फेसबुकमा निकै चलेको एउटा जोक यस्तो छ- कुनै प्लेन हाइज्याकरले जहाज नेपालमा उतारेर माग राख्यो भने के होला?
उसका माग पुरा गराउन खरदारले टिप्पणी उठाउँछ, सुब्बाले सिफारिस गर्छ, अधिकृत २ हप्ताको घरबिदाबाट फर्केपछि बल्ल उपसचिवकोमा फाइल पेश गर्छ, उसले सहसचिवकोमा पठाउँछ, सहसचिवले सचिवलाई पठाएपछि फाइल क्यूमा बस्छ। यति गर्न थप २ हप्ता लाग्छ। सचिवले सदर गरेर मन्त्रीकोमा पठाउँछ, मन्त्रीले क्याबिनेट बैठकमा १ महिनापछि पेश गर्छ। एउटा वकिलले सर्वोच्चमा रिट हाल्छ।
क्याबिनेटले ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन आयोग गठन गर्छ, त्यसको म्याद फेरि १ महिना थपिन्छ । ४ महिनापछि क्याबिनेटबाट संसदीय समितिमा पेश हुदा बाझाबाझ गर्दा २ महिना बित्छ। हाइज्याकर हैरान भएर सरेन्डर गर्छु भन्छ। सरेन्डर गर्न मिल्छ मिल्दैन भनेर फेरि खरदारले टिप्पणी उठाउन शुरु गर्छ र उही प्रकृया दोहोरिंदासम्म हाइज्याकरको हर्ट अट्याक भएर जहाजभित्रै मृत्युु हुन्छ। मान्छे नै मरिसकेको हुँदा निर्णय गरिरहन नपर्ने भन्दै सर्वोच्चले १० महिनापछि फैसला गर्छ।
यस्तै जोकसँग मिल्दोजुल्दो एउटा फैसला भएको छ हालै सर्वोच्च अदालतबाट।
गैँडाको खाग तस्करीको मुद्दामा ६ वर्षदेखि जेलमा रहेका ७५ वर्षीय पेम्बा गुरुङले आफू क्यान्सर रोगी रहेको र ७५ वर्षको भइसकेकोले थुनामुक्त गर्न २०७५ असोज २३ गते सर्वोच्चमा रिट हालेका थिए। ज्येष्ठ नागरिक सम्बन्धी ऐनमा ७५ वर्ष उमेर पुगेका व्यक्तिलाई ७५ प्रतिशतसम्म कैद छुट हुनसक्ने प्रावधान छ। त्यही सुविधा अनुसार आफूलाई थुनामुक्त गरिनुपर्ने गुरुङको दाबी थियो।
त्यसको फैसला सर्वोच्च अदालतले माघ १ गते बल्ल गर्यो। त्यतिन्जेल मुद्दा हाल्ने पेम्बाको मृत्यु भइसकेको थियो।
त्यसैले फैसलामा भनिएको छ-
झण्डै झण्डै जोकमै जस्तो मान्छे नै मरिसकेको हुँदा निर्णय गरिरहन नपर्ने भन्दै फैसला भएको छ। तर जोकमा नभएको अर्को कुरा पनि सर्वोच्चको आदेशमा छ। चैत १८ गते बल्ल यो फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। त्यसमा जेष्ठ नागरिकलाई सजाय छुट दिने अधिकारी को हो तत्काल किटान गर्न र छुट कति दिने भन्ने आधारसमेत निर्धारण गर्न आवश्यक नियम/कार्यविधि तत्काल बनाउन गृह
मन्त्रालयको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
त्यसैगरी आदेश प्राप्त भएको १५ दिनभित्र ७५ वर्ष पुगेका कैदीहरुको उमेर अनुसारको सजाय प्रतिशत छुट र कसूरको सूची तयार पार्न कारागार व्यवस्थापन विभाग र उच्च अदालत
र जिल्ला अदालतलाई पनि कारागार निरीक्षण गरी उमेर हद, शारीरिक एवं मानसिक अवस्था तथा कसूरको प्रकृतिलाई हेरी तत्कालै छोड्न आदेश दिनुपर्ने लागेमा आवश्यक निर्णय लिन पनि आदेश जारी गरेको छ।
सत्तामा पहुँच-प्रभाव भयकाहरु बात हुने बात आयातित हतियार समेत प्रयोग गरेर आम नागरिक लुट्ने मार्ने देखि रास्ट्रको सम्पति र बिकाशको पूर्वाधारहरु समेत नस्ट गरेको होईन देस समेत टुक्राउने अपराध गर्दै आयकै छ/ तेस्ता माथि:
०१. उनीहरुले गरेको अपराध अनुसार कार्यवाही नै हुँदैन/
०२. कागतालिमा परेर कार्यवाही गरिने पर्ने अवस्था आय पनि उनीहरुले गरेको आरोप अनुसार को अभियोग नै लगाइन्दैन; त् प्रमाण र अपराध मेल नखायकोले अभियोग प्रमाणित नै हुँदैन र सजाय बात बच्छ/
०३. अदालत बात सजाय गरि हाले पनि देसमा सुशासन; कानुनि राज र कसै माथि भेद भाव हुन् नदिने कसम खानेहरुले तिनीहरुको सजाय माफ गरि हाल्छ/
०४. अपराधले कानुनलाई जगाउन खोजे प्रभावशालीहरुको निन्द्रा खलबलिने भयकोले न्याय खोज्नेलाई मिलापत्र नामको लागु प्रदार्थ घिच्च्यायर बेहोस बनाईन्छ/
०५. सत्ताको समर्थन गरेमा राजनैतिक पहुँच भयकाहरु बात हुने अपराध अपराध नहुने/
०६. अघोसित रुपमा कानुन आम नागरिक माथि मात्रै लागु हुने अबस्था/
ई कुराहरु पनि त् जोकनै हुन्
अब मित्रहरु लाई अदालत भित्रै मैले गरेको हिंसक जोक को बारेमा भन्छु/ कुरा २०२६/२७ साल तिरको हो/ पाटन अदालतमा हाम्रो जग्गा क्याप्चर गर्ने तिन दाजु भाइहरु; यक जना पाटन को पुलिश थानेदार, अर्को टोलिया गुण्डा अर्को ओकिल सिट मुद्दा चलिरहेको थियो/ त्यो मुद्दामा हाम्रो तारेख लिने जिम्मा नेपाल बायु सेवा निगमको पुर्व कार्यकारिणी हरिभक्तको बुबा लछमी भक्त ज्युले लिनु भयको थियो/ उहा मेरो बुबाको अत्यन्त मिल्ने साथि थियो/ उहालाई ती ३ पहुँचवाला दाइभैइले तारिख लिन गई रहेको बेला निर्घात पिटे/ तेसपछी हाम्रो तारेख लिन म जान थाले/ पेसी भनिने मुद्दाको फैसला हुने तारेख लिन जाँदा ती तिन भाइहरुले पाटन अदालतको बिचारिलाई उनीहरु पट्टि मिलायको रहेछ/ पेसीको तारेख लिन म दसैँ बजे अदालत पुगेको थिय/ तर त्यो बिचारिले मलाई पर्ख पर्ख भन्दै पौने पांच बजे सम्म पनि तारेख दिंदै दियन र भने “तैले त् दस बजेनै तारेख लिनु पर्ने लिईनस तेसैले तेरो तारेख गुज्रियो” भने/ मैले कुरा बुझी हाले/ म त्यो दिन फर्के पनि दारेख गुज्रिने र मुद्दा हार्ने; उसित कुरा गरे पनि पाँच बज्ने र अदालत बन्द हुने/ त मैले उसको अगाडी रहेको मोटो भारि किताव उठायर उसको टाउकोमा यसरि हाने कि उसको नाक मेचमा बजारियर नाक फुटेर रगत भल्भल्ति बग्न थाल्यो/ पाटन अदालतमा ठुलै हङ्गामा भयो/ मलाई समायर पाटन अस्पतालको न्यायधिस श्रे प्रेम प्रसाद शर्मा ज्यु को इजलासमा पुर्यायो/ न्यायधिसलाई “किन?…” भनेर सोधेको प्रश्नको उतरमा “अदालतमै अन्यायगरेर न्याय नदिने घटनालाई सार्वजनिक गर्ने यो तरिका बाहेक मैले अर्को तरिका देखिन तेसैले ..गरेको भन्दै प्रहरी बोलायर म माथि कार्यवाही गराउन अनुरोध गरे/ तव न्यायधिसले मलाई “कसरि?” भनेर अर्को प्रष गरेको बेला मैले उहालाई मैले दस बजे देखेको र देख्नासाथ मैले नमस्कार गरेको याद छ? भनेर सोधे/ उहाले याद छ भने/ त् मलाई त्यो बिचारिले बिहान दस बजे देखि पर्ख पर्ख भनेर पौने पांच बजे सम्म कुराउन्दै तैले अब तारेख नपाउने र मुद्दा हारने भने पछि मैले जे उचित सम्झे गरे भने/ तव न्यायधिस ले मलाई अर्को कोठामा राखेर अरु कर्मचारी हरु बात कुरा बुझे/ अनि मलाई उहाले नै तारेख दिनु भयो/ अर्को तारेख लिन जाँदा थाह भयो कि त्यो बिचारीको जागिर “चट्ट” भैसकेको रहेछ/त्यो मुद्दा हाइले जिते/
मैले यो घटना को बारेमा लेखेको कारण छ ” प्रभावशाली भयकोले अदालतको दियको सजायलाई माफी दियर अपराधीले दण्ड पाउने कुरालाई “जोक” बनाउने जस्तै बात अर्को कुनै तरिका बात न्याय पाउन सकिने रहेछ भनेर…..पनि हो/ मित्र घुस्याहा र अत्याचारिहरु “हल्ला” देखि तर्सिन्छ यो कुरा को अनुभव मैले बारम्बार गरेको छु/