Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकाले प्रचण्ड पत्नी सीतालाई कस्तो बनाएर पठायो ? देखि पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैद !

Posted on March 28, 2019March 28, 2019 by राजेन्द्र मगर

आज चैत १४ गते बिहिबार नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘क्रान्तिकारी रोमान्सतिर’ लाग्न नहुने बताएका छन्।

मन्रीपरिषदकाे निर्णय सुनाउने क्रममा उनले भने, ‘आतंककारी क्रियाकलापलाई सरकारले पराजित गर्छ। हिंसा भयो भने बढी क्षति सर्वसाधारणलाई हुनेछ। यसअघि हामीले धेरै क्षति गरिसकेका छौं।’

विप्लवलाई उचालेर क्रान्तिकारी रोमान्सतिर नलागौं: प्रवक्ता बास्कोटा भन्दै पहिलाेपाेस्टले लेखेकाे छ।

जनकपुरमा पाँच जनाको ज्यान जाने गरि भएको बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जयकुमार साह (टकला) सहित सातजनालाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।

जन्मकैद सजाय पाउनेहरुमा पूर्व मन्त्री साह ’टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेका छन्र।

आइतबारदेखि न्यायाधीश राजेश कुमार कटुवालको इजलासमा यो मुद्दाको अन्तिम सुनुवाई चलिरहेको थियो।  घटना ६ वर्ष अघि भएकाे छ।

जनकपुर बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जय साहसहित ७ जनालाई जन्मकैद भन्दै सेताेपाटीले लेखेकाे छ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचार गराएर अमेरिकाबाट स्वदेश फर्किएका छन् ।  उनले अमेरिकामा गरिएको उपचारबाट पत्नी सीताको स्वास्थ्यमा केही सुधार देखिन थालेको जानकारी दिए ।

सीता दाहाल पार्किन्सनजस्तो देखिने एक जटिल रोगबाट पीडित छिन् । यसलाई प्रोगेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । अमेरिकामा पीएसपी उपचारको नयाँ प्रविधि र वैज्ञानिक अनुसन्धान भइरहेको अस्पतालमै सीतालाई उपचारका लागि लगिएको हो।

पीएसपी विश्वकै अत्यतन्तै दुर्लभ रोग हो। यो रोग अत्यन्तै कम मानिसहरुलाई देखिन्छ। यो रोगको लक्षण पार्किन्सनसँग मिल्न गए पनि पार्किन्स नै भने होइन।

पिएसपीले मानिसहरुलाई हिँड्न गाह्हो बनाउने, निद्रा नलगाउने र मष्तिष्कमा सर्कुलर भएको रगत बन्द गराउने समेत गर्छ।

अमेरिकाले सीता दाहाललाई कस्तो बनाएर पठायो ? भन्दै अनलाइनखबरले लेखेकाे छ।

प्रधानमन्त्रीको विशेष अन्तरवार्ता : ‘ज्ञानेन्द्रजी आफ्नो थान्कामा बस्नुस्, विप्लवले लुटेर खान छाडे हुन्छ’ भन्दै राताेपाटीले लेखेकाे छ।

राताेपाटीले अन्तर्रवाता गर्दै भनेका छन्, ‘देशबाट गरिबी उन्मूलन गर्नुछ । म चाउचाउका पोका बाँड्न हिँडेको होइन, देश धनी बनाउन हिँडेको हो।’

सर्वोच्च अदालतले प्रहरीले पक्राउ गरेका विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीलाई दिन दिनभित्र उपस्थित गराउन आदेश दिएको छ।

शनिबार काभ्रे‍मा पक्राउ परेका ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनीकी छोरी विपनाले बुधबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पक्राउ गर्नुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

ओलीलाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश भन्दै  देशसञ्चारले लेखेकाे छ।

1 thought on “अमेरिकाले प्रचण्ड पत्नी सीतालाई कस्तो बनाएर पठायो ? देखि पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैद !”

  1. madan bajracharya says:
    March 29, 2019 at 11:20 am

    तराईबाशीहरुमा मैथिलीहरु नेपालको इतिहासमै आफ्नो उपस्थिति महसु गराउन आदिबाशी जनजाती हुन्/ राजा जय प्रकाश मल्लको सेनामा मैथिली सेना हुनु; राजा रणबहादुर शाहको दोश्रो पत्नी पनि मैथिली बात मैथिलिहरुको रौँ सिट पनि टकलेको नेपालको अन्य जाति सिट घिनाउने तर बिहारी सिट आफ्नो रोटि बेटी रगतको सम्भंद भयको भन्ने “टकले” को समुदाय दाज्न पनि सकिंदैन/

    रामायण काल महाभारत काल भन्दा धेरै अघिको हो/ तेतिबेलानै तराईको भूमिमा मैथिलीहरुको मिथिला पनि भनिने जनकपुर राज्य थियो/ तर नेपालको मात्रै होईन भारतको इतिहासमा पनि कहिँ कतै टकलेको मधेशी भन्नेको इतिहासिक उपस्थिति जनाउने केहि छैन/ तर सुगौली सन्धिमा नेपाललाई गद्दारी गरेर अंग्रेजलाई सघाउने मधेसीलाई नेपालको सरकारले केहि कार्यवाही नगरिने प्रावधान चाही छ/

    टकलेको मधेसी समुदाय को यथार्तता भनेको उनीहरु नेपालको तराइ पसे बसे पछि आफुलाई “मधेसी” भन्ने बिहारी हरुनै हुन्/ यदि मैथिलीले आफ्नो इतिहासिक गौरव कायम राख्न खोजे तराईलाई मधेसीको मधेश बनाउने टकलेको समुदाय कूस्वप्न-दुस्वप्न पुरा हुने सक्दैन/ तेसैले हो टकले मैथिलीको समारोहमा बम पद्कायर मैथिली दवाउन खोजेको/
    अब नेपाल प्रति को कति समर्पित छ भन्ने कुरामा मैथिली समुदायको रौँ सिट पनि “टकले समुदाय”काले दाज्न सकिंदैन/ नेपाल अंग्रेज बीच युद्ध हुँदा “टकले समुदायकोले गरेको नेपाल प्रतिको गद्दारी” को बर्णन सुगौली संधिमै छ/

    संघियता अपनायको नेपालमा यदि नेपालको इतिहासमै सुनाम कमायको ऐतिहासिक आधार पनि भयको मैथिलीले तराइमा मिथिला प्रदेश बनाउने माग गरेमा टकलेको मधेशाबादमा डढेलो लागेर तेस्को तापले तराईलाई मधेशीको स्वायत प्रदेश बनाउंदै भोलि सिक्किम बनाउन योजना बुन्दै गर्नेको मुटु नै पोल्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme