Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर :डाक्टर श्रीमानबाट पिटिएकी सुनिताको मृत्युदेखि प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

Posted on March 30, 2019March 30, 2019 by राजेन्द्र मगर

आज चैत १५ गते शुक्रवार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।

यो संगसंगै संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ।

अन्यत्र भने परीक्षा जारी रहनेछ ।

बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने त्यही दिन हुनेछ।

प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय भन्दै अनलाइनखबरले लेखेको छ।

‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ संघीय संसद सचिवालयमा अलपत्र परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवबीचको द्वन्द्वको कारण उक्त विधेयक अलपत्र परेको हो।

उद्योग मन्त्रालयले संसदमा पठाउनुअघि मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिमा यो विधेयक पठाएको थियो। तर, विधेयकमा व्यापक फेरबदल गरी मन्त्रिपरिषद्बाट उद्योग मन्त्रालयलाई फिर्ता पठाइएपछि विवाद जन्मियो।

मन्त्रिपरिषद्ले काँटछाँट गरेको विषयलाई उद्योग मन्त्रालयले अस्वीकार गर्दै पुरानै कुराहरु थपेर दर्ता प्रक्रियाका लागि अगाडि बढायो। र, फागुन ३० गतेको मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर संघीय संसदमा उद्योग मन्त्रालयले उक्त विधेयक दर्ताका लागि पठायो।

मन्त्रिपरिषद्ले पठाएको विधेयक संसद सचिवालयमा गएको भन्दै मन्त्रिपरिषद्का एक उच्च अधिकारीले उक्त विधेयक लगानी सम्मेलनअघि संसदबाट पारित गराउन संसदका पदाधिकारीहरुलाई आग्रह गरेका थिए।

तर, उद्योग मन्त्रालयले झुक्याएर पुरानै विधेयक पठाएको थाहा पाएपछि त्यो विधेयक संसद सचिवालयमै रोकियो। र, प्रधानमन्त्री ओली र उद्योग मन्त्री मातृका यादवबीच विवादको थालनी भयो।

प्रम ओली र उद्योगमन्त्री यादवबीच टकराव : संसदमा पुग्यो एउटा कानूनका लागि दुई विधेयक! भन्दै पहिलोपोस्टले लेखेको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रुपन्देहीस्थित आफ्नो पार्टी कार्यालय ‘रातो घर’ भत्काइएकोमा आपत्ति प्रकट गरेको छ।

बुटवलमा सो पार्टीले पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकको घर प्रहरीले डोजर लगाएको भत्काएको हो।

प्रेस विज्ञप्ती जारी गर्दै विप्लव माओवादीलले सरकारले पार्टीलाई जबर्जस्त उद्देलित बनाएको र आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै यसले गम्भीर परिणाम निकाल्ने चेतावनी दिएको छ।

‘रातो घर’ भत्काएकोप्रति विप्लव नेकपाको आपत्ति भन्दै नेपालखबरले लेखेको छ।

दाहालको अमेरिका भ्रमण : हल्लै बढी भन्दै बाह्रखरीले लेखेको छ।

पुष्पकमल दहाल प्रचण्ड अमेरिका हुदाँ एक जना व्यक्तिले दाहाललाई युद्ध अपराधी भन्दै कारबाहीका लागि अमेरिकी सरकारको एक निकायलाई पत्र पठाएको भन्ने पनि सार्वजनिक भयो।

अमेरिका छँदै दाहाललाई नेपाली समुदायले सामाजिक संजालमा आलोचना गरेका थिए। काठमाडौं फर्केपछि दाहालले अमेरिका बस्ने आफूलाई ‘सुपरपावर’ ठान्ने पुराना नेपालीले आफ्नो विरोध गरेको अभिव्यक्ति दिए। श्रीमतीको उपचार गराउन गएका दहाल अन्य  बिवादमा परे।

वीरगञ्ज महानगरपालिका-२० की सुनिता यादवको मृत्यु भएको छ। डाक्टर श्रीमानबाट निर्घात पिटिएकी भन्दै चैत १२ गते उनलाई त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको थियो।

श्रीमानको कुटाइबाट शरीरभरि र टाउकोमा समेत चोटपटक लागेकी यादवलाई सुरूमा नारायणी उपक्षेत्रीय अस्पताल हुँदै वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि चैत १२ गते शिक्षण अस्पताल ल्याइएको थियो।

यादवलाई चैत ६ गते श्रीमानले कुटपिट गरेका थिए। कुटपिट गर्ने डाक्टर सचितानन्द यादवलाई गत शुक्रबार पर्सा प्रहरीले पक्राउ गरिसकेको छ। यादव गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्।

सुनिता सचितानन्दकी जेठी श्रीमती हुन्।

डाक्टर श्रीमानबाट पिटिएकी सुनिता यादवको मृत्यु भन्दै सेतोपाटीले लेखेको छ।

शुक्रबार सुरु भएको नेपाल लगानी सम्मेलन २०१९ सबैभन्दा बढी चर्चा र चासो जलविद्युत् क्षेत्रको भएको छ । शनिबार सकिने सम्मेलनमा उद्घाटनसहित ६ वटा सेसन भए सबैभन्दा बढी चर्चा र लगानीकर्ताहरु उर्जा क्षेत्रमै आकर्षित भए।

लगानी सम्मेलनको पहिलो दिन: ऊर्जा क्षेत्रकै चर्चा बढी भन्दै देशसञ्चारले लेखेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme