Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आखिर त्यो टोनार्डो नै रहेछ, चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएर बाराको फेटामा मच्चाएको रहेछ विध्वंश

Posted on April 11, 2019 by Salokya


फोटो May 3, 1999 मा Oklahoma मा आएको टोर्नाडोको हो।

चैत १७ गते आइतबार बारा र पर्सामा विध्वंश मच्चिएको आँधीबेरीको दुई दिनपछि मंगलबार माइसंसारमा ब्लग लेखेको थिएँ- त्यत्रो हेभी गाडी पल्टाउने गरी के भएको थियो बारामा? के त्यो टोर्नाडो थियो? अब सरकारले आधिकारिक रुपमा यो टोर्नाडो नै भएको बताएको छ।

जल तथा मौसम विज्ञान विभागले बुधबारको विज्ञप्तिमा यबारे जानकारी दिएको छ-

मिति २०७४ साल चैत्र १७ गते आईतबार साँझ पूर्वी नेपालको बारा, पर्सा लगायतका जिल्लामा आएको भीषण हावाहुरी Tornado भएको प्रारिम्भक अध्ययनले देखाएको व्यहोरा जल तथा मौसम विज्ञान विभागले २०७५ चैत्र २२ गते प्रेस विज्ञप्ति मार्फत जानकारी गराइसकेको सबैलाई अवगत नै छ।

जल तथा मौसम विज्ञान विभाग र व मल अर्थ नेपालको वैज्ञानिक टोलीले सेन्टिनेल भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्विरको अध्ययन र सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा राखिएका प्रभावित स्थलको तस्विर, भिडियो लगायत सूचनाको अध्ययनबाट विभाग उक्त निष्कर्षमा पुगेको थियो। उक्त प्रारम्भिक निष्कर्षलाई थप पुष्टि गर्न स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा ३ स्मल अर्थ नेपाल र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ICIMob) का वैज्ञानिकहरुको एक टोलीले चैत्र २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन भ्रमण गरेर विभिन्न तथ्यहरु संकलन गरेको थियो।

सो स्थलगत अध्ययनका क्रममा टोलीले प्रभावित क्षेत्रको डोन तथा अन्य उच्च प्रविधियुक्त क्यामेराबाट भिडियो तथा तस्बिर खिच्नु र स्थानियहरुसँग अन्तर्वाता लिनुका साथै प्रभावित क्षेत्रको सर्वेक्षण समेत गरी सूचना संकलन गरेको थियो । यस टोलीले Tornado पुष्टिको लागि क्षतिको विवरण तथा Tornado को आकार, चौडाई, वेग तथा तिव्रता विशेषणका लागी आवश्यक आधारहरुको निरिक्षण गरेको थियो।

स्थलगत सूचनाहरु र अध्ययनको आधारमा विभाग उक्त विनाशकारी हावाहुरी Tornado नै रहेको निष्कर्षमा पुगेको छ। साथै उक्त Tornado चितवन राष्ट्रिय निकुन्जबाट शुरु भएको देखिन्छ । यस मौसम प्रणालीको विस्तृत प्रतिवेदन अध्ययन अनुसन्धान गरेर केहि समय पछि प्रकासित गरिनेछ।

जल तथा मौसम विज्ञान विभाग यस अनुसन्धान कार्यमा सहयोग गर्ने ६ स्मल अर्थ नेपाल, एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र, बारा तथा पर्साको जिल्ला प्रसाशन कार्यालयहरु, स्थलगत अध्ययनमा सहयोग गर्ने विभिन्न सरकारी निकाय, सूचनाहरु उपलब्ध गराइदिनु हुने सम्पूर्ण व्यक्तिहरु तथा विभागले विभिन्न समयमा दिएको जानकारीहरुलाई प्रेषित गरी सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार तथा संचार संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

महानिर्देशक
नागपोखरी, नक्साल, पो.ब.नं. ४०६, काठमाडौं, नेपाल
२०७५ चैत्र २७ बुधवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme