Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

त्यत्रो हेभी गाडी पल्टाउने गरी के भएको थियो बारामा? के त्यो टोर्नाडो थियो?

Posted on April 2, 2019 by Salokya


आइतबार राति बारा र पर्सा जिल्लामा विनाशकारी बवण्डर भयो। मौसम पूर्वानुमान महाशाखाले अहिलेसम्म त्यो हुरी कति गतिको थियो भन्ने तथ्याङ्कसमेत सार्वजनिक गर्न सकेको छैन। पूर्वानुमान गरी चेतावनी दिने त कुरै छाडिदिउँ। घटनास्थलका फोटोहरु हेर्दा क्षति धेरै देखिन्छ। रुखहरु उखेलिएका छन्, घरहरु तहसनहस भएका छन्। अनि समुद्र छेउछाउका इलाकाहरुमा मात्र देखिने खालको हेभी गाडीहरु पल्टिएका दृश्य पनि छन्। नेपालमा पहिले यस्तो शायदै भएको थियो, त्यसैले हामी धेरै जना त अचम्ममा परेका छौँ।

के यो टोर्नाडो अर्थात् भूमरी थियो?

फोटोको क्षति हेर्दा त EF-1 वा EF-2 को जस्तो टोर्नाडो देखिन्छ।

मृत्यु हुनेको संख्या २७ छ र घाइते हुनेको त ६०० नाघेको छ। यसले पनि यो भूमरी कति विनाशकारी थियो भन्ने प्रष्ट हुन्छ।

तर नेपालको मौसम पूर्वानुमान महाशाखाले यसबारे सुइँकोसमेत पाउन सकेन। भारतीय मौसम पूर्वानुमान केन्द्रले भने सूचना जारी गरेको थियो। नेपालले किन गर्न सकेन भन्ने बारे बीबीसीमा नवीन सिंह खड्काले भनेका छन्- तथ्याङ्क त थियो, तर त्यसलाई विश्लेषण गर्न सक्ने जनशक्ति थिएन।

http://www.mysansar.com/wp-content/uploads/2019/04/10000000_1313043162185469_9161639707044504483_n.mp4

3 thoughts on “त्यत्रो हेभी गाडी पल्टाउने गरी के भएको थियो बारामा? के त्यो टोर्नाडो थियो?”

  1. Pingback: आखिर त्यो टोनार्डो नै रहेछ, चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएर बाराको फेटामा मच्चाएको रहेछ विध्वंश « Mysansar
  2. Pingback: बारामा टोर्नाडो नै आएको जस्तो देखियो, विज्ञको अध्ययनले यस्तै भन्छ « Mysansar
  3. Rohini says:
    April 2, 2019 at 5:02 am

    बिनाशको प्रकृति हेर्दा यो ठुलै क्याटागोरीको टोर्नेडो हो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme