Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाबुरामले भने, ‘नयाँ शक्ति पार्टी काठमाडौंमा खोलिएका मःम पसल जस्तो होइन’

Posted on April 7, 2019 by राजेन्द्र मगर

प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको पक्षमा नरहेको नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आरोप लगाएका छन् ।

भट्टराईले प्रधानमन्त्री ओलीसंगै कांग्रेसका केही नेताहरुले आफूसँग भएको भेटमा संघीयता नमानेको बताए । ‘प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरुले हामीले त संघीयता मानेकै थिएनौं, तपाईले के भिराइदिनु भो भन्नुहुन्छ,’ भन्दै भट्टराइले आरोप लगाएका छन्।

भट्टराईले पहिचानसहितका प्रदेशहरु स्थापना र संविधान संशोधन लगायतका मुद्दामा नेकपा, कांग्रेस र राप्रपा वाहेकका शक्तिसँग ध्रुविकरण गर्ने तयारीमा नयाँ शक्ति लागेको बताएका छन्। उनले आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारको विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने दावी गरे।

प्रधानमन्त्री नै संघीयताको पक्षमा छैनन्ः बाबुराम  भन्दै अनलाइन खबरले लेखेको छ।

कर्णाली प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरूका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।

शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले हावाहुरी पीडितलाई राहतस्वरूप एक करोड रुपैयाँ प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

बारा-पर्साका हावाहुरी पीडितलाई कर्णाली सरकारले एक करोड दिने भन्दै सेतोपाटीले लेखेको छ।

पर्यटन विभागले ४६ आरोही समूहका आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ।

यीमध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५ सय ७५ रोयल्टी उठेको छ। सगरमाथा आरोहणका लागि १९ आरोही समूह त्यसतर्फ गएका छन्।

हिमाल आरोहीबाट उठ्यो साढे २५ करोड, तर गत साल भन्दा कम भन्दै नेपालखबरले लेखेको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहको गतिविधि नियन्त्रणका लागि सरकारले प्रतिबन्ध लगाएको बताएका छन्।

कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्ने उनले बताए। उनले विप्लव समूहलाई वार्तामा आउन आह्वान गरे। हिजोको र आजको अवस्थामा फरक रहेको बताउँदै उनले एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए। सरकारले निषेधको राजनीति नगर्ने पनि उनले स्पष्ट पारे।

विप्लव समूहसँग वार्ता गर्न सरकार तयारः गुरुङ भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

प्रहरीले शुक्रबार एकै परिवारका पाँच जनालाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा सुरक्षाको लागि खटिएको टोलीले बैंकक जान लागेका श्रेष्ठ परिवारलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती ४६ वर्षीय उमादेवी श्रेष्ठ, ४ र १६ वर्षीय दुई छोरीहरु र एक ११ वर्षीय छोरा हुन्।

मित्रपार्क स्थायी ठेगाना भएका उनीहरु शुक्रबार दिउँसो करिव पौन २ बजे थाई एयरलाइन्सको टीजी ३२० नम्बरको फ्लाइटबाट बैंकक जाने तयारीमा थिए।

शंका लागेर प्रहरीले चेक गर्दा श्रेष्ठको साथबाट अवैध रुपमा लैजान लागेको विभिन्न देशका मुद्रा बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

बैंकक जान लागेका एकै परिवारका ५ जना विमानस्थलमा किन समातिए? भन्दै पहिलोपोस्टले लेखेको छ।

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी काठमाडौमा खोलिएका मःम पसल जस्तो नभएको बताएका छन् ।

नयाँ शक्ति पार्टी विकुल्न नयाँ भएको दाबी गर्दे उनले विचार, संगठन र पुरानाभन्दा अलि फरक देश बनाउन आफूहरु लागिरहेको बताए।

उनले विश्वमा नयाँ विचारको बहस भएकाले हालै युरोप भम्रण सोही अध्ययन गर्दा नेपाललाई नयाँ ढंगबाट लैजानको लागि नयाँ शक्तिको आवश्यकता रहेको समेच बताए।

उनले भने, ‘हामीलाई तपाईहरु काठमाडौमा खोलिएका १० वटा पसलमा अर्को थपिएर ११ औं बने जस्तो होइन । मःम पसल थपिए संस्था बढ्ने हो । तर टेस्ट पुरानै । हाम्रो पार्टी त्यो होइन। नयाँ टेस्टसहित हो ।’

2 thoughts on “बाबुरामले भने, ‘नयाँ शक्ति पार्टी काठमाडौंमा खोलिएका मःम पसल जस्तो होइन’”

  1. Ramesh says:
    April 7, 2019 at 12:44 pm

    मो मो पसल मा जति को भिड भए नि हुन्थो नि पार्टी मा . बुदा बुडी मिलेर औता पार्टी खोलेकोछ .

    Reply
  2. madan bajracharya says:
    April 7, 2019 at 2:37 am

    बाबुरामले काथ्मान्दौको मम पसल सिट …दाँजे बाटै स्पस्ट हुन्छ उसको र उअस्को पार्टीको पार्टी कस्तो हो भनेर/ ओलीले बाबुरामलाई “हामीले त् संघियता मानेकै थियानौं तपाईंहरुनै भिराउनु भयको …”भनेकोले ओलिहरु संघियताको बिरोधि भयको त्भ भन्नु भयो तर के बाबुरामहरुले दिल्ली सम्झौता गर्नु अघि संघियता चाहियो भनेर बिद्रोह गरेको थियो बा नेपालको संबैधानिक राजतन्त्र अपनायको बहुदलीय सरकारले अमेरिका लगायत युरोपको शक्तिशाली मुलुकहरु समेतको सहयोग लियर मावोबादिलाई दवाउने प्रयाश गरे पछि “हामीलाई समर्थन ….हामि नेपालमा दिल्लीको स्वार्थको बिरुद्ध नजाने लिखित याचना गरे पछि गरेको दिल्ली सम्झौता गरे पछि मात्रै संघियता स्विकारेको हो?

    दिल्ली सम्झौता गरेर फर्के पछि मात्र केहि सयको संख्यामा रहेको राउते जातिकालाई समेत आफ्नो जातिको राज्य माग्न उक्साउने बाबुरामहरुले दिल्ली सम्झौता अघि कहिले पनि नेपालमा जात जातको राज्य बनिने संघियता चाहियो भनेर कहिले पनि भनेको थियन/

    दिल्ली सम्झौता पछि “तराई पसे जत्तिको बिहारीले सजिलै सिट नेपालको नागरिकता दिलाउन राजा कहा समेत झुठो विधेक पेस गर्ने गिरिजालाई आफ्नो महानायक मान्नेहरुले सबै भन्दा पहिला गरेको कार्य भनेकै मधेशाबादिले नेपालि हो भनेको आधारमा २५सौ लाख भारतीयले समेत नेपालि नागरिकता पाउने गरि ४२ लाख नेपालि नागरिकता बाँड्ने ख्रिस्ताभुमिमा अपनायको संघियताको बास्तविक लछ्य स्पस्ट हुन्छ/ तत्कालिन नागरिकता ऐनको कारणले के नेपाल पसे पछि आफुलाई मधेसी भन्नेलाई मात्रै नेपालको नागरिकता पाउन गाह्रो भयको थियो र भने खालि तराईमा मात्रै मधेश बादीको सिफारिसमा अरु केहि प्रमाण नबुझी नेपालि नागरिकता दिलाउन?

    मित्रहरु अलि सोच्नुस तराईमा मधेसीको स्वायत मधेह बनाउने माग भु बा कुनै योजना बा षडयन्त्र; त्यो कुरा दिल्ली सम्झौता पछि मात्रै उठेको भय पनि त्यो कुराको सुरुवात त् तराई पसे पछि आफुलाई मधेसी भन्नेलाई सज्लाई सिट नागरिकता दिलाउन झुठो विधेक समेत पेस गरेरै भयको होईन र?

    दिल्ली सम्झौता पछि २५सौ लाख भारतीयले समेत नेपालको नागरिकता पाउने गरि गिरिजाले अरु कुनै प्रमाण नहेरी मात्र मधेशाबदिको सिफारिसमा तराईमा मात्रै ४२ लाख नेपालि नागरिकता बाँडे/ तेस पछि हो तराईमा मधेसीको स्वायत मधेस प्रदेश बनाउने, सयौं जातिको नेपालि रास्त्य्रिय सेनामा मधेसी जातिको अलग्ग ब्रिगेड बनाउने मागहरु उठे/ अनि केहि सयको संख्यामा रहेको राउटेलाई पनि आफ्नो राज्य माग्नु भनेर उक्साउने बाबुरामले नेपालको सेनामा मधेसी जातकोलाई मात्रै सामुहिक प्रवेस गरायो/ त् ओलीले बाबुरामलाई “संघियता भिराउने” जस(!!!??) दियो त् के गल्ति गर्यो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme