Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चानचुने हैन यो ब्ल्याक होलको फोटो : ४० हजार मान्छेले जिन्दगी भरी खिच्ने सेल्फी बराबरको डेटाबाट बन्यो

Posted on April 11, 2019April 11, 2019 by Salokya

आज विश्वको पूरै मिडिया यही फोटोले भरिएको छ। यसो हेर्दा सामान्य देखिए पनि यो चानचुने फोटो हैन, अति विशेष फोटो हो। पहिलो पटक वैज्ञानिकहरुले ब्ल्याक होलको फोटो खिच्न सफल भएका हुन्। यसको विशेषता सुन्दै तपाईँ छक्क पर्नुहुन्छ। युनिभर्सिटी अफ एरिजोनाका डान म्यारोनका अनुसार यो फोटो ५ पेटाबाइट डेटाबाट बनेको हो। सजिलोसँग बुझ्न ४० हजार जना मान्छेले जीवनभर खिच्ने सेल्फी बराबरको। १० लाख जिबीको एक पेटाबाइट हुन्छ।

यो ब्ल्याक होल हामीभन्दा निकै टाढाको हो। यति टाढा यति टाढा कि… साढे ५ करोड प्रकाश वर्ष टाढा पृथ्वीबाट। त्यहाँको ब्रह्माण्डलाई मेसियर ८७ नाम दिइएको छ। प्रकाश वर्ष भनेको एक वर्षमा प्रकाश (उज्यालो) कति टाढासम्म यात्रा गर्न सक्छ, त्यसको गणना हो।

एक प्रकाश वर्ष पार गर्न हामी मान्छेलाई करिब ३८ हजार वर्ष लाग्छ। भनेपछि सोचौँ न। कति टाढाको फोटो हो यो।

यो पृथ्वीभन्दा ३० लाख गुणा ठूलो छ।

कसरी बन्यो त यो फोटो ?

Dan Marrone of @UofA says in a few weeks of observing, @ehtelescope project collected approx 1000 disks, 5 petabytes of data, equivalent to “all of the selfies that 40k people will take in their lifetime.” #RealBlackHole #ehtblackhole pic.twitter.com/6A0OBNVqBn

— National Science Foundation (@NSF) April 10, 2019

विश्वभर रहेका आठ वटा टेलिस्कोपले एउटै स्रोतबाट आएका रेडियो वेभहरुलाई निरन्तर रेकर्ड गरिरहे। अब यी सबै तथ्याङ्कलाई एकै ठाउँमा राख्नुपर्‍यो। तर डेटा यति ठूलो थियो कि इन्टरनेटबाट पठाउनै सकिएन।

त्यसपछि कति ठाउँबाट विमानमा, कति ठाउँबाट ट्रकमा राखेर एक ठाउँमा तथ्याङ्कसहितको हार्डडिस्क ल्याइयो। यी रअ तथ्याङ्कहरुलाई जोडेर प्रशोधन गरियो। र अन्ततः बन्यो यो गजबको फोटो।

फोटोमा देखिएको कालो प्वाल वरपर उज्यालो ग्यास हो।

के हो त ब्ल्याक होल? यसलाई नेपालीमा के भन्ने ? कालो प्वाल? कृष्ण छिद्र? ब्ल्याक होल अन्तरिक्षको त्यस्तो क्षेत्र हो जहाँबाट केही पनि यहाँसम्म कि प्रकाशसमेत बेपत्ता हुन्छ।

Scienceeee #EHTblackhole https://t.co/LXTzWkt2uR

— e ? (@thnksfrthpncmcr) April 10, 2019

धेरैले फोटो धेरै किसिमले देखे।

कसैले डोनट रोटी जस्तो देखे-

used Photoshop's shake reduction filter on the Black Hole photo and was amazed by the result#EHTBlackHole pic.twitter.com/RLBPyuIx3T

— Paul Scott Canavan (@abigbat) April 10, 2019

हाम्रो मासको बारा पनि यस्तै देखिन्छ।

कसैले खेलसित जोडेर हेरे।

We thought the black hole looked familiar. #EHTBlackHole pic.twitter.com/FoLA5DLk8U

— Sporting News MLB (@sn_mlb) April 10, 2019

ब्ल्याक होलको फोटो सार्वजनिक हुँदै गर्दा मैले सम्झिएँ वर्षौँ अगाडिको एउटा सर्ट फिल्म। ब्ल्याक होल कयौँ वर्षदेखि यसरी नै कल्पनाको विषय भइरहेको थियो। यो सर्ट फिल्म हेर्नुस्, रोचक छ-

4 thoughts on “चानचुने हैन यो ब्ल्याक होलको फोटो : ४० हजार मान्छेले जिन्दगी भरी खिच्ने सेल्फी बराबरको डेटाबाट बन्यो”

  1. कपिल श्रेष्ठ says:
    April 15, 2019 at 2:23 am

    कविशिरोमणि लेखनाथ पौड्यालज्यु का केहि पंक्ति याद आयो

    कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो
    कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो।
    कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो
    यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।

    ब्ल्याक होल कालो, ब्ल्याक होल भन्दा हत्यारा छविलाल प्रचंडे को दिल कालो
    घिच्न नपाइ डाह ले सल्केको डाँका हत्यारा विप्लवे को मति अझ झन कालो
    सबै हत्यारा को गुरु घोर डाहाड़े हत्यारा मोहन वैद्य को नाम झन झन कालो
    यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।

    मत्ता हात्ती हलुङ्गो, विकट जलधिका ह्वेल माछो हलुङ्गो
    ओली को पानी जहाज हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो।
    शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी-पिण्ड सारा हलुङ्गो
    यो व्रह्माण्डै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो।।

    थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो
    भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो।
    फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो
    तृष्णाको तुच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो।।

    Reply
  2. बासु says:
    April 11, 2019 at 5:23 pm

    ए…मिडियाहरुले भने जस्तो फोटो लिईएको होईन रहेछ। सॅयोजन गरिएको रहेछ।
    जानकारीकोलागी धन्यवाद।

    Reply
  3. Govind says:
    April 11, 2019 at 2:33 pm

    God bless Katie Bouman
    Great achievement.

    Reply
  4. Dev Bataju says:
    April 11, 2019 at 1:00 pm

    Thank you for nice and short reporting.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme