Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समाचारको खण्डन विज्ञापनमा छापेको भन्दै पर्‍यो उजुरी, आफ्नै समाचारको खण्डन छाप्ने कान्तिपुरले के गर्ला?

Posted on April 7, 2019April 7, 2019 by Salokya


चैत २० गतेको कान्तिपुरमा उसले छापेका समाचारका तथ्यहरुमा नै चुनौति दिँदै तीन वटा पेजमा तारागाउँ रिजेन्सीका विज्ञापन छापिएको थियो। (हेर्नुस् पुरानो ब्लग यहाँ क्लिक गरी) आफ्नो समाचारलाई नै खण्डन गर्ने गरी दिइएको चुनौतिको विज्ञापन छापे पनि कान्तिपुरले आफ्नो समाचार यसकारण सही छ भनेर अहिलेसम्म सम्पादकीय टिप्पणी लेखेको देखिएको छैन। न त्यसमा दिइएका तथ्यगत त्रुटिको दावी यसकारण गलत हो, हामी सही छौँ भनेर नै लेखिएको छ।

बरु विज्ञापन छाप्ने मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ। यो प्रकरणमा फलोअप गरिरहेको नेपालखबरका अनुसार राजु शर्मा ढकालले समाचारको खण्डन सामग्री विज्ञापनको रुपमा प्रकाशन गर्दा पत्रकार आचारसंहिता २०७३ को ठाडो उल्लंघन भएको भन्दै काउन्सिलमा उजुरी दर्ता गराएका हुन्।

पत्रकार आचार संहिता २०७३ को पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने दफाको ८ नम्बरमा स्पष्ट लेखिएको छ-

विज्ञापन मार्फत् समाचारको खण्डन गर्नुहुँदैन भन्ने प्रावधान विपरीत तारागाउँ रिजेन्सी होटलले तीन तीन पेजमा विज्ञापन दिएर गर्न खोजेको एउटै काम प्रकाशित समाचारको खण्डन नै हो। विज्ञापन कान्तिपुरमा मात्र हैन, सबैजसो राष्ट्रिय दैनिकहरुमा प्रकाशित थियो।

अरु मिडियाले त बच्नलाई विज्ञापन हो, कम्पनीले सत्य तथ्य जानकारी विज्ञापनको शीर्षकमा लेखेको भएर छापेको भन्लान्। तर कान्तिपुरले चाहिँ के भनेर जवाफ दिने हो? किनभने त्यो विज्ञापनमा त कान्तिपुरकै समाचारका लाइन बाइ लाइन कोट गर्दै तथ्य गलत भएको भन्दै चुनौति दिइएको छ। प्रेस काउन्सिललाई जे भनेर जवाफ लेखे पनि आफ्नै समाचारको खण्डन छाप्ने तर समाचार सही हो भनेर जिम्मेवारी नलिने भनेर पाठकले नैतिकताको प्रश्न त उठाइहाल्लान्।

कस्तो थियो विज्ञापन? लिङ्कका लागि तलको ब्लग शीर्षकमा क्लिक गर्नुस्।

हैट यो के देख्नुपर्‍यो : कान्तिपुरको समाचारको तथ्यगत चुनौति विज्ञापनमा छापियो तर छाप्‍ने मिडिया मौन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme