Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीको विप्लवलाई चेतावनी– हतियार बुझाउन लुरू–लुरू आऊ नत्र…देखि विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही

Posted on March 24, 2019 by राजेन्द्र मगर

आज आइतबार १० गते मध्य र पश्चिम कमान्डमा प्रहरी धरपकड बढ्दा पूर्वी कमान्डमा संगठन विस्तार गर्दै ‘प्रतिबन्धित’ नेकपा भन्दै पहिलोपोस्टले लेखेको छ।

सरकारले प्रतिबन्ध लगा यता विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ परेका छन्। सरकारले अहिले विप्लवलाई प्रमुख सुरक्षा चुनौती मानेको छ।

विप्लवको लाल किल्ला मानिएको पक्षिम श्रेत्रमा  प्रहरीले अप्रेसनलाई तीब्र पारिरहेको बेला प्रतिबन्धित नेकपाले पूर्वी कमान्डमा संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई तीब्र पारेको छ।

गत शुक्रवार मात्र उसले दोस्रो चरणको यो अभियान सकेको छ। पार्टीको केन्द्रीय कार्यक्रमअनुसार सम्पन्न २ महिने अभियान ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान–२’ चलाएको उसले यसको समीक्षा जनकपुर ब्युरोमा सम्पन्न गरेको छ।

जनकपुर ब्युरोमा मात्र यो अभियानका क्रममा दुई हजार ५७० जनालाई सदस्यता वितरण गरेको दाबी गरेको भुजेललाई उदृत गर्दै मुखपत्र रातोखबरले लेखेको छ।

सो क्रममा २६१ वटा जनवर्गीय संगठनका कमिटीहरु, २७ वटा पार्टी सेल कमिटी निर्माण गरिएको दाबी भुजेलले गरेकी छन्। उनका अनुसार यस क्रममा ३७५ वटा पिँढीसभा-कोणसभा भएका छन्।

त्यस्तै मेची ब्युरोमा दुई वटा श्रमदान १९ वटा सांस्कृतिक कार्यक्रम, पिंढीसभा–कोणसभा २२ वटा, १ सय ४४ वटा जनवर्गीय संगठनका कमिटी, १० वटा पार्टी सेल कमिटी निर्माण भएका छन्।

त्यस्तै कोशी ब्युरोले जनवर्गीय सङ्गठनका १ सय ४४ वटा कमिटी, १८ स्थानमा साँस्कृतिक कार्यक्रम ११५ वटा पिंढीसभा–कोणसभा र १२ वटा जनसभा सम्पन्न गरेको जनाएको छ।

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीविरुद्ध संगठित अपराध मुद्दामा म्याद थप गरिएको छ।

शनिबार बिहान काभ्रेको खानीखोला–७, मिल्चेबाट उनीसहित ९ जनालाई पक्राउ गरिएको थियो । उनलाई प्रकाउ गर्दा जीपमा हतियारसमेत भेटिएको सुरक्षा संयन्त्रको दाबी गरेको छ।

जिल्ला अदालत, ललितपुरमा आइतबार उपस्थित गराइएका उनीसहित ९ जनालाई  थुनामा राख्ने अनुमति दिएको छ ।

ललितपुरको नख्खुमा रहेको एनसेल प्रा.लि.को मुख्यालयमा १० फागुनमा भएको शक्तिशाली विष्फोटको घटनालगत्तै उनले सञ्चारमाध्यमहरुसँग कुरा गर्दैै घटनाको जिम्मेवारी लिएका थिए।

हेमन्तप्रकाश वलीविरुद्ध संगठित अपराध मुद्दा भन्दै अनलाइनखबरले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै विप्लव नेतृत्वको नेकपालाई लुरुलुरु हतियार बोकेर बुझाउन आउन आग्रह गरेका छन्। उनले नत्र सरकारलाई कसरी फिर्ता लिनुपर्छ भन्ने थाहा भएको बताएका हुन्।

‘हतियार बुझाउन समय दिएको छ। लुरुलुरु आए हुन्छ। नबुझाए कसरी लिनुपर्छ भन्ने थाहा छ, लिन्छ।’ उनले भने,‘लोकतान्त्रिक मूल्यमा चल्नुपर्छ, त्यही हो कुरा । त्यसमा सरकार दृढ छ। अब देशमा यस्तै अशान्तिको श्रृंखला जारी रहँदैन।’

‘विप्लव समूह’ भनेर चिनिने समूहलाई सरकारले धेरैपटक आग्रह गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने

सरकार विप्लव समूहलाई नियन्त्रण गर्न अघि बढेको बताउँदै भने उनले, ‘ब्याक गेर छैन। नियन्त्रण गर्छ।’

धानमन्त्रीको विप्लवलाई चेतावनी–‘हतियार बुझाउन लुरू–लुरू आऊ नत्र….’ भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

सरकारले  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ।

गृह मन्त्रालयले विप्लव समूहका आपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष र परोक्ष रूपमा आर्थिक तथा अन्य सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने बताएको हो।

आइतबारी गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘कोही कसैले जबरजस्ती आर्थिक सहयोग माग गर्ने/धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन अनुरोध छ,‘त्यस्ता समूहलाई आर्थिक सहयोग गरेको पाइएमा त्यस्तो सहयोग दिने र लिने वा अन्य कुनै किसिमको सहयोग गर्ने गराउनेसमेतलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ।’

विप्लवलाई आर्थिक सहायता गर्नेलाई पनि कारबाही हुन्छ: गृह भन्दै सेतोपाटीले लेखेको छ।

1 thought on “प्रधानमन्त्रीको विप्लवलाई चेतावनी– हतियार बुझाउन लुरू–लुरू आऊ नत्र…देखि विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही”

  1. Shankar says:
    March 25, 2019 at 1:02 am

    जुन तत्त्व ले हिजो जातीय कुरा उठाएर ग्रिह युद्द गराउन खोज्यो , मधेस उठाएर ग्रिह युद्द गराउन खोज्यो , तेस्ले यो मौकालाई राम्रै सदुपयोग गर्न सक्छ | सरकार येस्मा सचेत रहन जरुरि छ |
    उसैपनि नेपालि लाइ विस्तापित गराएर देश लाइ भारतीय ले भर्ने र सिंगो देश लाइ हिन्दुस्तान मा परिबर्तन गर्ने ग्रान्ड डिजाइन चलेको आभास मिल्छ , तेस्तो मा देश का दुश्मन देशी , बिदेसी तत्त्व ग्रिह युद्द गराउन सफल भयो भने देश सिधै भड्खाल मा जान्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme