Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिस नेपाल हुन चाहने सुन्दरीले पालना गर्नुपर्ने अनौठा दुई शर्त

Posted on March 31, 2019March 31, 2019 by Salokya

अहिले २५ औँ मिस नेपाल छान्नका लागि ओरिएन्टेसन चलिरहेको छ।

मिस नेपाल अर्थात् नेपालको सबैभन्दा पुरानो राष्ट्रिय स्तरको अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको सौन्दर्य प्रतियोगिता। यसमा सहभागी हुन चाहने युवती कस्तो हुनुपर्ला त?

अवश्य पनि सुन्दरी हुनुपर्छ। मिस भनेपछि बिहे नगरेको हुनुपर्छ- सामान्य रुपमा धेरैले यति मात्र सोच्न सक्छन्।

तर त्यतिमा मात्र यो सीमित छैन। केही अनौठा शर्तहरु पनि छन्, जुन शायद् तपाईँलाई थाहा नहुनसक्छ। आवेदन फाराममै यी शर्त लेखिएका छन्।

अनौठा दुई शर्त यस्ता छन्-

१) बच्चा जन्माएको हुन नहुने
त्यसो त खासमा अविवाहित हुनुपर्ने शर्त राखिसकेपछि अरु नभए पनि हुने हो। अविवाहित हुनुपर्ने शर्त त पहिलो नम्बरमा नै छ। दोस्रो नम्बरमा भने बच्चा जन्माएको हुन नहुने उल्लेख छ।

अब हेर्नुस् है यहाँ नेपाली समाजको प्रतिबिम्ब। पहिले भए अविवाहित मात्रै भने पुग्थ्यो। अब त बच्चा जन्माएको हुन नहुने पनि थपियो।

भरे बिहे चाहिँ नभएको तर बच्चा जन्माइसकेकी प्रतियोगी सहभागी हुन आए के गर्ने? बच्चा जन्माउन बिहे गरेकै हुनुपर्छ भन्ने त छैन त्यसैले होला आयोजकले कुनै जोखिम मोल्न नचाहेको। कसो कुमारी हुनुपर्छ चाहिँ लेखेनछन्। नत्र त भर्जिनिटी टेस्ट गर्न पाइन्न भन्दै महिला अधिकारवादीहरुले जुलुस निकाल्ने दिन आउँथ्यो होला।

२) शरीरमा टाट्टु खोपेको हुन नहुने
यो एउटा अर्को अनौठो शर्त हो। आजभोलिका युवायुवतीमा टाट्टु खोप्ने खुब चलन छ। तर कसैले त्यसरी टाट्टु खोपेको भए त्यो प्रतियोगिताबाट बाहिरियो। शर्तमा शरीरको कुन अंगमा टाट्टु खोपेको हुन नहुने लेखिएको छैन- बडी लेखिएको छ। त्यसको अर्थ शरीरको जुनसुकै भागमा टाट्टु खोपे पनि अयोग्य हुने भयो।

अरु देशमा यस्तो प्रतिबन्ध छैन। मिस अमेरिकाको टप टेनमा पुग्न सफल मिस कन्सास २०१३ ले टाट्टु देखाएरै प्रतियोगितामा भाग लिएकी थिइन्। हेर्नुस् फोटो-
180686537

अनि मिस युनिभर्स २०१४ को टप टेनमा पुग्न सफल यी मिस स्पेनको फोटोमा पनि टाट्टु देखिएकै छ
miss-spain

यी भए दुई अनौठा शर्त, बाँकी सामान्य पाँच शर्त भने यस्ता छन्-

  • सिङ्गल/बिहे नभएको/प्राकृतिक रुपमा जन्मिएको महिला नेपाली नागरिक
  • उमेर १९ वर्षदेखि २५ वर्षभित्र (पोहोर भने २४ वर्षभित्र हुनुपर्ने शर्त थियो)
  • न्यूनतम शैक्षिक योग्यता १०+२
  • न्यूनतम उचाइ ५ फिट ४ इञ्च
  • आकर्षक, स्वस्थ र राम्रो नैतिक आचरण

यस्तो छ शर्त

यस्तो छ आवेदन फारामको पूर्ण रुप

[मिस नेपाल आयोजकले राखेका यी शर्त तपाईँलाई कस्तो लाग्यो? कुनै शर्त थप्नु वा हटाउनु पर्ने तपाईँको राय छ कि? आफ्नो विचार तल कमेन्टमा लेख्नुस् ]

 

6 thoughts on “मिस नेपाल हुन चाहने सुन्दरीले पालना गर्नुपर्ने अनौठा दुई शर्त”

  1. Shankar says:
    April 3, 2019 at 11:41 pm

    ‘मिया कि दौड मस्जिद तक’ भरे यिनले जिताउने घिरौला , काक्रा , फर्सी , कुबिण्डो , लौका लाइ नै हो यो सब देखाउने दांत हो |पहिले रियालिटी सो मा जज हुदा डोनाल्ड ले त् के के गर्यो अरे भने भ्रास्ताचार को मैदान मा फलेर, धाँदली र मनपरी तन्त्रको मल जल ले हुर्केका हाम्रा मुलाका साग हरु |

    Reply
  2. मुकेश यादव says:
    April 3, 2019 at 10:21 am

    अनि सारीरिक सम्बन्ध अनि त्यस मा के त् ? बाइ फ्रेन्ड संग यौन सम्बन्ध राखे मा बदर त् हुने हैन ?

    मुकेश यादव

    Reply
  3. प्रविण खत्री says:
    April 2, 2019 at 11:38 am

    मीत्रलाई सारै रिस उठेछ क्यार । प्राकृतिक रुपमा जन्मिएको महिला भन्नाले जन्मजात महिला हुनु पर्ने भन्न खोजेको हो । अचेल त पुरुषले पनि कुनै कुनै अंग काटेर अरु कुनै अंग थपेर अनि विभिन्न रंगहरु लिपपोत गरेर महिला बन्ने चलन छ क्यारे ।

    Reply
  4. Mann says:
    April 1, 2019 at 11:05 pm

    लिङ्ग परिबर्तन गरि नारी बनेर आउने लाइ हुदैन भन्न खोजिएको हो.

    Reply
  5. sujan maharjan says:
    April 1, 2019 at 5:02 am

    टेस्ट टिउब बाट जन्मेको हुन्दैन भन्न खोजेको होलानी !!!

    Reply
  6. madan bajracharya says:
    March 31, 2019 at 10:43 pm

    प्राकृतिक रुपमा जन्मेको? के भनेको हो यो खै बुझ्न सकियन/ सबै को जन्म स्त्रीको शरीर भित्रै हुन्छ खालि सिसी, गमला बा बक्सामा त् बच्चा पलाउन्दैन/ अब प्राकृतिक तरिकालेनै जन्मनु पर्छ भनेको अर्थ स्त्रीर र पुरुष बिचमै यौन सम्भंद भयर यौनाङ्ग बाटै बच्चा पेट बात निक्लेको हुनु पर्ने अस्पतालमा सिजरिंग गरेर जन्मायको हुनुन नहुने भनेको हो भने कुरा अर्कै/ यो प्रतियोगितामाराखेको शर्त हरुले इनिहरुको शोचाई तालिवाने अर्थात समस्त स्त्री समुदायलाई मानव होईन कुनै व्यापारीको सोकेसमा …निमित सजाईने बस्तु ठाने मानेको स्पस्ट देखिन्छ/

    यो प्रतियोगिता मात्र नेपालको कुन महिला नेपाली नारि समुदायमा सबै भन्दा सुन्दर छ भनेर खुत्याउन हो; ई आयोजकहरुलाई को सुन्दर नारि हुन् भनेर खुत्याउन होईन/ त् इनिहरुलाई आफ्नै तालिवाने सोचाई अनुसारको शर्त तेर्सायर कसैलाई नेपाल सुन्दरी भन्ने हक समेत छैन/ इनिहरुले जस्तो शर्त राखेर यो प्रतियोगिता गरेको छ तेस्तो शर्त राखेर इनिहरुले आफ्नै घर भित्र आफ्नै परिबारका लाई पनि …..गर्न पाउंदैन; गरेमा इनिहरुको घरकैले इनिहरुलाई लात हान्छ/ यति मात्रै होईन यो प्रतियोगितामा भाग लिन राखेको शर्तहरुले निसन्तान दम्पतीले आधुनिक विज्ञानको प्रविधि प्रयोग गरेर जन्मायको नारीको अधिकार हनन गर्ने दुचेस्ता समेत गर्दै बिशेष गरेर हिन्दु क्रिस्चियनहरुको बिस्वाश गरेको मानव को श्रीस्ती इश्वरले कसरि गरेको थियो भन्ने धार्मिक आस्थामा समेत लातै हानेकोछ/

    अचम्म लाग्छ यस्तो शर्त राखेर इनिहरुलाई यो प्रतियोगिता गर्ने अनुमति नै कसरि पायो र कोहि किन इनिहरुको शर्त मानेर आफुलाई इनिहरुको…..मनाउन चाहे भनेर/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme