Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

करोडपतिको प्रश्न : डाइरेक्टर, प्रोड्युसर त झुक्किए, सहभागीको के कुरा ! चारै अप्सन गलत

Posted on April 8, 2019April 8, 2019 by Salokya

हु वान्टस टु बी अ मिलिनियरको नेपाली फ्रेन्चाइज शो को बन्छ करोडपतिको आइतबारको शोमा एउटा त्यस्तो प्रश्न आयो, जसमा दिइएका चारै अप्सन गलत थिए। मिलिनियरको इतिहासमै यस्तो भएको थिएन होला। प्रश्न थियो- हवाइजहाज राख्ने ठाउँलाई के भनिन्छ? नेपालीमा प्रश्नका जवाफका विकल्पहरुमध्ये एक सही भए पनि खासमा त्यो अङ्ग्रेजी शब्द थियो र अङ्ग्रेजीमा लेखिएका विकल्पहरु मध्ये कुनै पनि सही थिएनन्। 

सम्पदा न्यौपाने १० हजारको प्रश्नमा थिइन्। यो प्रश्नको सही जवाफ मिलाएको भए उनले कम्तिमा १० हजार रुपैयाँ पाउँथिन्।

तर सञ्चालक राजेश हमालको प्रश्नमा Hanger भनेको लुगा झुण्ड्याउने ठाउँ हो भनिन् उनले। ५०-५० लाइफलाइन चलाइन्। त्यसमा Ground र Underground हट्यो। बाँकी रह्यो Hanger र Grovel

उनले Grovel भनिन्, जवाफ गलत भयो।

Hanger मा उनी झुक्किइन्। सहभागीको के कुरा, डाइरेक्टर र प्रोड्युसर त झुक्किए। खासमा हवाइजहाज राख्ने ठाउँलाई Hanger हैन Hangar भनिन्छ। Hanger त लुगा झुण्ड्याउनेलाई नै भनिन्छ।

डाइरेक्टर र प्रोड्युसर झुक्किएका हुन् कि १० हजार रुपैयाँ पनि नजितोस्, पैसा बचत हुन्छ भनेर झुक्याउने ट्रिक लगाएका हुन् उनीहरुले?

यस्तो  सिल्ली मिस्टेक गरेपछि  शंका त गर्न पाइयो नि।

15 thoughts on “करोडपतिको प्रश्न : डाइरेक्टर, प्रोड्युसर त झुक्किए, सहभागीको के कुरा ! चारै अप्सन गलत”

  1. Pingback: फेरि चिप्लियो को बन्छ करोडपति « Mysansar
  2. Shankar says:
    April 13, 2019 at 12:20 pm

    त्रुटि भएकै हो , तेत्रो टि बि मा देखाइने कार्यक्रम | करोड पति – इण्डिया को कपि गरिएको कार्यक्रम |
    स्ट्याल उताकै कपि | उताको सुपरस्टार , एताको पनि सुपर स्टार |
    एताको सुपर स्टार ह्याङ्गर को स्पेलिंग न जान्ने परेछ के गर्ने ?
    इन्डियन मिडिया हरु ले खिसी गर्ने ठाउ पाए | सायद टि बि ले न्युज मै देखाई सक्यो कि |

    Reply
  3. Cp says:
    April 11, 2019 at 1:00 pm

    हंगेर आगन्तुक शब्द हो. नेपाली मा पनि हंगेर भन्छन, अंग्रेजी मा पनि हंगेर नै भन्छन

    Reply
  4. Khagendra Prasad Sitoula says:
    April 10, 2019 at 11:52 am

    बहस गर्न मिल्छ तर अप्सनमा स्पेलिंग गलत भएकोले नामिलाको भन्न अलि नामिल्लाकी!

    Reply
    1. Salokya says:
      April 10, 2019 at 12:16 pm

      सामान्य स्पेलिङमा गलत मात्रै नठान्नुस् न। स्पेलिङ गलत हुँदा अर्थ नै फरक भएको केस हो यो।
      Hangar को अर्थ अर्कै
      Hanger को अर्थ अर्कै हो के।

      Reply
  5. prithvi says:
    April 9, 2019 at 6:46 am

    अंग्रेजी भासा को स्पेलिंग सिस्टम संसार को सबै भन्दा उल्लु चिज हो ! त्यो ह्याङ्गर भन्ने शब्द यौटै भएपनि स्पेलिंग दुइटा भएकाले अर्थ पनि दुइटा हुन गयो ! यसमा समस्या भासाकै हो ! अंग्रेजी भासा कस्तो पाङ्ग्रे भासा ! येति कुरा त नेपालि भाषाको धेरै राम्रो !

    Reply
  6. PrakashEDM_CAN says:
    April 8, 2019 at 10:42 pm

    Hangar = Germanic origin, from haimgard (haim (home)+ gard (“yard”)).

    Reply
  7. Khagendra Prasad Sitoula says:
    April 8, 2019 at 5:34 pm

    अप्सन नेपालीमा पनि थियो नेपालि मा हेन्गर लेखेकै थियो/ मेरो बुझाइ अप्सन हरु ठिकै नै थिए अब स्पेलिंग हेर्न थाल्यो भने त धेरै कुरा फरक पर्ला कि! अनि प्रतियोगी लाइ येदि थाह थियो भने यो गलत छ भनेर भन्न पाइन्थियो सायद/ समग्रमा प्रश्न हरु चाहि सारै अनुपयुक्त सोधे जस्तो लाग्छ प्राय सबै श्रीन्खालामा येत्रो ठुलो प्लेटफर्म मा प्रश्नको स्तर अलि नभएकै हो कि!

    Reply
    1. Salokya says:
      April 10, 2019 at 12:47 am

      जब शब्द नै अङ्ग्रेजी हो भने नेपालीमा जे लेखे पनि के भो र। मूल शब्द नै सही हुनुपरेन र ?

      Reply
  8. kundan says:
    April 8, 2019 at 2:45 pm

    she should get another chance..what a shame

    Reply
  9. Das says:
    April 8, 2019 at 12:29 pm

    चार वोटा उत्तर नै गल्ति राजेश पनि लडू रहे छ ..

    Reply
  10. amrit says:
    April 8, 2019 at 11:25 am

    सालोक्य जी को typing mistake र गेम को typing मिस्ताके लै compare गर्न मिलेन नि.
    typing mistake in game cost some one crore rupees.
    Its shameful that such a big franchise comes with silly mistake.
    feel sorry for that poor contestant.

    Salokya…. i like your cool reply “निद्राको सुरमा टाइप गर्दा बिग्रेछ। मिलाइयो”. 🙂

    Reply
  11. Pravin says:
    April 8, 2019 at 3:26 am

    If you are commenting about ‘Hanger’ and ‘Hangar’, you should also make sure you don’t make any typos in your post. There was ‘Underground’ option not ‘Unerground’ as you have mentioned in your post.

    Reply
    1. Salokya says:
      April 8, 2019 at 11:12 am

      🙂 निद्राको सुरमा टाइप गर्दा बिग्रेछ। मिलाइयो

      Reply
  12. Mahendra Gorkhali says:
    April 8, 2019 at 1:49 am

    तेसैले बच्चा देखि नै इंडियाको राम्रो अंग्रेजी माध्यमको स्कूलमा पढाउनु पर्छ; हजुरकै पनि unerground भएछ underground शब्द, तर यो टंकन त्रुटी हुनु पर्छ | धन्यवाद |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme