Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : जीवनभर निको नहुने कस्तो रोग लाग्यो प्रचण्डपत्नी सीतालाईदेखि एसइईको तयारी पुरा

Posted on March 23, 2019 by राजेन्द्र मगर

आज चैत ९गते शनिबार पत्नीको उपचारमा प्रचण्डको एक वर्ष : जीवनभर निको नहुने कस्तो रोग लाग्यो सीतालाई? भन्दै पहिलोपोस्टले लेखेको छ। पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड यतिबेला श्रीमतीको उपचारको लागि अमेरिकामा छन्।

गत आइतबार अमेरिका उड्नुअघि दाहालको आधिकारिक फेसबुक र ट्वीटर अकाउन्टमा पत्नी सीताको जोन हप्किन्स् अस्पतालमा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) को उपचार गरिने लेखियो।

के हो त प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी)?

विश्व चर्चित स्वास्थ्य साइट वेभमेडको अनुसार पीएसपी विश्वकै अत्यतन्तै दुर्लभ रोग हो। यो रोग अत्यन्तै कम मानिसहरुलाई देखिन्छ। यो रोगको लक्षण पार्किन्सनसँग मिल्न गए पनि पार्किन्स नै भने होइन।

पिएसपीले मानिसहरुलाई हिँड्न गाह्हो बनाउने, निद्रा नलगाउने र मष्तिष्कमा सर्कुलर भएको रगत बन्द गराउने समेत गर्छ। वेभमेडका अनुसार यो रोग लागेपछि बानी ब्यहोरा परिवर्तन हुनेदेखि साथीभाइ तथा परिवारबाट टाढा बस्ने बानी लाग्छ।

वेभमेडका अनुसार यो रोग लागेका मानिसहरु मानसिक रुपमा प्रभावित हुन्छन्। रोगकै कारणले उनीहरुले आफ्नो नाम बिर्सने, घरपरिवार तथा आफन्त बिर्सनेसम्म हुन्छ। उनीहरुले के बोलिरहेको भन्ने उनीहरुलाई नै थाहा हुन्न।

गृहजिल्ला गोरखा पुगेर नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहसँग सरकार वार्ता गर्न तयार रहेको बताएका छन्। तर वार्तामा बस्न विप्लव नेतृत्वको समूह तयार रहनुपर्ने उनले बताए।

सत्तारुढ नेकपाका नेतासमेत रहेका श्रेष्ठले गलत खालका गतिविधिलाई निरन्तरता दिएकोले सरकारले विप्लव समूहलाई प्रशासनिक तवरबाट नियन्त्रण गर्न खोजेको प्रष्टाए। हतियार छाडेर विप्लव नेतृत्व शान्तिपूर्ण वार्तामा आए समस्याको समाधान निकाल्न सकिने उनले बताए।

विप्लवसँग वार्ता गर्न तयार छौं: नारायणकाजी श्रेष्ठ भन्दै सेतोपाटीले लेखेको छ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ। यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्। परीक्षा आइतबार बिहान ८ बजेबाट सुरु हुनेछ।

एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी भन्दै अनलाइनखबरले लेखेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेल तीन दिनको अस्पताल बसाईपछि शनिबार साँझ डिस्चार्ज भएका छन्। अति आवश्यक काम बाहेक केही दिन घरमै आराम गर्न सुझाव दिँदै डिस्चार्ज गरिएको मन्त्री पोखरेलको निजी सचिवालयले जनाएको छ।

तीन दिनको अस्पताल बसाईपछि शिक्षा मन्त्री पोखरेल ‘डिस्चार्ज’ भन्दै देशसञ्चारले लेखेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण ओलीसहित शुक्रबार साँझ दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोशी जलविद्युत आयोजनास्थलमा निरिक्षणको लागि पुगेका छन्। मन्त्री पुनले मंसिरभित्र सबै काम सम्पन्न हुनेगरी लाग्न निर्देशन समेत दिए।

कुलमानलाई लिएर माथिल्लो तामाकोशी पुगे ऊर्जामन्त्री पुन, मंसिरभित्रै काम सक्न निर्देशन भन्दै नेपालखबरले लेखेको छ।

उपप्रधान एवम् स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए फेरि सडकमै ओर्लने चेतावनी दिएका छन्।  यादवले संविधान संशोधनकै लागि सत्तामा गएको भन्दै भने, ‘हामी सरकारमा गएको संविधान संशोधन गर्नकै लागि हो, जुुनदिन हामीलाई विश्वास हुन्छ, अब संविधान संशोधन हुनेवाला जनताको हितमा काम हुनेवाला छैन। हाम्रा लागि सडक भन्ने कुरा अझै बाँकी छँदैछ, त्यो आदत चाहिँ छँदैछ।’

संविधान संशोधन नभए सडकमै ओर्लन्छौं : उपेन्द्र यादव भन्दै बाह्रखरीले लेखेको छ।

3 thoughts on “आजको खबर : जीवनभर निको नहुने कस्तो रोग लाग्यो प्रचण्डपत्नी सीतालाईदेखि एसइईको तयारी पुरा”

  1. aman says:
    March 26, 2019 at 12:00 am

    खप्पर त ल्याएकै रै छ नेपाली जनताका नेताका पत्नी ले हामी अमेरिका बस्ने लाई त दुइ चोटी सोच्नु पर्छ डाक्टर लाई देखाउन त्यो पनि इन्सुरंस भएर . सति ले सरापेको देश मा नेतालाई चाहिं नसरापेको देखिन्छ

    Reply
  2. Shankar says:
    March 24, 2019 at 7:03 am

    यदि उपचार खर्च राज्य ले बेहोर्ने हो भने ,यो रोग सीतालाई लागेको हैन , नेपाल सरकार को राज्यकोस लाइ लागेको हो |३ करोड नेपालि लाइ लागेको हो |

    Reply
  3. madan bajracharya says:
    March 24, 2019 at 5:08 am

    नेपालमा हजारौ लाखौ होला सानो उपचार गरे निको हुने रोगको पनि आर्थिक अभाव र सरकारले विपन्नताको कारणले उपचार गर्न नसकेर पिडा सहँदै मृत्यु कुरिरहेको महिलाहरु/ तिनीहरु पनि कसैको पत्निनै होलान सिता दाहाल जस्तै/ तर उनीहरुको बारेमा मिडियामा कुनै कुरा उठ्दैन र राज्यले पनि तेस्को निमित सुको पनि खर्च गर्दैन सिता दाहालको बिमारीको बारेमा चाहि मिडिया कुरा उठ्छ राज्यले पनि पटक पटक बिदेशमा उपचार गर्ने खर्च व्यहोर्छ; यस्तो भेदभाव किन?

    नेता पत्नी हुना साथ् मिडिया र सरकारको को निमित महत्व पूर्ण हुने बिपन्न नागरिकको पत्नीले उपचार गर्न नसकेर आया आया भन्दै रुँदै मार्दै गरेको पनि …..यस्तै हुने हो भने यस्तो नेताहरु, तिनीहरुको सरकार र ब्यबस्था उहिलेको तानाशाह राजा हुने र तिनीहरुको पत्नी बडा महारानी रानीशाहिवा हुने राज्यको सम्पति उनीहरुकै निजि हुने ब्यबस्था भन्दा फरक के कुरामा भयो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme