Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्यायाधीश सिफारिश : भविष्यमा प्रधान न्यायाधीश हुनसक्ने दुई जना चिनौँ

Posted on April 3, 2019April 3, 2019 by Salokya


भविष्षमा नेपालको न्यायपालिकाको नेतृत्व गर्न सक्ने दुई जना को को होलान्? वरिष्ठताको आधारमा प्रधान न्यायाधीश नियुक्त हुने अहिलेकै चलन कायम रहने हो भने रोलक्रममा हुनसक्ने दुई जनाको नाम अहिले नै भन्न सकिने स्थिति छ। मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिश भएका माथिको फोटोमा देखिएका यी दुई जना नै भविष्यमा प्रधान न्यायाधीश हुनसक्छन्।

यी मध्ये एक कांग्रेस निकट हुन् भने अर्का तत्कालीन एमाले अर्थात् हालका नेकपा निकट।

नेपाली कांग्रेसको कोटाबाट न्यायपरिषद् सदस्य रहेका रामप्रसाद सिटौलाका उम्मेदवारका रुपमा चिनिन्छन् कुमार रेग्मी। नेपाली कांग्रेस र कांग्रेसभित्रको पनि खुमबहादुर खड्काले थालेको र उनको मृत्युसँगै ओझेलमा परेको हिन्दु जागरण अभियानसँग पनि जोडिएका थिए रेग्मी।

अर्का हुन् हरि फुँयाल। संविधानजारी लगत्तै केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि महान्यायाधिवक्ता बनेका फुयाँल चिनिएका पूर्व नेकपा एमाले नै हुन्। सुवास नेम्वाङ र अग्नि खरेलसँग नजिक छन् उनी।

यी दुई सहित पाँच जनालाई हालका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा अध्यक्षताको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिश गरेको हो।

२०८५ साल कात्तिक महिनामा कुमार रेग्मी प्रधान न्यायाधीश बन्नेछन् भने त्यसपछि हरि फुँयालको नेतृत्वमा रहनेछ न्यायपालिका।

न्यायपरिषद्ले सर्वोच्चसँगै उच्च अदालतका न्यायाधीशमा सिफारिश गरेको छ। यिनीहरुको नाता कनेक्सन पनि रमाइलो छ-

  • सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिश डाक्टर मनोजकुमार शर्मा पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिज। पछिल्लो समय प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराका नजिक।
  • अधिवक्ता नवराज थपलिया (उच्च अदालत दिपायलका न्यायाधीशमा सिफारिस) : अनेरास्ववियुबाट राजनीति गरेका, नेपाल ल क्याम्पसका पूर्व सभापति। पछिल्लो समय प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा निकट।
  • निलम पौडेल (उच्च अदालत जनकपुर, राजविराज इजलासको न्यायाधीशका लागि सिफारिस) : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलकी भान्जी।
  • रेणुका साह (उच्च अदालत विराटनगरमा न्यायाधीशका रुपमा सिफारिस) : पूर्व प्रधान न्यायाधीश रामकुमार प्रसाद साहकी छोरी।
  • अञ्जु उप्रेती ढकाल (उच्च अदालत विराटनगरमा न्यायाधीशका लागि सिफारिस) : सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीकी छोरी।

3 thoughts on “न्यायाधीश सिफारिश : भविष्यमा प्रधान न्यायाधीश हुनसक्ने दुई जना चिनौँ”

  1. kundan says:
    April 4, 2019 at 4:25 pm

    गोत्र फरक होला नी

    Reply
  2. Ramesh Adikari says:
    April 3, 2019 at 11:48 am

    इश्वोर पोखरेल को भान्जी हुनुपर्छ, थोरै गल्तीले गर्दा mistake भाको देखिन्छ

    Reply
  3. अनिश says:
    April 3, 2019 at 10:14 am

    निलम पौडेल (उच्च अदालत जनकपुर, राजविराज इजलासको न्यायाधीशका लागि सिफारिस) : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पौडेलकी भान्जी।
    पौडेल को भान्जी पौडेल नै कसरि सम्भब छ नेपाली समाजमा ??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme