Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दाँत ठेलेर उद्‍घाटनको भाइरल फोटो कहाँको हो?

Posted on March 18, 2019March 18, 2020 by Salokya


केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भएको छ। फोटोमा एक जना ज्येष्ठ नागरिक महिला मुख बाएर बसेकी छिन्। उनलाई चारैतिरबाट शिकारले झैँ घेरेका छन् माला लगाएकाहरुले। सेतो पञ्जा लगाएका उनीहरुले ती वृद्धाको दाँत ठेलिरहेका छन्। कम्तिमा तीन वटा हात उनको मुखतिर देखिन्छ। मुख बाहिर पनि सेता पञ्जा लगाएका हातहरु छन्। सबै हाँसिरहेका छन्। दन्त शिविरको उद्‍घाटन यस्तो, पाइल्स उपचारको शिविर भए के गर्ने होला? शल्यक्रियाको भए झन् के गर्ने होला भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य प्रशस्त छन्। कुन ठाउँको हो त यो फोटो ? फोटोमा देखिएका को को हुन्? 

 

यो चैत ३ गतेदेखि ६ गतेसम्म ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा आयोजना भएको कार्यक्रमको उद्घाटनको फोटो हो। कार्यक्रम थियो- ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम तथा नोबेल कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम।

दाँत बिग्रेका ज्येष्ठ नागरिकका  लागि नयाँ दाँत राखिएको थियो। फोटोमा देखिएकी एक वृद्धाको नयाँ दाँत राखिएको थियो।

फोटोमा देखिएकी महिला प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर हुन्। यो कार्यक्रमका प्रमुख अतिथि। उनैलाई ट्याग गरी कसैले हालिदिएको फोटो नै सामाजिक सञ्जालमा फैलिएको हो।

फोटोमा देखिएका कालो टोपी लगाउने चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी हुन् भने अरु दुई जनामा प्रदेश सांसद मोहन खड्का, र वडा अध्यक्ष अजय लुइँटेल हुन्।

पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालिको प्राविधिक सहयोग तथा प्रदेश नंं १ सामाजिक विकास मन्त्रालय र हेल्पिङ युथ इटहरीसँगको सहकार्यमा चम्पादेवी गाउँपालिकाले आयोजना गरेको शिविरमा ६० वर्ष माथिका दाँत झरेका वृद्धवृद्धाहरुलाई नि:शुल्क दाँत सेट लगाइदिने, सबै उमेर समूहका नागरिकलाई निशुल्क खुद्रा दाँत लगाइदिने, दाँत निकाल्ने तथा परामर्श दिने काम गरिएको थियो।

काम त ठीकै हो तर उद्घाटनमा चाहिँ त्यसरी दाँतै ठेलेर फोटो खिच्ने आइडिया चाहिँ कसको होला? आइडिया जसको भए पनि त्यसरी उद्घाटन गर भन्दा खुरुक्क मान्ने जनप्रतिनिधिहरुको ताल हेर्नुस् न। गज्जबै छैन त।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme