Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : प्रधानमन्त्रीले किन उठाए नक्कली भ्याट विलको प्रसंग ?

Posted on April 10, 2019April 10, 2019 by राजेन्द्र मगर

आज चैत २६ गते मंगलबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) विलको प्रसंग उठाएका छन्।

व्यापारको लागि कही कतै कुनै प्रकारको हडल्स छ भने मलाई भन्नुस, सबै प्रकारको हडल्स हटाउँछौं, व्यापारलाई सहयोग गर्छौँ, तर भ्याट बिल जनताले तिर्छ, कारोबार नक्कली हुन्छ, डुब्लिेकेट भ्याट, बिल भन्दै प्रधानमन्त्री ओली बोलेका थिए।

नेपाल उद्योग परिसंघको १६औं बार्षिक साधारणसभामा उनले भ्याट बिलको प्रसंग उठाएका हुन्।

प्रधानमन्त्रीले किन उठाए नक्कली भ्याट विलको प्रसंग ? भन्दै शिलापत्रले लेखेको छ।

प्रेसको सुरक्षा भनेको मालिकको मात्र नभई कार्यरत मजदुरको पनि सुरक्षा भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्।

मन्त्री बाँस्कोटाले श्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातीलाई ज्वरो आउने बताए।

सरकारले सञ्चारगृहलाई त्यहाँ कार्यरत मजदूरलाई तोकिएको पारिश्रमिक देऊ भनेर घोषणा गरेको निर्णयमा कुनै पुनःविचार नहुने उनले बताए।

उनले भने, ‘जसले जहाँ रगत बगाउँछ, पसिना चुहाउँछ, त्यहीँबाट निस्कँदा उसले आँशु चुहाउँदै बाहिरिनुपर्ने अवस्थाको अन्त्य हुन जरुरी छ।’

श्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातीलाई ज्वरो आउँछ: मन्त्री बाँस्कोटा भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

व्यापारी सुवास श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच पुरा गरेपछिको स्थानमा सञ्चालन गरिरहेको बार बन्दगर्ने निर्णय गरेको छ। श्रेष्ठ अवैध विदेशी मुद्रा तस्करीको आरोपमा थुनामा रहेका छन्।

सम्झौता बिपरित सुवासले सञ्चालन गरेको बारबाट गैरकानूनी कार्य गरेको भन्दै शिलबन्दीको निर्णय गरेको हो।

श्रेष्ठले होटल स्वनिगका नामले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग ठेक्का सम्झौता गरेको कफि स्टल एण्ड स्न्याक बार शिलबन्दीको निर्णय भएको हो। बार प्रस्थान कक्षकै पहिलो तलामा संचालित छ।

तस्करीमा मुछिएका सुवासको बारमा सरकारकाे शिलबन्दी भन्दै नेपाल खबरले लेखेको छ।

नेकपा पार्टीभित्रका असन्तुष्ट नेता फकाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दहाल प्रचण्डले आइतबार बिहान मात्रै सचिवालय सदस्य वामदेव गौतमलाई बालुवाटार बोलाए।

नेता गौतमले साङ्गठनिक एकीकरणको गृहकार्यमा माधव नेपाललाई पनि सँगै राख्न अध्यक्षद्वलाई सुझाव दिए।

त्यसबाहेक नेता गौतमले स्पष्ट मापदण्ड बनाएर एकीकरण टुङ्ग्याउनुपर्ने सुझाव दिएको बताए ।

गौतमले भने, ‘माथिल्लो तहका नेताहरुले यो व्यक्ति वा त्यो व्यक्ति भन्नुभन्दा पनि मापदण्डभित्र जो पर्छ त्यही हुन्छ । त्यो मापदण्डमा छिर्ने जति आउँछन्, छिर्न नसक्ने कमिटीमा अट्दैनन्।मापदण्ड तय गरेपछि हामीलाई एकीकरण गर्न कुनै समस्या हुँदैन।’

‘फकाउन’ बालुवाटार डाकिएका बामदेव माधव नेपालको पक्षमा उभिए ! भन्दै रातोपाटीले लेखेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र लिङ्देनलाई फोन मार्फत् फिरौती तथा मार्ने धम्की दिनेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।

पक्राउ परेका पराजुली म्यानपावरमा एजेन्टका रुपमा काम गर्दै आएका थिए। उनले सांसद लिङदेनलाई ८ पटकभन्दा बढी फोन गरेर रकम नदिए मार्ने धम्की दिएको अनुसन्धानमा खुलेको छ।

झापाका तिलकदास पराजुलीलाई प्रहरीले पक्रेको हो।

८ पटकसम्म फोनबाटै सांसद लिङ्देन मार्ने धम्की, समातिएका व्यक्ति म्यानपावर एजेन्ट भन्दै पहिलोपोस्टले लेखेको छ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उक्त पार्टीका विराटनगर नगर अध्यक्ष छानिएका छन्।

उपेन्द्रको प्रभाव क्षेत्र विराटनगरमा भएको नगर अधिवेशनबाट अमरेन्द्र जिल्ला अध्यक्ष चुनिएका हुन्।

चैत २३ गते राति भएको चुनावमा उनले प्रतिद्वन्द्वी उम्मेदवार मो. समिम कमरलाई २२ मतले हराएका हुन्। अमरेन्द्रले ११२ मत ल्याए भने कमरले ९०मत पाए।

उपेन्द्र यादवका छोरा बने फोरमका विराटनगर अध्यक्ष भन्दै सेतोपाटीले लेखेको छ।

कांग्रेस नेता कृष्ण सिटौला सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच भागवण्डा सुरु भएपछि असन्तुष्ट देखिएका छन्।

उनी कांग्रेसमा तेस्रो धार बन्ने प्रयासमा रहेका थिए। सभापतिले बोलाएको शीर्ष नेताहरुको बैठकमा समेत नगाएका सिटौला मंगलबार एक सार्वजनिक कार्यक्रममा उपस्थित मात्र भएनन्, नेतृत्वमाथि खनिए।

उनले आम चुनावमा व्यहोरको हारदेखि अहिलेसम्म पार्टी नेतृत्वको भूमिकाबारे खरो टिप्पणी गरे ।

देश कम्युनिस्टहरुको कब्जामा रहेको भन्दै उनले पार्टी कब्जा गर्न छाडेर जनतामा जाने र पार्टीलाई गति दिने कार्यक्रम ल्याउन पार्टी सभापति देउवालाई आग्रह गरे ।

पार्टीभित्र एकता नभएको र यसले आम कार्यकर्ता शुभेच्छुक बिचलित अवस्थामा रहेको उनले बताए।

सेफ्टी ट्यांकी सफा गर्ने क्रममा बाँकेको कोहलपुरमा निस्सासिएर दुई जनाको मृत्यु भएको छ।

सेफ्टी ट्यांकी सफा गर्ने क्रममा रझेनाका कुमार थारु र चेतराम थारुको मृत्यु भएको हो।

सेफ्टी ट्यांकी सफा गर्न भित्र पसेका थारुद्वय लामो समयसम्म बाहिर नआएपछि हेर्दा मृत्यु भएको पाइएको इलाका प्रहरी कार्याल, कोहलपुरका प्रवक्ता मानबहादुर विसीले बताए।

सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निस्सासिएर दुईको मृत्यु भन्द देशसञ्चारले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme