Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बारामा टोर्नाडो नै आएको जस्तो देखियो, विज्ञको अध्ययनले यस्तै भन्छ

Posted on April 6, 2019April 6, 2019 by Salokya


फोटो May 3, 1999 मा Oklahoma मा आएको टोर्नाडोको हो।

मंगलबार माइसंसारमा ब्लग लेखेको थिएँ- त्यत्रो हेभी गाडी पल्टाउने गरी के भएको थियो बारामा? के त्यो टोर्नाडो थियो? शनिबार गोरखापत्रमा प्रकाशित समाचारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको संकेत गरेको छ। समाचारमा त पुष्टि नै भएको भनिएको छ। तर थप जानकारी नआई त के पुष्टि भन्नु र। थप अध्ययन हुन बाँकी नै छ भनिएको छ।

समाचारमा लेखिएको छ-

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो । श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको पूर्व महानिर्देशक पनि हुनुहुन्छ ।
उहाँले ४६ वर्ष मौसमको क्षेत्रमा काम गरेपश्चात् नास्टको प्राज्ञ नियुक्त भई अध्ययन गरिरहनु भएको छ । श्रेष्ठले भन्नुभयो, ‘‘टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् ।’’
सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ । उहाँका अनुसार, टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ ।
उहाँले भनेजस्तै बारामा वर्षेको विपत्तिले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारी साधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ । भूउपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १०मिटर उचाइँबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उहाँले बताउनुभयो ।
यो भूउपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । फोटो हेर्दा जहाँ जहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ । टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्विरमा प्रस्ट देखिन्छ ।
फेटा गाउँपालिका क्षेत्र भएर करिब ३० किलोमिटरको क्षेत्रलाई यसले बाटोका बनाएर अघि बढेको तस्विरमा प्रस्ट देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार, यात्रामा जे भेट्यो, सबै क्षतिग्रस्त बनाएको पनि देखिएको थियो । विज्ञ श्रेष्ठले भन्नुभयो, “अझ स्पष्ट देखिन अमेरिकाको भूउपग्रहले खिचेको तस्बिर किन्नुपर्छ, त्यसका लागि प्रक्रिया सुरु गरेर पत्र पठाएका छौँ ।”
सरकारले अनुरोध गरेमा त्यो तस्बिर निःशुल्क पनि प्राप्त गन सकिन्छ । एक मिटरको दूरीबाट खिचिएका ती तस्बिरले कसरी टोर्नाडोले क्षति ग¥यो भन्ने पूर्ण निक्र्योल हुनेछ । लगत्तै विभागले थप अध्ययनका लागि डा. अर्चना श्रेष्ठको नेतृत्वमा नामीहाङ किराँत, सुजन सुवेदी सहितको चार सदस्यीय एक टोली बारा र पर्सा पठाएको छ ।

फोटो र भिडियोहरुमा देखिएको क्षति अनुसार EF-1 वा EF-2 को स्तरको टोर्नाडो देखिन्छ।

टोर्नाडो कस्तो हुन्छ त? अरु देशको भिडियो हेरौँ

अरु देशमा आएको फोटो हेरौँ

नेपालको यस्तो फोटो र भिडियो हेर्न पाइएको छैन। यो आएको नै राति थियो। आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म यो आएको गृह मन्त्रालयको तथ्याङ्क छ। स्याटेलाइटको फोटोमा टोर्नाडोले जस्तै उसको बाटोमा भएका संरचना ध्वस्त पारेको देखिएको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme