Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : विप्लवलाई नियन्त्रण लिने प्रधानमन्त्रीको चेतावनी लगत्तै विप्लवले गरे आन्दोलनको घोषणा

Posted on March 26, 2019 by राजेन्द्र मगर

आज चैत ११ गते आइतबार नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ। उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ। नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विप्लवलाई चैतभित्रै नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए।

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु समेत पक्राउ परेका छन् ।

प्रतिबन्ध हटाउन माग गर्दै विप्लवले घोषणा गरे आन्दोलन भन्दै अनलाइन खबरले लेखेको छ।

दिनभर ज्याला मजदुरी गर्दै नन्दी रात्री स्कुलमा पढ्न तीन पात्रको कथा पहिलोपोस्टले लेखेको छ। फ्याम्ली ट्रयाजेडीले गर्दा होटल तथा घरायसी काम गर्दै पढ्न संघर्ष गरिरहेका तीन जना पात्रको संघर्ष कथामा देखाइएको छ।

तीन जना मध्य एक जना पात्रको कथा यस्तो छ।

नन्दी रात्री स्कुल। साँझको ७ बजेको छ। कक्षा ७ को ह्वाइट बोर्ड अगाडि एउटी किशोरी नेपालीको रीस र राक्षस पाठ पढिरहेकी छिन् उनले पढेको अन्य विद्यार्थी चाख मानेर सुनिरहेका छन्।

त्यतिकैमा टिफिनको घण्टी लाग्छ। उनी आफ्नो कथा सुनाउन तयार हुन्छिन्। दार्चुलाकी ममिता धामी हुन् उनी। १४ वर्ष उमेर।

उनी सानै छँदा बुबाआमा छुट्टिए। आमाले माइतीको सहारा लिइन। मावलीले उनको चार जनाको परिवारलाई पाल्न सकेन। ममितालाई एकजना चिनजानकै मान्छेको साथ लगाएर काठमाडौं पठाइदिए।

दार्चुलाबाट काठमाडौं छिर्दा उनी प्रस्ट बोल्न जान्दैन थिइन्। सुदूर पश्चिमेली लयमा ‘आया हुन्.. गया हुन्..’ भन्दा सबैले अचम्म मान्थे। घरमै काम गर्दा पनि अफ्ठ्यारो हुन्थ्यो।

चार वर्षदेखि उनी लाजिम्पाटको एउटा घरमा घरायसी काम गर्छिन्। स्कुल आउन थालेको भने दुई वर्ष भयो।

अहिले उनी बिहान उठ्नासाथ दुई बच्चाको स्याहारमा व्यस्त हुन्छिन्। पकाउने, खुवाउने र बच्चा तयार बनाएर स्कुल पुर्‍याउँदा बिहान बित्छ। खाना पकाउने, भाँडा तथा लुगा धुँदा दिन बित्छ। चार बजे घरको सबै काम सकाएर स्कुल पुग्छिन्।

सानैमा बुबाआमाको मायाबाट बञ्चित भएकी उनले दुई बच्चा स्याहार्नु पर्छ। त्यहाँका बच्चाहरुले पाएको सेवा सुविधा देख्दा छक्क पर्छिन्। अनि मनमनै आफैँलाई भन्छिन्, ‘मेरो नि परिवार राम्रो भइदिएको भए?’

उनलाई पनि आमाको काखमा लुटुपुटु गर्न मन लाग्छ। आमाले पकाएको खान मन लाग्छ। परिवारसँग घुम्न मन लाग्छ। तर, आमासँग बस्दा आमाले धेरै झन् दु:ख पाउने थाहा छ। यसरी बस्नुको बिकल्प नभएको बुझिसकेकी छिन्। त्यसैले फोनमा कुरा गरेर चित्त बुझाउँछिन्। भन्छिन्, ‘धेरै पढेपछि आमालाई सुख दिन्छु।’

मावलामा हुर्किएकी उनलाई बुबाबारे थाहा छैन। आमालाई सोध्दा यत्ति मात्रै भन्छिन्, ‘तेरो बाउले गर्दा कुक्कुरले नपा’को दु:ख पाइयो। हाम्रो भाग्य नै यस्तो रै’छ!’

आमाले यसो भन्दा सानो छँदाका कुरा स्मृतिमा आउँछ। मावलका छरछिमेकले लगाएका बचनहरु याद आउँछ। आमाका संघर्ष याद आउँछ। अनि आफैसँग प्रण गर्छिन्— ‘जसरी भए पनि धेरै पढ्छु।’

उनलाई लाग्छ — आमा बुबाले पढेको भए अहिले दु:ख हुँदैनथ्यो। परिवार छुट्टिँदैन थियो। एउटा परिवार तीन टुक्रा भएर बस्नु पर्दैन थियो। कलिलो उमेरमै अरुको बच्चाको आमा हुनु पर्दैनथ्यो।

जे नहुनु थियो, भइ त गयो।

‘म अहिलेको जतिमात्र पढेको भए पनि ममीलाई अन्याय हुन दिन्नथेँ। बुबालाई सम्झाउँथे। त्यति बेला सानै थिएँ, के भयो थाहा भएन,’ सानै उमेरमा व्यवहारिक बोली सुनाइन्, ‘शिक्षाको कमीले पनि मान्छेहरुको जिन्दगी तहसनहस हुने रहेछ।’

टिफिन टाइम सकिएको जनाउ घण्टी लाग्छ। त्यतिन्जेल ममिताले आफ्नो कथा सुनाइसक्छिन्। ‘जान्छू है भन्दै’ हतारिँदै कक्षा कोठामा छिर्छिन्।

सधै झै रातको ९ बजे स्कुल छुट्टी हुन्छ। ममिता कक्षाबाट निस्किन्छिन्।

को सँग जाने?

‘त्यहीँ लाजिम्पाट त हो, एक्लै जान्छु। त्यता जाने कोही साथी छैनन्।’

डर लाग्दैन?

‘पहिले पहिले त लाग्थ्यो। अब त बानी भइसक्यो। पढ्नलाई अध्याँरोदेखि डरायो भने जिन्दगी नै अध्याँरो हुने रहेछ।’

अनि यति राति हिँड्दा कसैले पछ्याउँदैनन्/ जिस्क्याउँदैन?

‘एकपटक पछ्याएका थिए। म छिटोछिटो भागेँ। त्यसपछि त्यस्तो छैन।’

उनी यति भन्दै त्यहाँबाट बिस्तारै बिस्तारै ओझेल भइन्।

पुरा कथा पढ्न यो लिंक क्लिक गर्नुस्।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित सिल्डुङ निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।

आयोजनाको ठेकेदार कम्पनी सिआरसीको क्याम्पको स्टोरमा सोमबार साँझ भएको बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको ज्यान गएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट, चार जनाको मृत्यु भन्दै सेतोपाटीले लेखेको छ।

यसैबीच आफ्ना नेता कार्यकर्ताहरु गिरफ्तारी गरेकाे भन्दै विप्लव नेकपाले १६ गते नेपाल बन्दकाे आयाेजना गरेकाे छ भन्दै नेपालखबरले लेखेको छ।

कांग्रेसले सरकार संवैधानिक व्यवस्था विपरित प्रतिपक्षको अस्तित्व अस्विकार गरेर महत्वपूर्ण स‌वैधानिक नियुक्तहरुकाे निर्णायमा लागेकाे भन्दै विरोध जनाएको छ ।  सरकारले लोकतान्त्रिक पद्धती र संवैधानिक प्रावधान विपरितको कार्य गरेको आरोप लगाएको छ।

प्रतिपक्षविनै संवैधानिक नियुक्ति संविधान विपरित : कांग्रेस भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

काठमाडौं- गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले पेन्सनलगायतका सेवा, सुविधा समान रुपमा उपलब्ध गराउन बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दै थप ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

बेलायत सरकारले पेन्सनलगायतका सेवा, सुविधामा गरेको विभेद अन्त्यका लागि तत्काल वार्ता समिति गठन गरी बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दै थप ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

गेसोद्वारा तीन महिने आन्दोलनको कार्यक्रम घोषणा भन्दै देशसञ्चारले खेको छ।

5 thoughts on “आजको खबर : विप्लवलाई नियन्त्रण लिने प्रधानमन्त्रीको चेतावनी लगत्तै विप्लवले गरे आन्दोलनको घोषणा”

  1. मुकेश यादव says:
    March 29, 2019 at 7:35 am

    बिप्लव ले लुटेर सबै बर्बाद करेको छ / यो बिप्लव भन्ने लाई कुनै दिन आफ्नै कार्य करता ले नराम्रो संग सिखाउने छन् घिचन करन नपाए पछि
    जुन थाल मा खाएर तेही थाल मा थुकने र जुन प्वाल बाट बाहिरिएको छ त्यही प्वाल मा व्यभिचार करने यो चमिकने विप्लोप को कर्तुत उसका आफ्नै परिवार लाइ समेत जाहेर नै छ / गन्दा नाल भन्दा डुंग डुंग ती गनाउने विप्लोव पापी ले सजाय भोग्ने छ करम को कटघरा मा र कुकुर र जानवर ले सुद्द न करने भ्यभिचार को फल भुगतने छ यहि जनम मा /

    Reply
  2. Deb narayan says:
    March 27, 2019 at 4:40 pm

    त्यहां भनेको सुनेको , जर्मन देशको फ़्रंकफ़र्ट शहरमा रे , नेपाली केटी Monthly पैसा तिरेर बसेको hostel ( होस्टेल ) मा रे , इंडियनले नराम्रो कुरो पारेछ रे , रातीमा पैसा तिरेको hostel बाट 15 march मा निकालीदियो रे। hostel मा कुइरे , एसियन , दक्षिण अमेरीकन , अरबियन सबैले काम गर्थयो रे। कुन देशको ले , भनदियो ( सरकार को मा गएर , ” हामीलाई पनि थाहा थिएन , इंडियन ले त्यस्तो खराब पारेको रहैछ। र त्यो केटी चाही नेपाली रहिछ ” ) भनेर सरकारी घरमा कुरा पुराईदियो रे। (1) जुनसुकै देशमा पनि पहिला पैसा तिरी सकेको गेस्ट लाइ , त्यस्तो गर्ने मिल्दैन। (२) धेरै पटक इंडियन ले नेपाली केटीलाई खराब पारेको रहिछ रे . अहिले थाहा पाको रे। यो अहिलेकै कुरा ले , सबै कुरो पता लागेयो रे। त्यस्तो खराब हुन्छ इंडियन , एउटा नेपाली नारीको बिरुद्धमा त्यसरी लागेको (३) दुनियाँ चलाख छ थाहा भइहालेयो , एकचोटी थाहा नहोला , दुईचोटि थाहा नहोला , तर जसरी पनि थाहा भइहालेयो। (4) अरु संग मिलेर नेपाली केटीलाई नराम्रो , झगड़ा पारदीने रे , अनि नेपाली केटीलाई ख़राब छ भनेर बयान गरदिने रे।

    Reply
  3. Shankar says:
    March 27, 2019 at 4:37 am

    राजनीति पेसा गर्ने हरुले देश लुटिरहेछ , हरेक अफिस मा भ्रास्ताचार छ , केयेउ निर्माला हरु बलत्कृत हुन्छ , न्याय छैन , ठुला ठुला सुन काण्ड , भ्रास्ताचार काण्ड भैरहेछ ,कुनै आयोजना हरु समयमा पुरा हुदैन बा पुरा नै हुदैन , खालि भिर पाखा बाट आएर देश लुटेर पाखेहरुले काठमान्डू मा धेरै बिल्डिंग ठड्या ये , बाटो घाटो सानो सानो , कच्ची, उनी पाखे हरु गाडि समेत किनेर बाटो ,जताततै जाम | देश मा बिदेसी छल खेल व्याप्त , पहिले पहिले भारत ले सिमाना मिच्यो भनेर पाखे नेताहरु कुर्लन्थ्यो , आजकाल सिमाना मिच्न छोड्यो तेस्को बाउले ? अनि बिसादी युक्त खाना ,तरकारी , क्यान्सर को बिरामी बढ्दो |जनतालाई एक चोटी बिरामी भए घर खेत बेच्न पर्ने , सरकारी अस्पताल को बेहाल | पाखे नेता हरु चै उपचार गर्न अमेरिका , सिङ्गा पुर् , थाइल्याण्ड जाने ?
    येसैलाई बिकास भन्ने साले हरु ?
    विप्लब पति तिम्रै सन्तान हो , चोर को दाउ चोर लाइ था हुन्छ भनेजस्तै हो |
    ‘र’ का येंजेंट सग चै तिमीहरु नतमस्तक |
    तिमीहरुको हर्कत ले हेर्दै जा देश एक दिन टर्च बालेर नक्सा मा खोज्न पर्ने हुन्छ |

    Reply
  4. B Niranjan says:
    March 26, 2019 at 5:35 pm

    नेपाल ज्यादै नै गरिब देश हो। सर्ब साधारण को जिबन त येति कस्टकर छ कि बेक्त नै गर्न सकिन्न। बिकासको काम गर्ने बेलामा यो चन्द भन्ने जनाबार कहाँ बाट आयो फेरि? के गर्न खोजेको एसले? कति पढेको छ, यो कुकुरले? केको लागि यो गधाले हड्ताल डाकेको हो? देस जनताको हो कि ठगेर छन्द आतंक गर्ने ठगा हौर काम नगर्ने छन्द माग्ने भिखारी हरु ? जे पायो तेही गर्ने? कसले अधिकार दियो? अब हड्ताल र बन्द गरनुने आतंकारी हरुलाई सम्तेरा ठिक पर्नु पर्छ। जनता हौर उठ, धेरै सुति सके उ । केको लागि बन्द, यार? मानिस ले के खाने के लाउने भन्ने अवस्था छ। खोला तर्ने पुल छैन, लगाउने कपडा छैन , एक गास खाने अन्न छैन, बिरामी हुदा डाक्टर कहाँ जाने छेमता छैन, गरिब मरेको मरेइ अनि अब अलिकति विकास हुन लग्यो कि यौ चन्द भन्ने जन्तु कहाँ बाट नेपालाई धोस्त पार्न आयो। किन एस्तो हुन्छा यो देशमा। किन जनता हरु उठ्दैनन। अब हड्ताल गर्ने देस र जनता लै दुख कस्ट दिने कम नगर्ने छन्द माग्ने यी देसका कलंक पार्टी जनता जग उता केहि गर।

    Reply
  5. madan bajracharya says:
    March 26, 2019 at 11:32 am

    अपराधको माध्यम बात दलीय स्वार्थ पुरा गर्ने कथित राजनैतिक समुह बा दल माथि कुनै पनि दल र तिनका नेताहरु कानुनि कार्यवाही गराउन नचाहनुको पछाडी भोलि उनीहरुले पनि आफ्नो दलीय स्वार्थको निमित तेस्तै गर्ने सोच रहेको स्पस्ट देखिन्छ/ अहिले देसमा बहुदलीय लोकतान्त्रिक ब्यबस्था छ/ यसको माने कुनै पनि दल र तिनका नेताको कुनै पनि सोच चाहना मा नागरिकको बहुमत बात समर्थन पायकै हुनु पर्छ/ नागरिकको बहुमतको साथ् र समर्थन पाय कसैले पनि बिरोध बन्द हड्ताल आदि केहि गर्नै पर्दैन/ किनभने लोकतन्त्रमा निर्णायक त् नागरिकनै हुन्छ/ तर अहिले के तेस्तै नागरिकनै निर्णायक हुने लोकतन्त्र छ नेपालमा?

    अहिले नेपालमा आफुलाई ठुलो नेता ठान्नेहरु “मेरो बोलि नै समस्त नागरिकको बोलि,मेरो चाहना नै समस्त नागरिकहरुको चाहना हो” ठान्छन/ उनीहरु कोहि उनीहरुको पनि बिकल्प हुन् सक्ने कुरा मान्न पनि चाहँदैन/ यदि देसमा यक जना मात्रै यस्तै नेता भयको भय उसको नेतृत्वमा बन्ने सरकारले देसमा डकैत राज नै चलाउने हुन्थ्यो/ तर देसमा यस्ता नेताहरु धेरै छन् र उनीहरु यकले अर्कालाई जति सुकै निचा देखाउन खोजे चाहे पनि बास्तविकता यहि हो कि उनीहरु ‘शेषनाग जस्तै” अनुहार टाउको अनेक तर शरीर यकै भयको प्राणि नै हुन्/ उनीहरु मध्य कुनै यकलाई मात्र चिमोटे पनि सबैलाई पिडा हुन्छ/ जनताले बोकेर सत्तामा नपुर्याय सबै भोलि बिप्लव बन्ने दाउ लुकायर बसेको छ/ तेसैले हो लोकतन्त्रको नाममा “ठोक तन्त्र” लाद्नेहरु जनता मारेर भय पनि सत्तामा पुग्ने सोच भयका कुनैलाई दण्ड दिन नचाहेको/ यसो नभयको भय न देउपाले बोलि फेर्थ्यो न ओलीले बिप्लव लाई थुनेरै भय पनि सहमतिमा ल्याउने भन्थ्यो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme