Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : बारामा हुरीको वितण्डा र विनाश

Posted on April 1, 2019 by Salokya


आज चैत १८ गते सोमबार गएराति बारा र पर्सामा आएको हावाहुरीको वितण्डा र विनाशलाई नै अनलाइनहरुले समेटेका छन्। आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म ताण्डव मच्चिएको थियो। सबभन्दा क्षति बारा जिल्लामा भएको छ। त्यहाँ २६ जना र पर्सा जिल्लाका १ जना गरी २७ जनाको निधन भएको छ। ती मध्ये पुरुष १० जना, महिला ११ र ६ जना बालबालिका रहेको र सबैको सनाखत भइसकेको गृह मन्त्रालयले जनाएको छ। ३७५ जनाको उपचार हुँदै, तीन ट्रक राहत सामाग्री घटनास्थलमा पहिलोपोस्टमा समाचार छ। अनलाइनखबरमा आँधीकोे लीला ! घर छैन, बालीनाली पनि छैन ! शीर्षकमा त्यहाँको स्थलगत रिपोर्टिङ छ। भलुवी भरवलिया- सबैभन्दा धेरै मानवीय क्षति यही गाउँमा भएको छ। गाउँमा करिव २५० घर थिए। तर, तीमध्ये आधाभन्दा बढी ध्वस्त भएका छन्। बाँकी सग्लो बसेका केही पक्की घरहरु भेटिए। गाउँभरिका मानिसहरु ती घरमा अटाउन सक्दैनन्। बाँकी बचेको जायजेथा कुरेर मानिसहरु भत्किएका घरको भग्नावशेषमै बसिरहेका भेटिए।

बालुवाटारमा बसेको बैठकले राष्ट्रिय शोक घोषणा गर्ने प्रदेश सरकारको आग्रहबारे भने कुनै निर्णय गरेन । तत्कालीन राहतका बारेमा पनि केन्द्र सरकारबाट कुनै निर्णय भएन । प्रदेश सरकारले सोमबार बिहान ७ बजे नै बैठक बसेर मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ । संघीय सरकारको निर्णयः न राहत, न राष्ट्रिय शोक शीर्षकमा अनलाइनखबरको समाचार छ।

मरेर जाने त गए, बाँच्नेहरूले निकै सकसपूर्ण दिन व्यतित गरिरहेका छन् । कोही ढलेको बाँसको झाङलाई सहारा बनाएर बसेका छन् भने कोही घाइते आफन्त र पुरानो बस्ती सम्झिएर भावविह्वल छन् । हाम्रै अगाडि भीडबाट एक महिलाले भनिन्, ‘अल्लाह ! गाउँमा यो कुन काल आयो ?’ मुस्लिम बस्तीमा रुवाबासी : ‘अल्लाह ! गाउँमा यो कुन काल आयो ?‘ शीर्षकमा लोकान्तरमा खबर छ।

‘५ सेकेन्डमै पुरै घर ढल्यो,’ खानले भने, ‘घरको छतदेखि पर्खालसम्म सबै कुरा एक छिनमै ढल्यो ।’ खानेकुरादेखि लत्ताकपडा होस् वा कुखुरा कुखुरी, बाख्रा कुनै पनि जीवजन्तुलाई बाहिर निकाल्न नसकेर सबै त्यसमै किचिएर मरेको उनले बताए । आफ्नो घरमा मज्जाले बसोबास गर्दै आएको उक्त परिवार अहिले पूर्ण रुपमा घरबारविहीन बनेका छन् । उनी मात्र होइन, त्यहाँ धेरैजसो घरहरु पूर्ण रुपमा ढलेका कारण अबका दिन कसरी गुजार्ने भन्ने समस्या भएको छ। दिनमा पो उद्दार र राहत आयो, अब रातमा कहाँ जाने ? शीर्षकमा लोकान्तरमा अर्को स्थलगत समाचार छ।

मौसम पूर्वानुमान गर्ने केही विज्ञहरूले बंगालबाट आएको तातो र भूमध्यसागरको चिसो हावा बारामा जुझ्दा यति शक्तिशाली भूमरी बनेको दाबी गरेपनि सोमबार दिउँसोसम्म नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाले यसबारे आधिकारिक रिपोर्ट दिन सकेको छैन। स्वाभाविक छ, जुन महाशाखाले २० घण्टापछि पनि किन र कसरी यस्तो शक्तिशाली आँधी आयो भनेर कारणसहित बताउन सक्दैन, त्यसले यसको पूर्वानुमान गर्न सक्ने अवस्था नै थिएन। नेपालखबरमा यसबारे समाचार छ।

3 thoughts on “आजको खबर : बारामा हुरीको वितण्डा र विनाश”

  1. dipesh says:
    April 3, 2019 at 3:16 am

    As far as I remember, this is not the first time. I know there was a year when many trees were uprooted in similar way. I think the devastation is high this time as it hit the populated area.

    Reply
  2. madan bajracharya says:
    April 2, 2019 at 9:29 pm

    सतर्क नभयमा र पुर्व तयारि नगरे विनाशकारी हुने परिबर्तनलाई “दैवी प्रकोप” होईन सरकारको नालायकी भन्नु पर्छ/ हामि कहा यस्तै सरकार छ/ उहिले उहिले आफ्नो मालिकलाई “सरकार” भन्ने नोकरको जे अवस्था थियो आज नेपालको सबै नागरिकहरुको अवस्था तेस्तै भयको छ/

    सिंहदरवार सिंह बस्ने गुफा जस्तै छ हामि सिंहको आहार जस्तै अनि हाम्रो गाउँ सहर सिंहको आहार खोज्ने जंगल जस्तै/ अहिले आफुलाई चाहिने सबै थोक मात्रै होईन आफु माथि हुन् सक्ने कुनै पनि सम्भावित घटना दुर्घटनाको लागि सबै ब्यबस्था गर्ने तर आम नागरिकहरु बाढीमा डुवेर हुरीको चपेटामा परेर भूकम्पले भत्केको घरले किच्चियर महामारीको चपेटामा परेर ज्यान गईसके पछि मात्रै केहि लाख रुपिया केहि पाल त्रिपाल र सिटामोल बाड्ने त्यो पनि अर्को चुनावमा आफुलाई …हुकुमेस्वर नेताहरुको .सरकार छ/ तेसैले हो नेपालको नागरिकहरु सानो भन्दा सानो घटनामा पनि धेरैले आफ्नो ज्यान गुमाउनु परेको/

    Reply
  3. Dig Bahadur Tamang USA says:
    April 1, 2019 at 11:06 pm

    यो घटनालाई दैविप्रकोप घटना हो ! मेरो समबेदना र सहनाभुती बारा र कलैया जिल्लाबासीलाई पुगोस | यसप्रकारको भूमरी वा tronado हाम्रो देशमा पहिलो हो जस्तो लाग्छ, मौसम विज्ञहरुको भनाइ अनुसार तातो हावा बाब मिसिएर जमिनको सतह बाट माथि उठ्छ आकासको सिसो हवासंग ठकर खान्छ, अनि जमिनमा असिना हावाहुरी भूमरी ले ताण्डव निर्त्य देखायर बितण्डा मचौछन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme