Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : देउवा र पौडैलको भागबण्डा मिल्यो, ओली र नेपालको झगडा मिलेन

Posted on April 5, 2019 by राजेन्द्र मगर

आज चैत २२ गते शुक्रबार सरकारी चिकित्सकहरुले देशभरका सरकारी अस्पताल ठप्प पारेका छन्। उनीहरुले एउटै मागको लागि आन्दोलन गरेको गएको चार महिनामा यो तेस्रो पटक हो।

नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने माग सहित  आन्दोलन गरेपनि सरकारले माग पुरा गरेको छैन्। कागजमा माग पुरा गर्ने सहमती गरेपनि कार्यन्वयन नगरेकाले उनीहरु सडकमा आउन बाध्य भएको बताउँछन्। आन्दोलनरत उनीहरु भन्छन्,  ‘बरु खाडी गएर भाडँ माझ्छौँ तर यो अवस्थामा काम गर्न सक्दैनौँ।’

डाक्टरहरु किन भनिरहेका छन्, ‘बरु खाडी गएर भाडा माँझ्छौं, यो अवस्थामा काम गर्न सक्दैनौं’ भन्दै पहिलोपोस्टले लेखेको छ।

नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा मिलेको छ।

पार्टी सभापति देउवाले ६०/४० को भागवण्डाका आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८ जनाको नाम मागेका छन्। यसमा वरिष्ठ नेता पौडेल, महामन्त्री सशांक कोइराला र कोषध्यक्ष उनकै पक्षको जोड्दा ४० प्रतिशत हाराहारी हुन्छ।

बाँकी १२ जना देउवा समूहबाट आउनेछन्। १३ औं नम्बरमा कृष्ण सिटौला पर्नेछ।

कांग्रेस बैठक भोलि, देउवा र पौडेलको भागवण्डा मिल्यो भन्दै अनलाइन खबरले लेखेको छ।

अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएलगत्तै एकता प्रक्रिया टुंग्याउने भनिए पनि पूर्वएमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच भागबन्डा थप गिजोलिँदै गएपछि नेकपाको तल्लो तहको एकता प्रक्रिया लम्बिएको छ।

जिल्ला नेतृत्वको विषयमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच भने सहमति भैसकेको छ।

पूर्वएमालेतर्फबाट को-को जिल्ला अध्यक्ष र सचिव बन्ने भन्ने गुटगत झगडा भने मिल्नुको साटो बल्झिएको छ।

नेपाल पक्षले पूर्वएमालेको भागमा परेका जिल्लामा त्यतिखेर पार्टी अध्यक्ष रहेकाले नै नेतृत्व गर्न पाउनु पर्ने अडान राखेको छ। ओली पक्षले योग्यतासँगै क्षमतालाई आधार मान्नु पर्ने बताएको छ।

यसअघि नेकपाले जिल्लामा अध्यक्षका लागि प्रस्तावित नाम सिफारिस गर्न कार्यदल गठन गरेको थियो। त्यसरी नाम सिफारिस गर्दा कायम अध्यक्षको नाम नराखी सिफारिस गरिएपछि नेपाल पक्ष आक्रोशित भएको थियो।

मिल्यो पूर्वएमाले र माओवादीको भागबन्डा, मिलेन ओली-नेपाल झगडा भन्दै सेतोपाटीले लेखेको छ।

आगामी वर्ष सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा मनाउने भन्दै सरकारले घोषणा गरेको योजनाको तयारी भने त्यसअनुरुप हुन सकेको छैन।
पर्यटनमन्त्रीको अध्यक्षतामा ४७ सदस्यीय समिति रहने व्यवस्था कार्यविधिले गरे पनि अहिले पर्यटनमन्त्री नै छैनन्। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको डेढ महिना हुनलाग्दा समेत नयाँ पर्यटनमन्त्री नियुक्त नहुँदा भ्रमण वर्षको तयारी अलमलमा परेको छ।

नेपाल भ्रमण वर्षः योजना २० लाख पर्यटक भित्र्याउने, तयारी शून्य!  भन्दै नेपालखबरले लेखेको छ।

कानुनमा आवश्यक परिमार्जन गरी सरकारले नेपाली सेना नेतृत्वलाई सेना परिचालनको विषयमा समेत बाहिर राख्ने प्रयास गरेकोमा सेनामा सरकारको नियतप्रति आशंका बढ्न थालेको छ।

रक्षा तथा उपप्रधानमन्त्री इश्वर पोखरेलको नामबाट आन्तरिक रुपमा वितरित राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक २०७५ (प्रस्तावित) ‘ड्राफ्ट’ ले गम्भिर राष्ट्रिय संकट हुने देखिएमा सेनाको परिचालन परिषद्का अध्यक्ष या प्रधानमन्त्रीले गर्न सक्ने र यस्तो सिफारिस सरकारले राष्ट्रपति समक्ष अनुमोदनका लागि पेश गर्नुपर्ने बनाइएको छ।

नयाँ सुरक्षा प्रस्तावनाले नेपाली सेना सशंकित भन्दै देशसञ्चारले लेखेको छ।

उपभोक्तालाई गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बिक्री गरेको आरोपमा १ सय ३६ उत्पादक कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साउनदेखि फागुन मसान्तसम्ममा १ सय ३६ कम्पनीविरुद्ध गुणस्तरहीन खानेकुरा बिक्री गरेको आरोपमा मुद्दा दायर गरेको हो।

गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्ने १ सय ३६ कम्पनीविरुद्ध मुद्दा भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

#WhoKilledNirmala सिरिजको २३ औ श्रृंखलामा अछामबाट ‘पक्राउ परेका’ दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन? भन्दै पहिलोपोस्टले लेखेको छ। निर्मला प्रकरणलाई लिएर उनीहरु कसरी प्रकाउ परे र मिडियामा समाचार कसरी आयो भन्ने उल्लेख छ। समाचारमा त्यस्तो हुनुको प्राविधिक पाटो उल्लेख गरिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme