेक अफका लागि तयार भएर रहेको हुन्छ। त्यो विमान उड्ने बित्तिकै समिटको विमान पार्किङ एरियाबाट बायाँ मोडिएर युटर्न लिई रनवेमा सीधा उड्न तयार भयो।

विमानमा यात्रु कोही थिएनन्। पाइलट, को पाइलट र एयरहोस्टेस मात्रै थिए।

रनवेबाट विमानले गति लिई भूँइ छोड्नु पर्नेमा रनवेको ओरालो ठाउँमा पुगेपछि एक्कासी दायाँतिर मोडिएर हेलिकप्टर पार्किङतर्फ जान्छ। त्यहाँ मनाङको
भर्खर ल्यान्ड भएको हेलिकप्टर हुन्छ। त्योसित ठोक्किने मात्र हैन घिसारेर लग्छ। त्यसपछि आगो लाग्छ।

दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुङ्गानाको मृत्यु भयो। साथै विमानस्थलमा रहेका दुई सुरक्षाकर्मी असई राम बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका लागि ग्रान्डी अस्पतालमा पुर्‍याइएका नेपाल प्रहरीका असई रुद्र बहादुर श्रेष्ठको उपचारकै क्रममा निधन भयो।

समिटका पाइलट रवीन्द्र रोकाया, मनाङको हेलिकप्टरका क्याप्टेन चेत बहादुर गुरुङ, कर्मचारी लाक्पा शेर्पा घाइते भई उपचारका लागि काठमाडौ ल्याइएकोमा रवीन्द्र र लाक्पा डिस्चार्ज भई घर फर्किसकेका छन्।

हेर्नुस् भिडियो-

अर्को एङ्गलबाट हेर्नुस् भिडियो-

दुर्घटनामा मनाङको हेलिकप्टर र समिटको विमान दुवै कामै नलाग्ने गरी बिग्रिएको छ भने श्री एयरलाइन्सको अर्को हेलिकप्टरमा सामान्य क्षति छ।

खासमा यस्तो दुर्घटना हुँदा के हुने होला, मनमा जिज्ञासा जाग्यो। मनाङको हेलिकप्टर समिटको विमानको ठक्करका कारण क्षतिग्रस्त भएकोले उसले क्षतिपूर्ति दिनुपर्ने हुन्छ कि हुँदैन होला?

सवारी दुर्घटनामा जस्तो कम्पनी वा चालकले क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ कि हुन्न होला?

कि इन्स्योरेन्स हुने हुनाले यस्ता कुराको लफडा नहुने हो?

1 thought on “लुक्ला दुर्घटना : हेलिकप्टर ल्यान्ड गर्न पा’छैन विमान ठोक्किन आयो र लतारेर लग्यो”

  1. madan bajracharya says:
    April 15, 2019 at 12:21 am

    उडान गर्न रन वे गुडेको लगतै जहाजमा झट्का लागेको र तेस पछि अलि अनियन्त्रित हुँदै बाया पनि धलेक्र कुदेको देखिन्छ/ यसैले सायद यो चिप्लेर भन्दा जहाजको पाङ्ग्रा नियन्त्रण गर्ने सिस्टममा नै केहि गदभाद भयकोले हो कि जस्तो लाग्छ/

    लुक्ला बिमान सेवामा बिमान उदाउनु अत्यन्त त्रिकी र जोखिम भयको कुरा नेपाल बायु सेवाको पाइलटहरु पनि भन्थे/ लुक्ला जस्तो बिदेशी पर्यटकहरुको निमित अत्यन्त आकर्षक जिल्लाको बिमान स्थल जोखिम पूर्ण भयको कुरा दसकौं देखि थाह हुँदा हुँदै पनि तेस्को स्तर राम्रो गर्न कसैको चासोको बिषय नहुनु बडो खेद पूर्ण छ/ बिस्व समुदायले लुक्ला बिमान स्थल बिस्वकै डरलाग्दो बिमान स्थल मध्यमा राखिने सके त् अव पनि यो कुरामा कसैको ध्यान नगय नेपाल बायु सेवा निगमलाई युरोप उडानमा प्रतिबन्ध लागाय जस्तै तेस्तै कुनै पक्कै गर्न सक्छ/ यसो नगरे पनि लुक्ला उडान गर्ने बिमानको बिमा कम्पनीहरुले केहि गर्न सक्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme