Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : स्कुटरलाई ठक्कर दिएर भाग्ने भिआइपीको भ्यानलाई होला त कारबाही ?

Posted on March 30, 2019March 30, 2019 by राजेन्द्र मगर

आज चैत १६ गते शनिबार ७७ परियोजनाहरु सोकेस गरिएको  गरिएको लगानी सम्मेलनमा करिव १६ वटामा लगानी प्रतिबद्धता आएको छ। कतिपय प्रतिबद्धता सोकेस नगरिएका परियोजनाहरुमा समेत छ।

दुई दिनसम्म चलेको सम्मेलनमा करिव ६०० जना विदेशी लगानीकर्ता डाकिएको थियो।

चौधरी समूह र स्काइ पावरसँग ६०० मेगावाट सोलार पावर उत्पादन गर्ने, सिजी र टर्कसेलको फाइभजीका लागि प्रतिबद्धता आएको छ। यसैगरी अरुण तेस्रोमा नेपाली बैंक र भारतीय एसजेभियनसँग समझदारी भएको छ।

रेल, विमानस्थलजस्ता परियोजनाहरु सोकेस गरिए पनि लगानी सम्मेलनमा अधिकांश प्रतिवद्धता जलविद्युत र सोलार पावरका लागि आएको छ। अहिले प्रतिबद्धता भनेर हस्ताक्षर गरिए पनि कतिपय परियोजना पहिलेदेखि नै सञ्चालनमा आइसकेका पनि छन्।

करिब डेढ दर्जन परियोजना अगाडि बढाउने प्रतिबद्धता आए पनि कति रकमको प्रतिबद्धता गरिएको हो खुलाइएको छैन।

सरकारी महत्वकांक्षी परियोजनामा आएन लगानी प्रतिबद्धता, कतिपय प्रतिवद्धता सञ्चालनमा आइसकेका परियोजनामा भन्दै पहिलोपोस्टले लेखेको छ।

आगामी छ महिनाभित्रै केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई निर्माणको ढाँचा टुंगो लगाइने भएको छ।

पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको छ।

रेलमार्गको लागत हालको मूल्यका आधारमा रु तीन खर्ब बराबर हुने छ।

केरुङ–काठमाडौं रेलमार्ग : छ महिनाभित्र डिपिआर टुंगो लाग्ने भन्दै सेतोपाटीले लेखेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग मिलेर पूर्वाधार विकासमा १० अर्ब भन्दा बढी लगानी गर्ने भएको छ।

लगानी सम्मेलनमा एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त कोषको अधिकृत पूँजी २० अर्ब रुपैयाँको हुने छ भने चालू पूँजी १० अर्ब रहनेछ।

एनआरएनएले नेपालको पूर्वाधार विकासमा १० अर्बभन्दा बढी लगानी गर्ने भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

प्रदेश ५ मा आगामी बैशाख ५ गतेबाट हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ सय ७२ स्वर्ण पदकका लागि ५ हजार २ सय ११ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतियोगितामा सहभागी हुने ५ हजार २ सय ११ खेलाडी मध्ये २ हजार ८ सय २५ पुरुष खेलाडी तथा २ हजार ३८६ जना महिला खेलाडीहरु रहेका छन्। उनीहरुले खेल्ने ३५ खेलमा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

आठौं खेलकुदः ३ सय ७२ स्वर्णका लागि ५ हजार खेलाडीको प्रतिस्पर्धा  भन्दै नेपालखबरले लेखेको छ।

पूर्वप्रम लोकेन्‍द्रबहादुर चन्दको एस्कर्टिङ भ्यानले स्कुटरलाई ठक्कर दिएर भाग्यो, होला त कारबाही? भन्दै पहिलोपोस्टले लेखेको छ।

आज सामाजिक सञ्जालमा एकाएक एउटा भिडियो भाइरल भयो। नयाँ बानेश्वर संसद भवन अगाडी स्कर्टिङ भ्यानले स्कुटीलाई हानेर भाग्यो। उक्त भ्यान पूर्व प्रम लोकेन्द्र बहादुर चन्दको थियो।  भ्यानले हानेपछि स्कुटी सडकमा पछारिन पुग्यो। तर प्रहरीको भ्यान ती महिलाको नलागी भिआइपीको सुरक्षामा नै दौडिन्छ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि चौतर्फी विरोध भयो।

ट्राफिक प्रहरीले यो विषयमा पत्र काटिसकेको बताएको छ। घटनाको सत्य तथ्य छानविन गरि कारबाही गर्ने बताएको छ।

सेतोपाटीले स्कुटीमा पछारिने दुई व्याक्तिसँग कुराकानी गरेको छ।

उनीहरु सन्तोष कुँवर र उनकी श्रीमती अम्बिरा कार्की हुन।

उदयपुर त्रियुगा नगरपालिका-६ स्थायी घर भएका उनीहरू तीनकुने बस्छन्। साधारण व्यवसायी हुन्।

घटनाको भिडियो शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुलाई बानेश्वर प्रहरी वृतले बोलाएको बताएका छन्। त्यहाँ सशस्त्र प्रहरी पनि थिए।

घटनामा कुनै क्षती नभएकाले आफुले कुनै क्षतीपुर्ती दाबी नगरेको कुवरले बताएका छन्। दुर्घटना गराउने को थिए जानकारी नभएको सुनाएका छन्।

बानेश्वर प्रहरी बृत्तका अनुसार दुबै पक्षलाई ‘मौखिक मिलापत्र’ गरी पठाइएको छ।

‘पूर्वप्रधानमन्त्रीको पछुवा गाडीले पछाडिबाट पेल्दै-पेल्दै आएर सडकमा लडाइदियो’ भन्दै सेतोपाटीले लेखेको छ।

एसईई परीक्षा समन्वय समिति, सप्तरीका पदाधिकारीहरुले जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको दाबी गरेका छन् ।

परीक्षा समन्वय समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रश्नपत्र एक दिन अगाडि देखा परेपनि सप्तरीबाट लिक नभएको बताए ।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको भन्दै प्रदेश नम्बर २ को नै चौतर्फी आलोचना भएको छ।

प्रजिअको दाबीः सप्तरीबाट प्रश्न पत्र लिक भएको छैन भन्दै अनलाइनखबरले लेखेको छ।

3 thoughts on “आजको खबर : स्कुटरलाई ठक्कर दिएर भाग्ने भिआइपीको भ्यानलाई होला त कारबाही ?”

  1. प्रविण खत्री says:
    April 2, 2019 at 12:16 pm

    १८ बर्षमा सेवा प्रवेश गरी ६० बर्षमा रिटायर हुने कर्मचारीलाई खाईपाई आएको तलबको आधा रकम पेन्सन दिंदा चाँही सरकारलाई आर्थिक व्ययभार बढ्यो भनेर पेन्सन बन्द गर्ने अनि २/३ महिनादेखि बढिमा २/३ बर्षसम्म मन्त्री प्रधानमन्त्री अथवा तथाकथित भि.आई.पि. भएकाहरुलाई चाँही आजिवन औषधी उपचार, लाखौ रुपैया घरभाडा, फ्युल सहितको सवारी साधन, सरकारी तलबभत्ता खाएर त्यस्ता राईस किलरहरुको ब्यक्तिगत सुरक्षाको नाममा घरेलु काममा समेत लगाउने ? यहि हो त लोकतन्त्र ??

    Reply
  2. भिम says:
    March 31, 2019 at 6:04 am

    पुर्ब प्रधान मन्त्रि, मन्त्रि र अन्यलाई सेवामुक्त भएको एक बर्ष पछि एस्कर्ट र कुनै सुरक्षा सरकारको खर्चमा दिनहुँदैन| सुर्यास्त नीति हुन् अति आवश्यक छ|
    नेपालमा सयौ मन्त्रि हरु छन्, पुर्ब प्रधान मन्त्रिहरु र संबैधानिक निकायका प्रमुखहरु पनि टन्नै
    भुतपुर्बहरु छन्|
    यस्तो बोझ देशलाई लाउनु मिल्दैन|
    यस्तो नहोस भनेर पनि आन्दोलन नै गर्नपर्ने? बिद्यार्थी संगठनका कथित विद्यार्थीहरु लुट्न सके लुट गीतको विरोधमा मात्र हुने?

    Reply
  3. madan bajracharya says:
    March 31, 2019 at 1:38 am

    ट्राफिक दुर्घटनामा जव यातायात ब्यबसाईको सिन्दिकेत सिट आबद्ध भयको चालकले सडक नियम मिचेर चलायको गाडीले सामान्य थक्कार दियाकोले सडकमा ढलेको यात्रीलाई गाडी बायक गरेर फेरी किचेर मारेकोमा कार्यवाही गरेको छैन भने यो त् भिआईपिको प्रहरीले चालायको पछुवा गाडीले ठक्कर दियको घटना हो तेसैले यो घटनामा कुनै कार्यवाही होला भनेर कुरा उथाउनुको कुनै अर्थनै छैन/ नेपालमा हुलमुल गर्न सक्ने जत्था सिट सम्भंदित भयकाले जस्तो सुकै अपराध गरे पनि कसैलाई सजाय हुँदै हुँदैन; भय पनि रास्त्रपतिलाई ल्याप्चे लगाउन लगायर सजाय माफ गरि हाल्छ/ किनभने नेपालमा उहिलेको पंचायतकालीन शासक र शाका बर्गको नातेदारलाई कानुनन सजाय दिन नसकिने ब्यबस्थाको नाम बदलेको छ अरु केहि बदलेको छैन/ उहिले राजा र राजपरिवारको भनिने मानिने भन्दा चर्कै भयको छ दलको नेताहरु र तिनीहरुको आसेपासेहरु/ उहिले हुकुम बक्सने को मनमानी चल्थ्यो अहिले सांसदहरुलाई समेत “व्हिप” हान्नेको/ उहिलेकोले “हुकुम बक्सेका छौं” भन्थे अहिलेका ले “व्हिप जारि गरेका छौं” भन्छ/ हुकुम सब्द लाई व्हिप भनिनु र उहिले दरवार भनिने राजगर्ने “सुकुला होईसिने” घरलाई अहिले पार्टी घर बा नेता निवाश भनिनु नै परिबर्तन हो भने भन्नु केहि छैन/

    सडक दुर्घटनामा गाइ गोरु मरे आजीवन कारावास; भैसी मरे ५० हजार जरिवाना तर नागरिक मरे मात्र १७ हजार जरिवाना तिरे जेल पनि बस्नु नपर्ने/ यो कुराले सडक दुर्घटना सम्भंदित कानुन ले मानिसलाई पशुलाई भन्दा निम्न ठाने मानेको देखाउंछ/ सडक दुर्घटना ३ प्रकारको हुन्छ/ ०१. आकस्मित कारणले यसमा यात्रुको लापरवाही पनि समेटिन सकिन्छ/ ०२. चालकको लापरवाहीले ०३. नियत बस; यसमा ठक्कर लागेर घाईते भयकोलाई उपचार गराउनु पर्ला भनेर गाडी बायक गरेर मार्नु र गाडीलाई कसैको हत्या गर्ने हतियारको रुपमा प्रयोग गरेर कसैको ज्यान लिनु बा घाईते बनाउनु पनि समेटिन्छ/ यो बाहेक दुर्घटनामा चालकको दोष नभय पनि घाईते भयकोलाई अलपत्र छाडेर
    गाडी हुइङ्क्यायर भाग्ने चालक पनि नियत बस ज्यान मार्ने भन्दा कम अपराधि त् हुँदैहोईन/ घाइतेलाई अलपत्र छाडेर भाग्ने र आफ्नो गाडीले ठक्कर दियकोले घाईते मात्रै भयको यात्रुलाई फेरी गाडी बायक गरेर किच्चायर मार्ने चालकलाई आज सम्म कडा सजाय दियको सुन्नमा पनि आयको छैन/ के यो कुराले सडक दुर्घटना बात पिडित भयको ले पाउनु पर्ने “न्याय” मा कसैले कालोबजारी गर्दै गरेको देखिन्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme