Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बारा र पर्सामा हावाहुरीको वितण्डा, कयौँको मृत्यु, सयौँ घाइते

Posted on April 1, 2019April 1, 2019 by Salokya

चैत १७ गते आइतबार राति: देशका पूर्वी र मध्य भेगहरुमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदलि रहनेछ। देशका पूर्व र मध्य भेगका केही स्थानहरु अनि पश्चिमी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

यो सरकारको मौसम पूर्वानुमान शाखाले आजका लागि गरेको पूर्वानुमान थियो। तर साँझदेखि अचानक मौसम बिग्रन थाल्यो। काठमाडौँमा चट्याङको कडा आवाजसहित पानी पर्दा एयरपोर्ट बन्द भयो। डोमेस्टिक र इन्टरन्यासनल फ्लाइटहरु अन्यत्रै डाइभर्ट भए। काठमाडौँ आइरहेका डोमेस्टिक विमानहरु विराटनगरमा ल्यान्ड भए। यो त सामान्य खबर थियो। राति अबेर पो बल्ल खबर आयो, तराईको बारा र पर्सामा त हावाहुरीले वितण्डा नै मच्चाएछ।

मध्यरातमा यो ब्लग लेख्दासम्म कति जनाको मृत्यु भएको हो भन्ने यकिन भइसकेको छैन। तर प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गरेर २५ जनाको मृत्यु र ४ सय जना घाइते भएको जानकारी दिए।

बारा/पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएकोछ। यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोछ।

— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019

हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019

भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा
"नाईट भिजन" हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।

— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019

राति अबेर भएकोले विस्तृत विवरणहरु आएको छैन। तर वितण्डा ठूलै भएको प्रष्ट भइसकेको छ। कयौ ठाउँमा बिजुलीका पोल, रुखहरु लडेका छन्। इँटा भट्टाको चिम्नी लडेर किचिएर कयौँको ज्यान गएको छ। घरका छाना उडेका छन्।

अस्पतालहरु बिरामीले भरिएका छन्। मृत्यु हुनेको संख्या ५० नाघ्न सक्ने अनुमान गरिएको छ। फेटा गाउँपालिका, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दियालगायतको ठाउँमा मानवीय क्षति बढी भएको प्रारम्भिक रिपोर्ट छ।

Two battalions has been mobilised immediately there, here in Mid Air Base, Katmandu; night vision helicopters are on stand by with rescue team. Our security agencies are waiting for favoural weather conditions

— Bishnu Rimal (@BishnuRimal) March 31, 2019

उता बिरामीहरुलाई रगतको आवश्यकता भएकोले रक्तदान गर्न आह्वान भएको छ।

3 thoughts on “बारा र पर्सामा हावाहुरीको वितण्डा, कयौँको मृत्यु, सयौँ घाइते”

  1. प्रविण खत्री says:
    April 2, 2019 at 11:43 am

    शेर बहादुर र गगन थापाले कम्युनिष्ट सरकारको कारण तराई आँधी बेहरी आएको भनेर कुनै बक्तव्य त निकाल्न भ्याएका रहेनछन् ।

    Reply
  2. Shankar says:
    April 2, 2019 at 4:59 am

    हल्का अभिव्यक्तिहरु | जनतालाई कसिंगर सम्झेकै छौ , हावाले उडाइदियो भनेर गोइ को आसु पनि झार्छौ |
    अफिस हरुमा मा भ्रास्ताचार रोक | राजदुत र बिभिन्ना पद हरुलाई पैसा मा किन बेच न गर |
    बाटो ,घाटो र योजनाको नाउ मा अरबौ को घोटाला न गर | बाटो सधै उस्तै , मेलाम्ची कहिले न आउने , देश का सडक बिदेसिले बनाइदिन पर्ने | तिमीहरु पादेर ठुला ठुला डिङ्ग हाक्ने , भासन छट्ने मात्र ?

    Reply
  3. madan bajracharya says:
    April 1, 2019 at 1:19 pm

    प्रकृतिमा आउने अचनाक परिबर्तन खप्ने झेल्ने योग्यतालेनै मानिसलाई सबै प्राणीहरु भन्दा श्रेष्ठ बनायको कुरा भुल्ने ब्यबस्थापक अर्थात सरकारलाई जान्छ अहिले आंधीको कारणले पर्सामा नागरिकहरु को मृत्यु र धनजनको नोक्सानी भयकोमा/

    मानिस र नागरिक दुवै सब्द्को अर्थ यकै भय पनि धेरै फरक छन्/ मानिस उपेछित, हेल्पलेस; निसहाय र यक्लियको पनि हुन् सक्छ/ मानिस अप्रत्याशित घटनाको सामाना आफ्नै बलबुत्ताले व्यय सम्म मात्रै गर्न सक्ने पनि हुनसक्छ/ तर नागरिक तेसो हुँदैन/ किनभने नागरिक भन्नुको अर्थ नै उ संगथ्तित, ब्यबस्थ्तित र यक अर्को प्रति जिम्मेवार र कुनै पनि अप्रत्यासित बा नियमित तरिकाले हुने घटना प्रति सजक र तयार हुने मानव समाजको अंग हुन्छ; जसमा प्रमुख भूमिका सरकार हुन्छ/ अस्ति आयको भुकम्प बेला बेलामा आयको बाढी पहिरो महामारी र अहिले भर्खरै पर्सामा आयको यो आंधी र तेसबात भयको नागरिकहरु को जिउ धनको छ्यतिले सरकार नेपालको नागरिकहरुलाइ ब्यब्स्थ्तित सुरछित राख्ने भूमिका निभाउन नितान्त असफल मात्रै होईन नितान्त गैरजिम्मेवार भयको समेत देखाउंछ/

    आन्धि भुकम्प बाढी पहिरो महामारी कहिले हुन्छ त्यो त् थाह हुँदैन तर कुनै पनि बेला हुन्त सक्छ भन्ने कुरा नागरिकको सरकारलाई पक्कै थाह छ/ त् घटना पछि यो गर त्यो गर भनेर निर्देशित जारि गर्दैमा …..हुँदैन/ जसरि अस्ति बिप्लवले मात्र केहि गर्न सक्ने सम्भावना लाई लियर प्रचान्द्रलाई ५९ जना प्रहरीको सुरछ्या दियो, बाढी महामारी आंधी को सामाना गर्नु पर्ने अबस्थामा रहेको नागरिकको सुरछ्याको निमित चाहि केहि सतर्कता र तयारि चाहि गरेको देखियन/ त् के सरकार नागरिकहरु प्रति जिम्मेवार छ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme