Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : झाक्रीले गरे १३ वर्षीया बालिकाको बलात्कारदेखि ग्याँस उद्योगीको ग्याँस आयात ठप्प पार्ने चेतावनी

Posted on April 4, 2019 by राजेन्द्र मगर

आज चैत २१ गते बिहिबार सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाइअड्डा वा हवाइजहाजको छेकवार, सञ्चालन वा मर्मतसँग सम्बन्धित सेवा र रेलवे स्टेशनमा बन्द, हड्ताल निषेध गरेको छ।

नेपालमा पानीजहाज र रेलवे स्टेशनमा हड्ताल निषेध भन्दै अनलाइनखबरले लेखेको छ।

यसअघि रेलवे स्टेशनको विषय समावेश थिएन । यसपटक बन्द, हड्ताल निषेधित सेवामा रेलवे स्टेशन पनि थपिएर आएको हो।

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशिल समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन्।

चण्डेश्वर ४,०७७ मतकासाथ अध्यक्षमा विजयी भएका हुन्। उनका विपक्षी सुनिल पोखरेलले ३,८७३ मत प्राप्त गरे।

महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन्। उनका प्रतिस्पर्धी प्रगतिशिलका सुरेन्द्र थापामगर थिए।

बार एसोसिएसनको अध्यक्षमा ने क पा निकट श्रेष्ठ विजयी, महासचिवमा कांग्रेस निकट लीलामणि भन्दै पहिलोपोस्टले लेखेको छ।

बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ।

गत १९ गते बिरामी बाबुलाई झारफकु गर्न साथी गएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।
धामी घिमिरेले बाबुको आँखामा पट्टी बाँधेर उपचार गर्नुपर्छ भन्दै पट्टी बाँधेर बालिकालाई बलात्कार गरेका थिए।

धामीले आफूलाई जबरर्जस्ती गरेको बाबुलाई बताएपछि सोही दिन प्रसूति गृह थापाथलीमा बालिकाको स्वास्थ्यपरीक्षण गरिएको प्रहरीको भनाइ छ।

मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन गरेको झारफुक केन्द्रमा मकवानपुर मकवानपुरगढी गाउँपालिका घर भई हाल चाँगुनारायण नगरपालिका बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई प्रहरीले पक्राउ गरी  अनुसन्धान सुरु गरेको छ।

झारफुकको बहानामा १३ वर्षीया बालिकाको बलात्कार भन्दै नेपालखबरले लेखेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ।

घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ।

एसइईको प्रश्नपत्र बाहिरिनुमा प्रहरीकै संलग्नता भन्दै बाह्रखरीले लेखेको छ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ६ किलो सुन समातेको छ।

सुन सहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरु थाइ एयरको विमानबाट बैंककबाट काठमाडौं आएका हुन् । बरामद सुन गहनाको रुपमा ल्याइएको थियो।

विमानस्थलबाट फेरि समातियो ६ किलो सुन भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

नेपाल एलपी ग्याँस उद्योग संघले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। यसअघि गरेका सम्झौता सरकारले कार्यन्वयन नगरेको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

यसअघि संघले राखेका १० बुँदे माग चैत २० गतेभित्रमा पुरा गर्ने प्रतिवद्धता सरकारले गरेको भएपनि कार्यन्वयन नगरेकाले उनीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन।

एलपी ग्याँस उद्योगी शुक्रबारदेखि आन्दोलनमा, ग्याँस आयात ठप्प पार्ने चेतावनी भन्दै देशसञ्चारले लेखेको छ।

शुक्रबारदेखि सरकारी चिकित्सकहरुले अनिश्चितकालीन स्वास्थ्य सेवा बहिस्कार गर्ने भएका छन्।

सरकारी चिकित्सक संघ नेपाल (गोदान) का अनुसार बारा-पर्साको आँधी-हुरी प्रभावित क्षेत्रमा बाहेक देशैभर सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्नेछन्।

संघले यसअघि पनि यस्तै गरी सेवा बहिस्कार गर्दा माग पूरा हुने आश्वासनपछि फागुन १८ गते स्थगन गरिएको थियो।

सरकारी चिकित्सकले भोलिदेखि सेवा बहिस्कार गर्ने, हड्ताल निषेध गर्ने सरकारको निर्णय, ६ महिना कैदको प्रावधान भन्दै पहिलोपोस्टले लेखेको छ।

जनमत पार्टीका सभापति सिके राउतले बारा पर्साका हुरी प्रभावितलाई राहत बाँडन् नसकेको भन्दै देश २ का मुख्यमन्त्री लालबाबु राउतको चर्को आलोचना गरेका छन्। राउतले प्रदेश सरकारले विगतमा पनि दलित समूदायलाई उपेक्षा गरेको बताएका छन्।

मुख्यमन्त्री राउतलाई सिके राउतका प्रश्नैप्रश्न भन्दै सेतोपाटीले लेखेको छ।

2 thoughts on “आजको खबर : झाक्रीले गरे १३ वर्षीया बालिकाको बलात्कारदेखि ग्याँस उद्योगीको ग्याँस आयात ठप्प पार्ने चेतावनी”

  1. madan bajracharya says:
    April 5, 2019 at 10:43 am

    मलाई यो थाह छैन कि “झाँक्रीको फुकफाके” कुन धर्म बा कुन ग्यानमा आधारित कुरा हो/ तर यो कुरामा बिस्वस्त छुँ कि झाक्रीको फुकफाकेले कुनै पनि समस्या बा पिडाको निदान हुँदैन/ यो नितान्त धर्मको नाममा सोझो व्यक्तिलाई… बनाउंदै समाजमा आधारहीन र अन्ध बिस्वास फ़ैलायउने …नै हुन्/ झाक्री भन्नाउन्दाले बारम्बार अपराध गरेको र अपराध उक्सायाको घटना बारम्बार हुँदै आयकोछ; त् कानुनन यस्तो कुकार्य अपराध्नै हुने ऐन किन बनाईयन; के अब फेरी सति प्रथा र दास प्रथा हटाउने अर्को चन्द्र शमशेरनै कुर्नु पर्ने हो?

    आफ्नो स्वार्थ र लालसा पुरा गराउन हतियार उठाउने भन्दा व्यक्ति र समाजको आस्थाको केन्द्र बिन्दु भयको धर्मलाई माध्यम बनायर अपराध गर्ने ठुलो अपराधि हो/ घरमा चोर्न आउने चोर भन्दा मन्दिरमा भेटि चोर्ने पुजारी ठुलो अपराधी हो/ अरुको अज्ञानताबात अनैतिक लाभ उठाउने यस्तो झाक्री र तिनीहरुको फुकफाके लाई कानुनन “ठगि” कै अपराध हुने ऐन बन्नु पर्छ/ तव सायद यस्तो घटना हरु मा केहि कमि आउन सक्छ/

    Reply
  2. prithvi says:
    April 5, 2019 at 4:02 am

    अचम्म ! कसरि गरेछ तेस्तो काम? बाउ को आखा मा पट्टि बाधेपानी छोरी कराउन सक्थी, त्यहि कोठामा गरेको त हैन होला, नभए आवाज नआउने त कुरै हुन सक्दैन, अनि तेती बेर सम्म बाउ किन आखामा पट्टि बाधेको अवस्थामा त्यहि पर्खेर बस्यो, कि बाउ को हात खुट्टा पनि बाधेर मुख मा कपडा ठुसिदिएको थियो कि, तेरी उसले तेसो गरिन्जेल छोरी के हेरेर बसी, १३ बर्स भनेको तेती सानो पनि हैन, कुनै किसिमले पनि गर्न नसकिने काम !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme