Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : के गर्दैछन सीके राउत काठमाडौंमादेखि सरकारले लायो पब्जी खेल्न प्रतिबन्ध

Posted on April 11, 2019April 11, 2019 by राजेन्द्र मगर

आज चैत २८ गते बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत आइतबार पहिलो पटक काठमाडौं आए। सरकारसँग ११ बुँदे सहमति गरेपछि उनी पहिलोपटक काठमाडौं आएका हुन्।

उनले पहिलो प्राथमिकता पार्टी दर्ता भएको बताएका छन्। पार्टीको विधान तथा आवश्यक तयारी भइरहेको उनले बताए।

सरकारसँगको सहमतिपछि सञ्चार माध्यमबाट टाढै रहेका राउत पार्टी दर्ताको तयारीमा जुटेका थिए।

वैसाखको पहिलो साता जनमत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने उनले जानकारी दिए। पार्टीको सैद्धान्तिक पक्षमा थप छलफल आवश्यक रहेको सुनाए।

काठमाडौंमा के गर्दैछन् सीके राउत? भन्दै पहिलोपोस्टले लेखेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ। पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए।

पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो। धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ।

नेपालमा अब पब्जी खेल्न नपाइने भन्दै सेतोपाटीले लेखेको छ।

सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रम निवासको जग्गा किनबेच नभएको बताए।

सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले यसबारे थप छानविन गर्ने र दोषीलाई कारबाही गर्ने बताए।

ललिता निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले समेत किनेको पाइएको छ ।

पौडेलले फर्जी धन्दामा संग्लग्न नभएर कसैको नाममा भइसकेको जग्गा किनेको बास्कोटाले बताए।

भने, ‘उहाँ त पीडित भइसक्नुभो । उहाँले जग्गा किन्नुभयो, जग्गा परेछ नक्कली।’

सरकारका प्रवक्ताको स्पष्टिकरण : प्रधानमन्त्री निवास किनबेच भएको छैन भन्दै अनलाइन खबरले लेखेको छ।

३ किलो तीन सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्  उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले पक्राउ गरेको हो ।

चीनको कुनिमङबाट एयर चाइना स्र्टन एयरलाइन्सबाट नेपाल आएका उनीहरुलाई मलद्वारमा सुन राखेको अवस्थामा पक्राउ गरिएको हो।

मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना चिनियाँ नागरिक पक्राउ भन्दै रातोपाटीले लेखेको छ।

रकारले आन्दोलनरत सरकारी चिकित्सकहरुलाई आन्दोलन छोडेर समायोजनमा परेको ठाउँमा जान आग्रह गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्दोलनरत चिकित्सकहरुलाई आन्दोलन छोडेर काममा फर्कन आग्रह गरेका हुन्। अब आन्दोलन छोडेर खटाएको ठाउँमा नगए सरकारलाई सैह्य हुँदैन भन्दै उनले चिकित्सकहरुलाई चेतावनी दिएका छन्।

उनले ठूलो संख्याको कर्मचारी समायोजनमा देखिने केही प्राविधिक वा व्यावहारिक समस्या समाधान हुने र त्यो सरकारको दायित्व भएको बताए। उनले चिकित्सहरुलाई साँच्चै मार्का परेको भए तथ्यपरक ढंगले आएका विषयलाई सरकारले सम्बोधन गर्ने बताए।

आन्दोलनरत चिकित्सकहरूलाई सरकारको चेतावनीः हड्ताल अब सैह्य हुन्न भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

6 thoughts on “आजको खबर : के गर्दैछन सीके राउत काठमाडौंमादेखि सरकारले लायो पब्जी खेल्न प्रतिबन्ध”

  1. krishna.p says:
    April 15, 2019 at 5:15 pm

    mysansar को सब भन्दा पुरानो कमेण्टर madan bajaracharya जी, वा वा वा

    Reply
  2. madan bajracharya says:
    April 15, 2019 at 8:53 am

    समान्ति “अर्काको स्वामित्व अपहरण गर्ने;
    सर्वहारा भनिने दे भनेर नदिय खोसेर खाने
    साम्यबाद असामान्य बनेका निर्विकल्प हुने
    बामपन्थी बामे सरेर टाउकोमा तवला ठोक्ने
    सबै समान ठान्ने सम्मान गर्ने जोकर बनाउने
    यस्तैको नमुना बनेकोछ हाम्रो कम्युनिस्टहरु/

    Reply
  3. Pravat says:
    April 12, 2019 at 11:18 pm

    आफ्नो केटाकेटी ले खेलेमा आफ्नो Router फुटाऊनुनि , तेती मात्र नभए internet नै नलिनु नि ,
    उजुरी गर्यो भन्दै मा banned भन्ने पनि हुन्छ?
    बयस्क ले पनि खेल्न नपाउने ?

    Reply
  4. madan bajracharya says:
    April 12, 2019 at 10:52 pm

    तराईलाई मधेसीको मत बात नेपाल बात अलग्याउन जनमत पार्टी दर्ता गर्ने लागेको सिके रावतले के गर्दै छ भन्नु भन्दा सिके बात वाट के गराइन्दैछ भन्नु नै बढि उपयुक्त हुन्छ/ किनभने सिके को अस्तित्व मानव भय पनि उसको व्यक्तित्व रोवोट भन्दा रति पनि फरक छैन/

    रोवोटलाई सेना को विकल्पको रुपमा पनि प्रयोग गरिन सक्छ/ सेना प्रयोग गरेर यसियाको नेपाल जस्तै सुन्दर देस कास्मिर कब्जायर पल्केको भारतले नेपाललाई पनि तेस्तै कब्जा गर्ने नियत त् थियो/ तर सेना प्रयोग गरेर कास्मिर कब्जायकोलाई बिस्वले मान्यता नै दियन र भारतलाई कास्मिरमा जनमत संघ्रह गरेर कास्मिरको भाग्य कास्मिरी जनतालाईनै निर्णय गराउने निर्देशन दियो/ यसको तात्पर्य त् यहि भयो कि सेना प्रयोग गरेर अरुको देस कब्जाय बिस्व समुदायले बैधानिक नमान्ने तर जनमत लियर अरुको देस तुक्राय बा कब्जायामा बैधानिक मान्ने भयो/

    जनमतको फर्मुला सिक्किममा सफल भयर हौसियकोले आफ्नो निमित लाइफलाइन नै भयको नेपालको तराई कब्जाउन १९५० देखिने सिके जस्तै मानव रोवट प्रयोग गर्दै आयको छ; अत्यन्त दिर्घकालिन योजना बनायर/ भारतको यो योजना कसैले अलिकति पनि सोचे सजिलै स्पस्ट हुन्छ/

    नेपाल पसे पछि तराई मधेसीको मध्यदेस हो भन्ने सबैलाई नेपालि नागरिकता दिने र दिलाउने चाँजो पाँजो मिलाय पछि तराईलाई मधेसीको जनमत बात “मध्यदेस” बनाउने भन्ने सिके र सिकेको जनमतदललाई मान्यता दिलायको छ/ अब यस्तै कुरालाई उपलब्धि र परिबर्तन मान्ने हो तेस्तो उपलब्धि र परिबर्तनले नेपालको इतिहास र भूगोल कस्तो बन्छ होला त्यो सोच्ने बेला आयको छ/

    Reply
  5. kundan says:
    April 12, 2019 at 11:36 am

    internet is also an addiction …tv is addiction …drinking eating morning walk exercise are all form of addiction…our government is full of uneducated lot….so what ban them all? …kids will start playing another games there r millions of them …so stupid..

    Reply
  6. कमल says:
    April 12, 2019 at 3:30 am

    नेकपाका महासचिव बिष्णु पौडेलले बालुवाटारमा जग्गा किने ‘रे? जनतालाई खुला आकाश मुनि सुताएर सर्बहाराको नारा दिनेहरुको के पारा हो यो? अचम्भ लाग्छ, आश्चर्य लाग्छ, ताज्जुब लाग्छ| सर्बहाराले जग्गा किन्नु हुँदैन, घर बनाउनु पर्दैन भन्ने होइन तर यस्तो महंगी एरियामा, कुन पैसाले कसरि डिल भएको हो त्यो पनि छानवीन हुनपर्यो| सार्बजनिक पदमा बसेपछि सबै १००% पारदर्शी हुनपर्यो|
    माथिलो पंक्तिको नेता जो हेरे पनि यस्तै ताल देखियो नेकपामा| जनता समक्ष कसरि भोट माग्न जाने होला लाजै पचाएर|
    विगतमा इश्वर पोखरेललाई टन्न नगद पैसाको गुण्टा बोकेको दिल्ली एयरपोर्टमा पक्राउ परेपछि के कति कम्प्रोमाईज गर्नपर्यो त्यो मेडियाले फलो गर्न बाँकी नै होला|
    कांग्रेसका नेताहरुको सम्पति आर्जन बारे नबोले पनि हुन्छ| विगत १५ बर्षमा नेपाली कांग्रेसको शासनले यति बेइमानी र कुशासन फैलाए, त्यसको जिम्मेवारी देउबाले लिन बाँकी नै छ| कसरी बन्यो नारायणथानको दरवार?
    विगतका आफ्नो सबै कर्तुत खुलीएला भनेर कांग्रेसका नेताहरु नीरिह छन् जस्तो देशमा प्रतिपक्ष नै छैन|
    कमल थापाले राजाको प्रत्यक्ष शासन ताका मेडिया र सुलसुले सुराकीलाई बाँडने भनेर लिएको १५ करोडको हिसाब खोई?
    जो हेरे नि त्यस्तै, अनि कसरि बन्छ देश?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme