Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : डाक्टरको आन्दोलनले ५ दिनमा वीरमा मात्र ५५ लाख घाटा !

Posted on April 10, 2019April 10, 2019 by राजेन्द्र मगर

आज चैत २७ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

पाँच दिनदेखि सरकारी चिकित्सकहरु हड्तालमा उत्रिएपछि बिरामीहरु मर्कामा परेका छन्। बिरामी जस्तै अस्पताललाई आर्थिक रुपमा घाटा लागेको छ। वीर अस्पतालको ओपिडी सेवाबाट दैनिक १० देखि ११ लाख रुपैयाँ आम्दानी हुन्छ। यही अनुपातमा हिसाब गर्दा पछिल्ला ५ दिनमा अस्पताललाई ५५ लाख घाटा लागेको छ।

दैनिक ६० को हाराहारीमा ट्रामा सेन्टरबाट बिरामीहरुले आकस्मिक सेवा लिइरहेको अस्पतालले जनाएको छ। ओपिडीको बिरामी फर्किएका कारण ट्रामा सेन्टरलाई दैनिक तीन लाख घाटा लागेको छ।

वीर र ट्रामा सेन्टरमा जस्तै आन्दोलनको असर कान्ती बाल अस्पताललाई पनि परेको छ।

दैनिक चार लाखको हाराहारीमा आर्थिक संकलन हुने यस अस्पतालको आम्दानी अहिले दैनिक १ लाख पनि कमाइ छैन। यहाँ पनि आकस्मिक बाहेक अन्य सेवा सुचारु छैन्।

कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने उनीहरुको माग छ।

स्थानीय तहमा आफूहरूलाई कनिष्ठ कर्मचारी मातहत राखिएको, अध्ययन तथा वृत्ति विकासमा अवरोध हुने खालका प्रावधानहरू राखिएकाले त्यसलाई सच्याउनु पर्ने समेत उनीहरुको माग छ।

चिकित्सकको हड्ताल : बिरामी त पीडित भए नै, अस्पतालकै पनि गुम्यो आम्दानी, ५ दिनमा वीरमा मात्र ५५ लाख घाटा भन्दै पहिलोपोस्टले लेखेको छ।

मन्त्रालयको काममा चासो नदिएको र मातहतका महाशाखाले पठाएका फाइल कार्यान्वयन नगरेको भन्दै प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिवको कार्यकक्षमा ताला लगाइदिएका छन्।

उनले सचिव लोकनाथ पौडेलको कार्यकक्षमा तालबन्दी गरिदिएका हुन् ।

केहीदिन अघिमात्र मन्त्रालय आएका सचिव पौड्याल र मन्त्रीबीच विवाद चलिरहेको थियो।

सचिवको कार्यकक्षमा मन्त्रीले लगाए ताला भन्दै अनलाइन खबरले लेखेको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओली ‘सुदर्शन’की छोरीले दिएको बन्दीप्रत्येक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

यसअघि ओलीलाई बुधबार नै सर्वोच्च उपस्थित गराइएको थियो।

गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि गराइएको बम बिस्फोटको जिम्मा लिएका विप्लव ओलीलाई चैत ९ गते प्रहरीले पक्रेको थियो।

विप्लवका मध्यकमाण्ड इन्चार्ज सुदर्शनलाई छुटाउन छोरीले दिएको रिट सर्वोच्चद्वारा खारेज भन्दै सेतोपाटीले लेखेको छ।

कर्मचारी समायोजन विधेयकविरुद्ध पाँच दिनदेखि आन्दोलनरत चिकित्सकहरुले आजबाट काम थालेका छन्। बिरामीहरुलाई मर्का परेपछि उनीहरुले आफ्नो संगठनको कागजमा अस्पताल बाहिर सेवा दिएका छन्।

बुधबार बिहान बिरामीहरु मर्कामा परेपछि प्रहरीले वीर अस्पतालमा लगाइएको ताल्चा खोलेर प्रहरीले टिकट कटाएको थियो।

पाण्डेले भने, ‘हामी सरकारी कागजातको आधारमा उपचार गर्दैनौं। बरु अस्पताल बाहिर आफ्नो संगठनको कागजात प्रयोग गरेर उपचार गरिरहेका छौँ।’

आन्दोलनरत डाक्टरबाट वीर अस्पताल बाहिरै ओपीडी सेवा सञ्चालन (फोटोफिचर ) भन्दै रातोपाटीले लेखेको छ।

जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल पक्राउ परेका छन्।

उनले मंगलबार राति एक युवतीलाई आफ्नो क्वार्टरमा बोलाएर यौन दुर्व्यवहार गरेको भनी युवतीले प्रहरीमा उजुरी दिएकि थिइन्।

दाहालले यौन दुव्र्यवहार गरेपछि क्वार्टरबाट भाग्न खोज्दा खुट्टासमेत मर्किएको युवतीले बताएकी छन्।

खानेपानी बोर्डका कार्यकारी निर्देशक यौन दुर्व्यवहारको आरोपमा पक्राउ भन्दै नेपाल खबरले लेखेको छ।

सरकारले सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान सुरु गर्ने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १ गते सो अभियानको शुभारम्भ गर्नेछन्।

अभियानमार्फत सरकारले बैंक खाता खोल्नका लागि सबै नेपालीलाई उत्प्रेरित गर्ने, सार्वजनिक सञ्चारका माध्यमबाट अभियानबारे जानकारी गराउने छ।

हरेक नेपालीको बैंक खाता खोल्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोशियसनले संस्थागत जिम्मेवारी लिनेछन्।

अब सरकारले सबै नेपालीको बैंक खाता खोलिदिने भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme