Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विद्यार्थीले कम ग्रेड ल्याए विषय शिक्षक बर्खास्त ! देखि १० लाख धरौटी बुझाउन नसक्दा साढे २३ किलो सुन प्रकरणका आरोपी जेल चलान

Posted on March 27, 2019 by राजेन्द्र मगर

आज चैत १२ गते मंगलबार साढे २३ किलो सुन प्रकरण : १० लाख धरौटी बुझाउन नसकेपछि तिरुवा दाजुभाइ नै जेल चलान भन्दै पहिलोपोस्टले लेेखेको छ।१० लाख धरौटी बुझाउन नसकेपछि तिरुवा दाजुभाइ दुवै जेल चलाउन भएका छन्।

राजस्व अनुसन्धान विभागले तिरुवा दाजुभाइसहित पाँच जनाका नाममा सोमबार जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको थियो। कञ्चनपुरबाट बरामद गरिएको साढे २३ किलो सुन प्रकरणमा उनीहरु मुछिएका थिए। मंगलबार जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले उक्त आदेश दिएको हो।

जिल्ला आदालत कञ्चनपुरले सुरज तिरुवालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनका भाइ लक्ष्मण तिरुवालाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

विद्यार्थीले कम ग्रेड ल्याएमा विषय शिक्षकलाई सेवा मुक्त बनाउने प्रस्ताव तयार भएको छ। विद्यार्थीको कम ग्रेड आएमा प्रधानाध्यापकको ग्रेड रोक्का र विद्यालयको अनुदान कटौटी गर्न पनि प्रस्ताव गरिएको छ। त्यस्तै प्रतिवेदनमा परीक्षाको नतिजाको आधारमा विद्यालयलाई पुरस्कार र दण्डको ब्यवस्था प्रस्ताव गरिएको छ।

यो प्रतिवेदन माध्यमिक शिक्षा परीक्षा (एसईई) को  लागि तयार गरिएको हो।

एसईई परीक्षामा तीन वर्षसम्म एकै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीको ग्रेड ‘डी’ र ‘ई’ आएमा सम्बन्धित विषय शिक्षकलाई सेवाबाट मुक्त गर्ने प्रस्ताव गरिएको हो। यसैगरी ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले डी र ई ल्याएका सम्बन्धित विद्यालयको प्रधानाध्यापकको समेत ग्रेड रोक्का गर्नुपर्ने र विद्यालयले पाउँदै आएको सरकारी अनुदान घटाउने प्रस्तावसमेत छ।

विद्यार्थीले कम ग्रेड ल्याए विषय शिक्षक बर्खास्त ! भन्दै अनलाइन खबरले लेखेको छ।

८ लाख रुपैयाँ घूस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

भ्रष्टाचार निवारण गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर घूस लिने पाठकविरुद्ध मंगलबार अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

आयोगले घूस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको छ।

७८ लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता भन्दै नेपालखबरले लेखेको छ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव माओवादीका नवलपरासी पश्चिम इञ्चार्ज सुमन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ।

ज्ञवालीलाई बर्दघाट नगरपालिका–२ चिसापानीस्थित घरबाटै प्रहरीले पक्राउ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव उनी वैद्य समूह हुँदै विप्लव माओवादीमा प्रवेश गरेका हुन्।

विप्लव माओवादीका नवलपरासी पश्चिम इञ्चार्ज पक्राउ भन्दै सेतोपाटीले लेखेको छ।

सरकारले एक हप्ताभित्र आफ्ना माग पूरा नगरे ३२ वटै जिल्लाका सम्पुर्ण प्राविधिकहरुको सामुहिक राजीनामा दिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चेतावनी दिएको छ।

पुर्ननिर्माण प्राविधिकहरुले पहिलादेखिनै खाईपाई आएको भत्ता, सुरक्षा तथा स्वास्थ बिमा, स्थायित्व निरन्तरता, स्थानीय तहमा छुट्टै पुर्ननिर्माण शाखाको ब्यवस्था र सुरक्षाको प्रत्याभूति हुनुपर्ने पनि माग राखेको छ।

‘सेवासुविधा नदिए सामूहिक राजीनामा दिन्छौ’ भन्दै देशसञ्चारले लेखेको छ।

1 thought on “विद्यार्थीले कम ग्रेड ल्याए विषय शिक्षक बर्खास्त ! देखि १० लाख धरौटी बुझाउन नसक्दा साढे २३ किलो सुन प्रकरणका आरोपी जेल चलान”

  1. madan bajracharya says:
    March 27, 2019 at 11:24 am

    विद्यार्थीले परिछ्यामा कम मार्क ल्याउनु शिछ्यककै कमजोरीले मात्रै हुँदैन/ बिद्यार्थीहरुको मानशिक छ्यमता सबैको बरावर हुँदैन/ जत्ति सुकै राम्रो विद्यार्थी पनि परिछ्याको अगाडी कुनै कारण बस राम्रो तयारि गर्न नसक्ने पनि हुन्छ/ यो बाहेक परिच्य्या दियको बिषय जाच्ने ले पनि लापरवाही गर्न सक्ने कयौं घटनाहरु बिगतमा भयकै छ/ यो कुरा मैले आफैले पनि भोगेको पनि छु देखेको पनि छु/ मेरो छिमेकीले जाँच्न ल्यायको यस यल सीको कपि सबै उसले कापी जाँच्नु अघिनै उसको परिबारले खालि सिसि पुराको कागज किन्न आउनेलाई बेचि दियो/ तेस्को निराकरण उसले कसरि गर्यो त्यो थाह भयन/

    तर शिछ्यक नराम्रो हुन् नसक्ने चाहि होईन/ दलको नेताको सिफारिस मात्रको भरमा अस्थाई बा करारमा शिछ्यक नियुक्त हुँदै गरेको देख्दै आयकै कुरा हो/ तेस्तो शिछ्यकहरु कयौं त् स्थाई हुन् लिने परिछ्यानै उतिर्ण हुने खालको छैन तापनि तेस्तोलाई “यक पटकको निमित” भनेर पटक पटक स्थाई गर्दै आयकै छ/ यस्तो सिफारिशको भरमा नियुक्त हुने शिछ्यक पधाउनमा कम राजनीतिमा बढी लाग्छन र तेस्तो शिछ्यकलाई कसले बर्खास्त गर्न सक्ला?

    फेरी विद्यार्थीले परिछ्यामा कम मार्क ल्यायो भन्दैमा शिछ्याकलाई बर्खास्त गर्ने नियम बने पनि त्यो लागु गर्ने सकिंदैन किनभने अदालतमा तेस्तो नियम लगायर बर्खास्त गरेको कुरा जायज भयको कसैले प्रमाणित नै गर्न सकिंदैन/ तेसैले परिछ्याको नतिजा हेरेर होईन पढाई हुँदै गरेकै बेला समय समयमा स्कुल कलेजमा परिछ्या आउनु भन्दा अघिनै नियमित तरिकाले क्लासमा विद्यार्थीको बुझ्ने छ्यमता र शिछ्यकको बुझाउने छ्यमताको साथ् साथै उ सम्भंदित बिषयमा पढाउन बुझाउन योग्य छ छैन भनि नियमित तवरले अनुगमन गर्नु पर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme