काठमाडौँमा बसेर पनि अहिलेसम्म घोडाजात्रा नहेर्ने मान्छे धेरै नै छन्। त्यसैमध्ये एक म पनि हुँ। मिडियामा छापिने फोटोहरु बाहेक घोडाजात्रा साँच्चै कस्तो हुँदो रहेछ भनेर अहिलेसम्म हेरेको थिइनँ। किनभने काठमाडौँमा मनाइने अरु जात्राहरु जस्तै इन्द्रजात्रा, गाइजात्रा जस्तो घोडाजात्रा सर्वसाधारणले हेर्न पाउँदैनन्। टुँडिखेलको सैनिक मञ्चमा आयोजना गर्ने अनि राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्टहरुले कुर्सीमा बसी हेर्ने जात्रा हो घोडाजात्रा। यस पटक प्रत्यक्ष हेर्दा पो थाहा भयो, घोडाजात्रा भनेको घोडा मात्र कुदाउने जात्रा हैन रहेछ, यसमा त अनेक थरिका जात्रा पनि जोडिएका रहेछन्।
नेपालमा हर्स रेसिङ खेल हुने भनेकै घोडेजात्रामा मात्र हो। एउटा किंवदन्ती छ। गुरुमापा नामको राक्षसले काठमाडौँमा उपद्रै गरेको थियो रे। मान्छे मारेर खान्थ्यो रे त्यसले। एक दिन उसको अत्याचार सहन नसकी काठमाडौँवासी भेला भएर त्यो राक्षसलाई पक्रेर जिउँदै खाल्डो खनेर गाडिदिएछ। त्यही राक्षस गाडिएको ठाउँ अहिलेको टुँडिखेल हो रे। यहाँका बासिन्दाहरु त्यो राक्षस अझै नमरेको विश्वास गर्छन्। माटोमुनि ऊ अझै जिउँदै छ र पूरै सहरलाई ध्वस्त पारी बदला लिन ऊ तम्सिएको छ रे। त्यसैले त्यसलाई तर्साउन र जमिन माथि आउन नदिन टुँडिखेलमा घोडा दौडाउने गरेको रे।
पहिले पहिले एउटा घोडा मात्रै दौडाउने गरे पनि पछि जुद्ध शमशेरले बाहिर हर्स रेसिङ गरेको देखेपछि यहाँ पनि त्यही चलन चलाउन लगाएको रे भन्ने पनि सुनिन्छ।
अहिले त घोडामात्र हैन साइकल पनि कुदाउन थालिएको रहेछ। कुकुर पनि कुदाउने रहेछन्। अनि मैदानमा कागले पनि जात्रा देखाउने रहेछन्।
घोडा दौड त जम्मा दुई वटा हुने रहेछ- टाँगन घोडा दौड र चार्जर घोडा दौड। यो दौड भइरहँदा मैदानमा कुकुर शो देखाउने रहेछ। कुकुर भन्ने शब्द उच्चारण गर्न गाह्रो मानेर होला उद्घोषिका सहसेनानी सलिमा घले ‘डग’मात्रै भन्थिन्।
सेनाको बाजा बजाउने ब्यान्ड।
कार्यक्रमको सुरुमा ब्यानर डिस्प्ले हुने रहेछ यसरी।
कुकुरको जात्रा देखाइने रहेछ। भैरव वाहन गुल्मका कुकुरहरुका विभिन्न प्रदर्शन देखाइन्छ।
घोडामात्र हैन साइकल पनि कुदाइँदो रहेछ, माउन्टेन बाइक।
साइकल दौडमा सैनिक र गैर सैनिक दुई क्याटेगोरी हुने रहेछ। गैर सैनिक क्याटेगरीमा साइकल खेलाडीहरु कसरी छनौट हुँदो रहेछ कुन्नि।
घोडा कुदाउँदै खरबुजा तरवारले काट्ने कला पनि देखाइने रहेछ। त्यसरी काटिएका खरबुजा खानलाई मैदानमा कागले अर्को जात्रा देखाउने रहेछ।
आखिर मान्छेलाई पो सुरक्षाकर्मीले रोक्ने हुन्, चराचुरुङ्गीलाई त रोकेर रोक्न सकिन्न।
त्यही ठाउँमा घोडा लडाउँदा रहेछन्। लडाएर चढ्ने कला रे यो
घोडा जात्रा हुने दिनले हामीलाई रमाइलो त् महसुस गराउँछनै तर कुनै बेला हामीले घोडा जात्रा हेन जाने बेला देख्ने …..ले कस्तो हुन् सक्ने नेपालको जात्रै भयको पनि महसुस गराउँछ/ हामीले नहुने कुरा भयो भने जात्रै भयो; गाईजात्रा भयो पनि भन्ने गर्छौं/ मैले यसो किन भनेको भने हामि पहिला घोडा जात्रा हेर्न जाँदा टुँडिखेलको न्युरोड पट्टिको किनारमा तल सुनधारा देखि न्युरोड गेट सम्मै लामो रेल पटरीमा अड्याई राखेको रेल देख्थ्यौं/ तेही रेलको डिब्बामा बसेर पनि घोडा जात्रा हेर्थ्यों/ हुनत तेतिबेला त्यो रेल चल्दैनथ्यो/ तर त्यो रेलले कुनै बेला काठमान्दौं रेल चल्ने सहर बनिसकेको देखाउंछ/ त्यो रेललाई त्याहा बात उठायर कसले कुन कवाडीलाई बेचे तेस्को जानकारी समेत आज कसैलाई छैन/
चन्द्र शमशेरको पालामै रेल जिप गाडी लगायत ब्रिटिश सिट भयको भन्दा उच्च स्तरको मेसिन गण आदि बनाउन सक्ने भैसकेको नेपालमा आज सियो पनि बन्दैन/सुने अनुसार त्यो रेल नेपालीले नै बनायको रेल थियो/ त् उहिले नेपालमा रेल चलिसकेको थियो भन्ने कुरा सम्झाउने त्यो रेलको द्व्वाहरु आज पनि त्यहा भयको भय घोदाजात्राको दिन घोडा कुकुर आदिको मात्रै होईन कयौं नेताहरु पनि “नालायकजात्रा” पनि हुने थियो/
उहिलेकाको नेपाल समृद्ध नेपाल अहेलेकाको ????????????????
जे देख्छौं तेस्ले भन्छ अहिलेकाले चाण्डाल भनेका उहिलेका नै सानदार
नझुकेकोले झुकाउन खोज्नेलाईनै झुकाई छाडेकै बर्णननै हाम्रो इतिहास हो
दिल्लीको कवाद खानामा तेस्तो इतिहास बेच्नेको सोचको बिकाश बिनास हो/
परम्परालाई धानेको त ठिकै हो तर अग्ला-अग्ला फलामका बारहरूको बीचबाट जात्रा नियालेका सर्वसाधारणलाई देख्दा दुख लाग्यो । कथा सुनेअनुसार त अब टुँडिखेलमा नै गर्न पर्ने रहेछ तर सर्वसाधारणलाई हेपेको जस्तो लाग्ने ।
अनि सर्वसाधारणले पनि विरोधस्वरूप यस्तो जात्रा त्यसरी नहेरेर आफ्नो बिजोग नदेखाएको पनि हुन्थ्यो । कम्तिमा ‘मैले हेर्दिन यस्तो हेपाहा जात्रा’ यी राज्यका ठेकेदारहरूलाई मात्रै आफ्नो आत्मरतिमा रमाउन दिए हुने तर के गर्ने फुर्सद र उत्सुकता भएका पनि टन्नै छन् । डोजरले बाटो खनेको घन्टौं हेर्नसक्ने मान्छेले यस्तो रमिता किन नहेरुन ।