आज चैत २५ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-
वर्तमान सरकारले एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दाबी गरेका छन्।
उनले सरकाले ऐतिहासिक काम गरेको बताउँदै भने, ‘तीन तहका सरकार निर्माण भएका छन्। तिनीहरुको लागि बजेट, साधनस्रोत, कर्मचारी र कार्यालयको व्यवस्थापन गर्यौं । योजनाहरु बाँडफाँड गरेका छौं।’
सरकारले कसैले गर्न नसकेको काम गरेर इतिहास रच्यो: मन्त्री महासेठ भन्दै काठमाण्डु प्रेसले लेखेको छ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तर्गत विश्व बैंकको सहयोगमा सञ्चालित भएका ६ वटा आयोजनाहरुको ८ महिनाको प्रगति विवरण ज्यादै कमजोर देखिएको छ।
व्यवसायिक कृषि तथा व्यापार आयोजनाले ८ महिनाको अवधीमा ७ करोड रुपैयाँ खर्च गरेर प्रगति नगन्य मात्रामा देखाएका छन्। जसको बजेट २५ करोड रुपैयाँ रहेको छ।
विश्व बैंकको सहयोगमा सञ्चालित कृषिका ६ आयोजनाको प्रगति ‘लाजमर्दो’ भन्दै नेपालखबरले लेखेको छ।
कर्मचारी समायोजन विधेयक विरुद्द आन्दोलन गरिरहेका सरकारी चिकित्सकहरुलाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलन जारी राखेको खण्डमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ र अन्य प्रचलित कानून अनुसार कारवाही गर्न मन्त्रालय बाध्य हुने उल्लेख गरेको छ।
आन्दोलनरत सरकारी चिकित्सकलाई कारबाही गर्ने सरकारको चेतावनी भन्दै रातोपाटीले लेखेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा अनाधिकृतरुपमा विद्युतभार कटौती गर्नेहरु पुनःसल्बलाएको बताएका छन्।
उपभोक्तालाई सहज रुपमा विद्युत सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उनले हुँदै नभएका विषयमा अफवाह फैलाएको बताएका छन्। उनले प्राधिकरणको नेतृत्वलाई असफल बनाउने सोच कोही कसैले राखेको भए त्यो पूरा हुन नदिने बताए।
भने, ‘प्राधिकरण प्रणालीमा चल्छ, विगतमा जस्तो कमाइ खाने भाँडो बनाउन दिइँदैन, यो नेपाली जनताको सम्पत्ति हो, यसको आफ्नै पदसोपान रहेको छ, त्यसविरुद्ध जाने जो कोहीलाई पनि कारवाही हुन्छ, आधिकारिक ट्रेड युनियनका नाममा गलत गर्दै हिँड्ने माथि स्पष्टीकरण सोधिएको छ, त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइन्छ।’
लोडसेडिङ गराउन खोज्नेहरु फेरि सक्रिय भएः कुलमान भन्दै शिलापत्रले लेखेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ वर्षभन्दा बढी समयदेखि निरन्तर ब्यागेज लेमिनेसनको ठेक्का पाउँदै आएका सुवास श्रेष्ठ श्रीमती, छोराछोरीसहित थाइल्यान्ड जान लाग्दा २८ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित पक्राउ परे।
उनी प्रकाउ परेपछि शुक्रबार नेकपा, गृह प्रशासन, नागरिक उड्डयन एवं प्रहरी अधिकारीबीच हल्लीखल्ली मच्चियो।
शुक्रबार त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानका सबै प्रक्रिया पूरा गरी श्रेष्ठ परिवार गेट नम्बर ५ मा पुगेका थिए। उनी त्यहीँबाट बाट पक्राउ परे।
विमानस्थल भित्र उनका चार व्यवसाय सञ्चालित छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले आइतबारदेखि अनुसन्धान अधिकृत तोकेर श्रेष्ठको विस्तृत अनुसन्धान थालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै मातहत रहेको विभागले उनैबाट कुनै बेला सम्मानित श्रेष्ठको निष्पक्ष अनुसन्धान कसरी गर्छ? यो विषय पेचिलो बनेको छ।
विमानस्थलमा तस्कर पक्राउ पर्दा सिंहदरबारमा खैलाबैला भन्दै नेपाल खबरले लेखेको छ।
कांग्रेसलाई गिरोहले चलाएको कांग्रेस महामन्त्री डा शेखर कोइरालाले टिप्पणी गरेका छन्।
आगामी चौधौं महाधिवेशन समयमै नगर्ने हो भने कांग्रेस अझ कमजोर हुने उनको दाबी छ।
गुट र उपगुटमा विभाजित कांग्रेसलाई एकढिक्का बनाउदै अघि बढ्ने नेतृत्व आगामी महाधिवेशनबाट चयन हुन सके मात्रै कांग्रेस, मुलुक र संघीयता बलियो हुने उनको जिकिर छ।
कोइरालाले भने, ‘कांग्रेसका नेता/कार्यकर्तामा व्यक्तिवादी चरित्र जातियता र साम्प्रदायिकता बढ्दै गएको छ। यसले कसैको भलो हुने छैन।’
कांग्रेस पार्टी गिरोहले चलाइरहेको छ : डा शेखर कोइराला भन्दै नेपाल लाइभले लेखेको छ।
‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएको थाहा लागेपछि पूर्वसांसद गायत्री साहले बच्चा अस्पतालमै छोडेकी छिन्।
अस्पतालको लापरबाहीले तशारीरिक विकास कम हुने बच्चा जन्मिएको भन्दै एनआइसियुमा लामो समय उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन्।
उनले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छिन्। गर्भवतीलगत्तै उनले मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरेकी थिइन्।
तीन र पाँच महिनामा बच्चाको शारीरिक परीक्षण गर्दा केही तर, जन्मेपछि यस्तो बच्चा आएपछि अस्पतालको जिम्मामा बच्चा छोडेको उनले बताएकी छिन्।
अस्पतालले भने लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ। बच्चा अहिले अस्पतालमै उपचाररत छन्।
‘डाउन सिन्ड्रोम’ भएको थाहा पाएपछि पूर्वसांसद साहले अस्पतालमै छोडिन् आफ्नो बच्चा भन्दै सेतोपाटीले लेखेको छ।
न्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको गरेको परिपत्र तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
वैशाख ३ सम्म उक्त परिपत्र कार्यान्वयन नगर्न पनि अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो।
गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट गत मंगलबार सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो।
नागरिकताबारे गृहको परिपत्र तत्काल यथास्थितिमा राख्न सर्वोच्चको आदेश, दुबै पक्षलाई छलफलमा झिकाइयो भन्दै पहिलोपोस्टले लेखेको छ।
अंगीकृत नागरिकलाई वंशजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।
संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले प्रमुख जिल्ला अधिकारीमार्फत विदेशीलाई नागरिकता बाँड्ने काम गर्न खोजेको उनको आरोप छ।
विदेशीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, सेनापति बनाउने गरी अंगीकृत नागरिकलाई जन्मको आधारमा नागरिकता बाँड्ने षड्यन्त्रबिरुद्व खबरदारी गर्नुपर्ने उनले बताए।
नागरिकता विधेयक खारेज गर : चित्रबहादुर केसी भन्दै अनलाईन खबरले लेखेको छ।
(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)
पहिलो बच्चा हुँदा खेरिनै आफु बात जन्मिने बच्चा निको नहुने रोगि हुने थाह हुँदा हुँदै फेरी पनि पेट बोक्ने अनि जन्मेको बच्चालाई तेही रोग लागेको थाह भय पछि बच्चालाई अस्पतालमा छोदेनेलाई पुर्व सांसद भनेर सांसदहरुको बेईज्जत र अवमुल्यन गर्नु भन्दा तेस्लाई त् भर्खरै क्रुर पोथी भन्नुनै उचित हुन्छ/ उसलाई त् जन्मायको बच्चालाई लावारिस छोडेको आरोपमा जेल कोच्नु पर्छ र बच्चालाई अस्पतालको जिम्मा भनेर छोडेर गयाकोमा त्यो बच्चालाइ उसले घर नलागे सम्म जत्ति खर्छ लाग्छ त्यो उ बाटै तिराउनु पर्छ/
आफुले जन्मायको बच्चाको त् जिम्मेवारी नलिने आफ्नो कमजोरीको लागि अरुलाई जिम्मेवार बनाउने तेस्तिलाई देस र नागरिक प्रति जिम्मेवार हुने सांसद बनाउने पार्टी पनि खै कस्तो पार्टी होला?