Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घोडाजात्राको सामन्ती स्वरुप : भिआइपी कुर्सीमा, सर्वसाधारणको यस्तो बिजोग

Posted on April 7, 2019April 7, 2019 by Salokya


काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएर मनाइने घोडाजात्रा सर्वसाधारणका लागि हुँदै होइन। घोडाजात्रा त राणाकालमा बल्ल सुरु भएको हो। त्यसअघिदेखि नै उपत्यकावासी यो दिन पाहाँ चह्रे पर्व मनाउँदै आइरहेका छन्। यो पर्वका क्रममा विभिन्न दिन पारेर टुँडिखेल, असनमा रथ यात्रा गरिन्छ। गुरुमापा राक्षसलाई तर्साउन र गाडिएको जमिन माथि आउन नदिन टुँडिखेलमा एउटा घोडा दौडाउने चलन थियो। त्यसैलाई जुद्ध शमशेरले बाहिर देशको हर्स रेसिङ देखेपछि यता पनि त्यस्तै धेरै घोडा दौडाउने चलन सुरु गरे। अहिले नेपाली सेनाले यो दिन घोडा दौडबाहेक अरु तमाशा देखाउने गर्छ जसका दर्शक भिआइपी र सेनाले निम्तो दिएकाहरु मात्र हुन्छन्। भिआइपीहरु मजाले कुर्सीमा बसिरहँदा सर्वसाधारण भने बिजोग अवस्थामा टुँडिखेल बाहिरबाट यो जात्राको एक झलक हेर्न आतुर हुन्छन्।

महांकाल स्थानबाट जुन गेट नजिकैको रेलिङमा यी हातहरु देखिएका छन्,त्यहाँबाट घोडाजात्रामा देखिने केही हैन। तर पनि…


घोडाजात्रा हेरिरहेका भिआइपीहरु।

सर्वसाधारणले देख्लान् भनेर हो कि के हो पालले छोपिएको छ। तर उनीहरुलाई पालले के छेक्थ्यो, त्यति अग्लो रेलिङमा चढेर पनि उनीहरु हेर्छन्।

पुरानो बसपार्क (अचेल त बसपार्क पनि खुलामञ्चभित्र बनाइएको छ) साइडमा पैदल हिँड्न नमिल्ने गरी मानिसहरु जात्रा हेर्न इच्छुक। बस बिसौनीको छतमा र रुखमा समेत मानिसहरु चढेका देखिए।

यी मानिसहरु यति धेरै अग्ला हैनन्, केहीमा चढेर, टेकेर बल्ल हेर्ने अवसर पाएका हुन्।

सर्वसाधारणको बिजोग यहाँ देख्न सकिन्छ।

भिआइपीहरु झण्डावाला गाडीमा बसेर आउँछन्, टुँडिखेलमा कुर्सीमा बसेर जात्राको मजा लिन्छन् र गाडीमै फर्कन्छन्। उनीहरुको सवारीको लागि मोटरसाइकलहरुले एस्कर्टिङ पनि गरेको हुन्छ।  रक्षामन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको गाडीलाई  एस्कर्टिङ हुन्छ। यसका कारण सवारी रुटमा दुई तर्फी बाटो बन्द हुन्छ घोडाजात्रा हेर्न आउँदा र फर्कँदा दुवै पटक।

हेर्नुस् यो भिडियोमा विस्तृत

भिआइपीको सवारीकै कारण भयो यस्तो पनि

उता पाटनको घोडाजात्रा भने फरक हुन्छ। जनताको छोरा राजा बनेर घोडा कुदाउँछन्। सबैले हेर्न पाउँछन्। विशिष्ट अतिथिहरु कोही हुन्नन्। टुँडिखेलको भिआइपीवाला घोडाजात्रामा लाखौँ खर्च हुँदा यो जात्रा सञ्चालन गर्न भने राज्यले दुई हजार मात्रै दिन्छ। थप पढ्न यो समाचारमा क्लिक गर्नुस्। 


पाटनको घोडाजात्रा।

3 thoughts on “घोडाजात्राको सामन्ती स्वरुप : भिआइपी कुर्सीमा, सर्वसाधारणको यस्तो बिजोग”

  1. Suraj Singh Shrestha says:
    April 8, 2019 at 3:39 pm

    20 बर्ष जति अघि यी कुर्सिमा बसी रहेका हरु रुख र बार चढ़ी बिजोख तरिकाले हेर्ने हरु मध्य थिए ।

    Reply
  2. madan bajracharya says:
    April 7, 2019 at 9:51 pm

    आम नागरिकलाई प्रतिबन्ध गरेको जात्रा प्रतिबन्ध गर्नेकै (गाइ)iजात्रा हो/ इनिहरुको चालामाला हेर्दा इनिहरु श्री ३को नकल्चिहरु जस्तै देखियको छ/ श्री ३को पालाको राजा भन्दा अहिलेको रास्त्रपतिको पदीय नाम र पदमा रहने अवधिमा बाहेक अर्को के कुरामा फरक छ भनेर सायदै कसैले भन्न सक्ला/ उहिले श्री ३ बन्ने क बर्गको राना भाइहरु हुन्थे श्री ३को पालामा त्रिभुवनलाई “………” बनाउने, दरवारियाको बैठके सहमतिलाई अकाट्य संबिधान बनाउने, आफुले पाइला टेक्ने भूमिमा नागरिकलाई बन्देज लगाउने र रास्ट्रको सम्पति दरवारियालाई बख्सिस बक्सनेलाई इनिहरुले “सामन्ति तानाशाह भनेको थियो/ अब इनिहरुको त्यो कुरामा इनिहरुले इनिहरुलाईनै तुलना गरुन र भनुन हामीलाई इनिहरु “को हो”?

    पंचायत नेपालमै पलेको थियो/ पंचायत कालिन महेन्द्र बिरेन्द्रको भारत सिट नझुक्ने र आफ्नो बिकल्प खोजे राजद्रोही मानिने शासन ब्यबस्थालाई तानाशाही भन्छन इनिहरु/ अब यो कुरामा जव जव भारतको अगाडी नझुकेको राजाको नेपालमा भारतले नाकाबन्दी गरे तव तव इनिहरुले पनि राजा र राजाको ब्यबस्था बिरुद्ध संघर्ष गरेर भारतले नेपाल भारतको अगाडी नझुकेकोमा गरेको नाकाबन्दीलाई सघाउन्दै मात्रै होईन दिल्लीमा सम्झौता गरेर आफु सत्तामा आउना साथ् भारतले चाहेको तक्राउने ब्यबस्था चलाउनेलाई के भन्ने इनिहरुनै भनुन कि इनिहरु को हुन्?

    राजा नै मालिक हुने राजतन्त्रमा राजा र उसको परिवार उपस्थ्ति हुने कुनै पनि अवसरमा जनता पन्छिनु पर्थ्यो र देसमा नागरिकहरु मर्यादाक्रममा सबै भन्दा तल के भनु तुच्छनै हुन्थे र राजानै अन्तिम निर्णय कर्ता हुन्थे/ तर नागरिकहरुनै अन्तिम निर्णयकर्ता हुने लोकतन्त्रमा पनि नेपालि नागरिकहरुको अबस्था कस्तो छ भन्ने कुरा आफुलाई ठुला नेता मान्नेहरुको बिचमा भयको कोठे सहमति उहिलेको राजाको हुकुम भन्दा बाध्याकारी बनाउनेरुले नै भनुन/

    उहिले श्री ५ र श्री ३को सरकार हुने बेलामा राजा र दरवारियालाई कानुन लाग्दैनथ्यो/ अहिले यकले अर्कोलाई रास्त्रघाति, भ्र्स्ताचारि,अधिनायकबादी छन्; नागरिक लुट्ने मार्ने भन्नेको यस्तो अपराध गर्नेलाई सजाय नहुने र सजाय भैहाले माफ गर्नेको सरकार छ/ त् इनिहरुले आफुलाईनै सोधेर नागरिकहरुलाई जवाफ देउन कि इनिहरु र उहिलेका बीच के फरक छ/

    Reply
  3. Ram Chandra Poudel says:
    April 7, 2019 at 2:47 pm

    I agree with Salokya Ji. Although Ghode Jatra celebrated in Tundikhel is of Army peoples’ program. Ordinary people watching this program outside the fences is matter of shame for the president and prime minister. It should be stopped from this year. Other wise army can construct sits around the ground for ordinary people to watch. They can not give entry to all the people but can allocate in first come basis.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme