Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रन्जु दर्शनालाई खानेपानी मन्त्री बिना मगरको प्रश्न : ‘मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई तयार हुनुहुन्छ?’

Posted on March 27, 2019March 27, 2019 by राजेन्द्र मगर

आज चैत १३ गते बुधबार पहिलोपोस्ट डटकमले सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल पनि सरकारबाट बाहिरिने विषयमा छलफल अगाडि बढाएको लेखेको छ। पछिल्लो साता फोरमका नेताहरुले सरकारबाट बाहिरिन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका थिए।

आफ्नाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको भन्दै खानेपानी मन्त्री विना मगर विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनामाथि खनिएकी छिन्।

विकेकशील नेपाली दलले हालै मात्र मेलम्ची खानेपानी आयोजनामा अनियमिता भएको भन्दै अख्तियारमा उजुरी दिएको थियो। त्यसक्रममा रञ्जुले मेलम्चीमा के भइरहेको छ, मन्त्रीले जानकारी दिनुपर्ने बताएकी थिइन्।

तर, मन्त्री मगरले रञ्जुमाथि आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छन्।

मन्त्री मगरले प्रेस विज्ञप्ती जारी गर्दै भनेकिछिन्, ‘मेलम्ची आयोजनामा अनियमिता भएको प्रमाणित भए म जुनसुकै सजाय भाग्न तयार छु। यदि अनियमिता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु।’

मन्त्री वीना मगरले रञ्जु दर्शनालाई इतिहास सम्झाइन् भन्दै अनलाइन खबरले लेखेको छ।

बन्द भएको १० महिनापछि मलेसियाको गन्तव्य  खुल्ने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र म्यानपावर व्यवसायीबीच भएको छलफलका क्रममा कलिङ भिसा आएर रोकिएकालाई पहिलो चरणमा एक साताभित्र मलेसिया पठाइने सहमति भएको हो।

१० महिनापछि मलेसिया खुल्दै, पहिलो चरणमा सात हजार उड्ने भन्दै सेतोपाटीले लेखेको छ।कलिङ भिसा आएका करिब ७ हजार जनालाई पहिलो चरणमा पठाइने जनाइएको छ।

१० महिनापछि मलेसिया खुल्दै, पहिलो चरणमा सात हजार उड्ने भन्दै सेतोपाटीले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १० गतेअघि नै पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुङ्गाएर सबैलाई अर्को ‘सरप्राइज’ दिने बताएका छन् ।

वैशाख १० गते पार्टी स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा एकताको प्रक्रिया टुङ्गिसक्ने समेत उनले बताएका छन्।  त्यस्तै सोही दिन ओलीले सरप्राइज दिने बताएका छन्। उनले भने, ‘त्यो सरप्राइज जस्तै हुनेछ,  छिट्टै हुनेछ।’

वैशाख १० अघि अर्को सरप्राइज दिनेछौँ : प्रधानमन्त्री भन्दै रातोपाटीले लेखेको छ।

बुटवलमा बुटवल उपमहानगरपालिका– १ गडी टोलमा भारतीय नागरिकको गोली प्रहार गरी हत्या गरिएको छ।

बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको आज अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।

बुटवलमा गोली प्रहार गरी भारतीयको हत्या भन्दै नेपालखबरले लेखेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ। एसईई परीक्षामा अवरोध नगर्न राष्ट्रिय परीक्षा बोर्डले अनुरोध गरेकाले ४ लाख ७५ हजार विद्यार्थीको परीक्षा र कानुन व्यवसायीको पनि चुनाव परेकाले त्यसलाई ध्यानमा राखेर बन्द फिर्ता लिएको पार्टीका महासचिव विप्लवले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

विप्लवले लिए नेपाल बन्द फिर्ता, सरकारलाई उचित जवाफ दिने चेतावनी भन्दै देशसञ्चारले लेखेको छ।

मेलम्ची आयोजनामा ‘काम छोडेर भोगेको’ भनिएको इटालीको सीएमसी कम्पनीले सरकारसँग २ अर्ब ५२ करोड रुपैयाँ क्षतिपूर्ति मागेको खुलेको छ। सीएसीले गत फागुन २७ मा खानेपानी मन्त्रालयलाई पत्र पठाउँदै भूकम्प तथा नाकाबन्दीमा धेरै काम गर्नुपरेको र नेपाली सब–कन्ट्रयाक्टरहरुलाई रकम तिर्न बाँकी रहेको भन्दै उक्त रकम माग गरेको हो।

पुस ३ गते सीएमसीले मेलम्ची आयोजनाको काम छोडेर क्रिसमस र नयाँ वर्ष मनाउन भन्दै इटाली फर्किएको थियो।

काम छाडेर भागेको मेलम्ची ठेकेदारले माग्यो साढे दुई अर्ब भन्दै बाह्रखरीले लेखेको छ।

 

4 thoughts on “रन्जु दर्शनालाई खानेपानी मन्त्री बिना मगरको प्रश्न : ‘मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई तयार हुनुहुन्छ?’”

  1. SUN says:
    March 31, 2019 at 10:37 am

    खोइ क खोइ के? मन्त्रि भएसी कहाँ नेर भ्रस्टाचार भो भएन त्यो त थहा हुनु पर्यो नि| आफ्नु जिम्मेबारी बहन गर्नु पर्यो|

    Reply
  2. KAMAL says:
    March 29, 2019 at 9:58 am

    चरित्र हुने को पो चरित्रहत्या हुन्छ. इज्जत हुने को पो बेइज्जत हुह्छा. तिमि जस्ता पोइ फेर्दै हिड्ने अनि भास्ताचार ले गनायाकी लाई जसले जे भने पनि के फरक पर्छ र?

    Reply
  3. मुकेश यादव says:
    March 29, 2019 at 7:23 am

    अब नभएको कुरा कसरि छिनने ? जस को चरित्र नाहीं छैन उसको चरित्र कसरि हत्या करने ?

    दौरा न सौरा को खलती भने झैं इनी बिना मगर (म गर कि तँ गर ? बिना गर याने कि केहि पनि न गर ) छारष्ट करेर कुर्लिने भाषन मा /

    बेपारी र पैसा टक्र्याउने ले जे बोल भने त्यो कुरा बिना विचार, सोच , यी “बिना” को मुख बाट मल जस्तो भ त् त् त् ओकलिंछ हरेक भाषण मा
    दुइ टका को बुद्धि नभएकी यस्ती लाइ मन्त्री पद दिने कुन महापुरुष ?

    अनि अहिले मन्त्री भएर भुएँ मा खुट्टी छैन यी मगर तँ गर बिना गर को घिचाने र घिचने त्यहि सिर्फ

    Reply
  4. madan bajracharya says:
    March 28, 2019 at 12:31 pm

    भर्खरै राजनीतिमा लागेकी सायद अहिले देखिने नेता नेत्री भन्दा सबै भन्दा कम उमेरकी भयर पनि आफ्नै बल्बुत्तामा राजनीतिमा आफ्नो उपस्थ्ति देखाउन सफल हुनु “रन्जु” को व्यक्तित्व मा केहि त् छ/ तर उसको तुलनामा बिना मगर सिट केछ? अहिले जुन पदमा र जुन हैसियत उनीले पायको छ के तेस्को पछाडी …..; यो बाक्य पुरा गर्नु अघि रामचन्द्र पौडेल लगायतले सुजातालाई बोले टिका लगायर…..भनेको बेला सुजाताले भनेथ्यो तिमीहरु पनि उसको बाउले टिका लगायरै……..भनेको कुरा मित्रहरुलाई याद भयकै हुनु पर्छ/ त् के बिना मगर पनि बाउले टिका लगायर …..बनायको सुजाता जस्तै छैनन् के?

    अब मित्रहरुलाई अर्को कुरा भन्छु/ भारतमा अत्यन्त लोकप्रिय भयको नेता सायद नाउ जय प्रकाश नारायण हो क्यारे; ठ्याक्कै सम्झन सकेन/ उस कहा भारतको यक जना अत्यन्त धनि समाजसेवामा लागेको व्यक्ति भेट्न आयो र उसले नेतालाई भने “म पनि राजनीतिमा आउँ चाहन्छु/ तव नेताले उसलाई अलि होच्यायर केहि भने/ त् त्यो व्यक्ति साह्रै रिसायो/ अनि नेताले भन्यो ‘नरिसाउनुस मैले तपाई कसैले केहि गलत भनेमा उत्तेजित हुने कमजोरी बाकि छ बा छैन जान्न मात्रै मैले तपाइंलाई केहि अप्रिय सब्द भनेको; किनभने अरुको कुरा सुनेर उत्तेजित हुने व्यक्ति कहिले पनि सफल राजनीतिग्य हुन् सक्दैन/

    बिना मगर खाने पानि ब्यबस्था गर्ने जिम्मेवारी पायको मन्त्रि जस्तो पदमा पदस्थापित भयको छ; कसरी कसले म भन्न चाहन्न किनभने गिरिजा कोहि नभयको भय कोहि पनि नबन्ने सुजाता भन्दा बिना मगर खासै भिन्न छैन/ बिना मगरले आफ्नो इतिहास को बारेमा केहि बोलेको छ/ जसको इतिहास बन्छ जसको बारेमा इतिहास बोल्छ त्यो आफैले आफ्नो इतिहासको बारेमा कहिले बोल्दैनन किनभने इतिहास कसैको “मपाइ गाथा” होईन” / तर बिना मगरले बोल्यो; बोल्यो के भन्ने मपाईगिरि देखायो/ त् के बिना मगर मन्त्रि त् बनियो बा बनाईयो तर के उनिमा राजनीतिग्यमा हुने ….केहि छ? मेरो ठहरमा त् केहि पनि छैन/ किनभने अरु बात कार्य सम्पादन गराउने उच्च पदमा बसेको जस्तै बिना मगरले आफ्नो मातहतमा बसेकोले गल्ति गरेकोमा पनि जिम्मेवारी लिनु पर्ने हुन्छ; जसरि प्रचंद्र बाबुरामहरुले उनीहरुको लडाकुहरुले गरेको….हरुको जिम्मेवारी लियको थियो/ राजनीतिग्य हुन् भनि चिन्हाउने कुरा यहि त् हो/

    सायद अहिले पनि उनीहरुको जनयुद्ध चल्दै थियो भने यी सब्दको मोल केले असुल्थी होलि तेस्को अन्दाज छ मलाई/ म त् जावो भुसुना जस्तै हो; तैपनि यति बोले लेखे भने रन्जु कुनै भुसुना जस्तै होईनन उनीलाई पनि पक्कै हेक्का छ होलानै उनीले प्रचंद्र जस्तो “डीफायक्तो नेता र अरु पनि अनेकौं ….” को बुहारी मन्त्रीको बिरुद्ध अख्तियारमा उजुरी दिंदा कसैले के सम्म गर्न सक्छ भनेर/ तापनि रंजुले अदृस्य बरदान पायर खानेपानी मन्त्रि बनेकीको बिरुद्ध ..गर्ने हिम्मत देखायो/ “हिम्मत हुने ले राजनीतिको नेतृत्व गर्छ; आज नभय भोलि त् पक्कै तर हिम्मत गर्नेको हुर्मत लिन खोज्नेको के हुन्छ? यो के हुन्छ भन्ने प्रश्नको उतर बिना मगर आफैले आफुलाई गतिलै जवाफ पाउनेछ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme