Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : आवश्यक परे फेरि हतियार उठाउने मोहन वैद्यको उद्घोषदेखि सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने

Posted on April 7, 2019April 7, 2019 by राजेन्द्र मगर

आज चैत २४ गते आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- 

नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन्।

उनले भने, ‘हामी मिल्यौ भने यो व्यवस्था ढाल्न सकिन्छ। आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ। उनीहरु (शासक)ले बन्दुक राख्न पाउने जनताले राख्न नपाउने भन्ने हुन्छ? आवश्यक परे जनआन्दोन, जनविद्रोह र सशस्त्र विद्रोहका लागि तयार हुनुपर्छ।’

आवश्यक परे फेरि हतियार उठाउने मोहन वैद्यको उद्घोष, ‘शासकले बन्दुक राख्न पाउने, जनताले किन नपाउने?’ भन्दै पहिलोपोस्टले लेखेको छ।

जन्मसिद्धका आधारमा नागरिकता लिएका आमाबुबाको सन्तानलाई बंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले पत्राचार गरेपछि मोरङको जिल्ला प्रशासन कार्यालयमा यस्तो नागरिकता बनाउन आउनेको भीड लागेको छ।

नागरिकता बनाउने सेवाग्राहीको भीड बढेपछि शुक्रबार दिउँसो प्रशासन कार्यालयले प्रवेशद्वार नै बन्द गर्‍यो। भीड नियन्त्रण गर्न प्रशासन कार्यालयले आइतबारदेखि टोकन प्रणाली सुरु गरेकोबारे देशसञ्चारले समाचार लेखेको छ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेस एकतावद्ध भएर अघि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्।

उनले भने, ‘म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन, कांग्रेस फेरि ठूलो पार्टी हुन्छ।’

देउवा र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु : शशांक कोइराला भन्दै सेतोपाटीले लेखेको छ।

काठमाडौंको कालिमाटी तरकारी बजारमा भारी बोक्ने एकजना भरियाको कुटपिटबाट मृत्यु भएको छ।

नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय ति ब्यक्तिको ५५ वर्षीय बोल्न नसक्ने पुरुषले कुटपिट गरेका थिए।

आपसमा झगडा हुँदा दुबै जना घाइते भएकाले उपचारको लागि वीर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। कुटपिटमा संलग्न घाइतेलाई उपचार पश्चात् महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

कुटपिटबाट तरकारी बोक्ने भरियाको मृत्यु भन्दै नेपालखबरले लेखेको छ।

बाँकेको सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु लागु औषधी कोरेक्स खान सीमावर्ती भारतीय शहर रुपैडिहा जाने गरेको पाइएको छ ।

गाउँपालिकाका इन्जिनियर, अदालतका कर्मचारीहरु लागु औषधी कोरेक्स खान रुपैडिहा जाने गरेको पाइएको हो।

लागु औषध खान सरकारी कर्मचारी भारततिर भन्दै देशसञ्चारले लेखेको छ।

काठमाडौं महानगरपालिका नगरसभाले महानगरभित्रका रूटमा चल्दै आएका सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने निर्णय गरेको छ । १५ दिनभित्र राजपत्रमा प्रकाशित भएपछि यो निर्णय कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।

सबै सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले प्रशस्त न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “आजको खबर : आवश्यक परे फेरि हतियार उठाउने मोहन वैद्यको उद्घोषदेखि सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने”

  1. madan bajracharya says:
    April 8, 2019 at 7:20 am

    चोर डाका ज्यानमारा आदि अपराधीहरु पनि नागरिकनै हुन्छन/ त् मोहन बैद्यले सरकारलाई इंगित गर्दै उनीहरुले बन्दुक बम बोक्न पाउने नागरिकले किन राख्न नपाउने भनेर प्रश्न गरेर कस्तो खालको नागरिकले पनि सरकारले जस्तै बन्दुक बम बोक्न पाउनु पर्छ भनेको हो? यदि मोहन बैद्यले नागरिक भन्न खोजेको उनीहरु जस्तै मात्रै हुन् भने उसले निम्न प्रशहरुको जवाफ दिनु पर्छ:

    ०१. आम नागरिक र मोहन बैद्य बिप्लव र प्रचंद्र आदि भन्दा आम नागरिक के कुरामा फरक छन्?
    ०२. मोहन बैद्य बिप्लवहरुले जस्तै आम नागरिकहरुले पनि चन्दा माग्न पाउनु पर्छ बा पर्दैन?
    ०३. नागरिकहरु नै कुनै पनि राजनैतिक शिद्धान्त र कुनै पनि प्रकारको ” बाद” को केन्द्र बिन्दु मात्रै होईन आधारनै हुन्/ त् मोहन बैद्य बिप्लव आदिले राजनीतिको नाममा आम नागरिक समेत प्रभावित आहात हुने कार्यहरु गर्दै आयको छ आम नागरिकहरुले मोहन बैद्य बिप्लावाहरु प्रभावित र आहत हुने कार्य गर्न पाउनु पर्छ बा पर्दैन?
    ०४. के आफु नसमेटेको सरकार र व्यबस्थाको बिरोध गरेमा जो कोहि पनि आम नागरिकलाई लाग्ने कानुन नलाग्ने नेता हुने पूर्वाधार हो?
    ०५. आफुलाई नेता भन्ने मोहन बैद्य बिप्लव बात पिडित आहत भयका आम नागरिकको बिरोध को क्रममा मोहन बैद्य बिप्लव आदि पनि …..भयमा उनीहरु जस्तै कानुनि कार्यवाही मा पर्नु नपर्ने हुन्छ बा हुँदैन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme