आज चैत ७ गते बिहिबार पहिलोपोस्टले राजा महेन्द्रलाई बम हान्ने शहरमा ज्ञानेन्द्र शाहको पाँच दिन : यी हुन् मधेशमा पूर्व राजालाई मिलेको ५ संकेत भन्दै लेखेको छ। पुर्व राजा ज्ञानेन्द्र शाह केहिदिनअघि तराई भ्रमणमा थिए। तराई भ्रमणमा पुर्व राजाले के के गरे ? के कस्तो प्रतिक्रिया पाए त ? पहिलोपोस्ट पुर्व राजाले पाएका ५ संकेत यस्तो लेखेको छ।
पहिलो : महन्थहरुको समर्थन
पूर्व राजा ज्ञानेन्द्र शाहले मधेश यात्राका क्रममा मठ मन्दिरहरुको दर्शन गर्दा सबभन्दा बढी त्यहाँका महन्थ र पुजारीहरुले साथ दिएका थिए।
दोस्रो : आसेपासेमा उत्साह
महोत्तरी बनौली अर्थात् हालको पिपरा गाउँपालिका ७ का ४३ वर्षीय राजकुमार दास पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने होटलको लिफ्ट अगाडि बिहानै पुग्थे शाहको दर्शनका लागि। उनीजस्ता अन्य सयौँ आसेपासेपनि पुग्थे।
तेस्रो : राजनीतिक दलको विकल्प खोज्नेहरु
राजनीतिक दलको विकल्प खोज्नेहरु पनि ज्ञानेन्द्रको समर्थनमा देखिए। अहिलेको राजनीतिक दलबाट केही नहुने देखेपनि उनीहरुलाई राजा आए देशमा केही हुने विस्वास थियो।
चौथो : हेमबहादुर मल्लको विरासत
कुनै बेला ‘शेरे धनुषा’ को नामले चिनिने हेमबहादुर मल्लको विरासत २०६९ सालमा उनको मृत्यु भइसक्दा पनि कायमै छ धनुषामा। पहिले जत्तिकै क्रेज त बाँकी छैन तर पनि हैसियत कमजोर भइसकेको छैन।
धनुषाको पूर्वी क्षेत्रमा उनलाई पनि ‘हेमबहादुर राजा’ भन्ने चलन थियो। राजतन्त्र ढल्यो। उनको घरपरिवार छिन्नभिन्न भयो। तर, अहिले पुनः उनका छोरा अर्थात् ‘मनोज राजा’ सक्रिय भएका छन्, मधेशमा।
राप्रपासँग जोडिएका उनी पहिले हलो छापका रुपमा चिनिन्थे। पछि उनी गाई छापवाला राजाका रुपमा चिनिन्छन्।
खाँटी मधेशका बृद्धबृद्धालाई उनले राजालाई जनकी मन्दिर दर्शन गराउने भन्दै बोलाएको बताएका थिए।
पाँचौं : हिन्दुत्व कार्ड
हिन्दू राज्य कायम हुनुपर्ने माग गर्दै आएकाहरु पनि पूर्वराजाको यात्रामा सक्रिय देखिए।
केही दिनअघिसम्म हिन्दूराष्ट्र मात्र भए पनि हुन्छ भन्नेहरु अब पूर्वराजाको सक्रियता पछि पुनः सल्बलाएको देखियो। केही दिनअघि मात्र राप्रपाका कमल थापाले हिन्दुत्वको नारा लगाउँदै यही हुँदै राष्ट्रिय स्वभाविमान यात्रा गरेका थिए।
गत २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारले हतियार विसाएपछि मात्र विप्लव समुहसँग वार्ता हुने बताएको छ ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले कुनै असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने बताए । बास्कोटाले भने, ‘राजनीतिक मैदान नै खाली छ, जता पट्टा खेलेपनि हुन्छ।’
वार्ताका लागि विप्लव समूहले हतियार बिसाउनुपर्ने सरकारको शर्त भन्दै अनलाइनखबरले लेखेको छ।
युवतीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा दाङमा प्रहरी जवानमाथि निर्घात कुटपिट भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरी होली मनाउन बिदा लिएर घर आएका बेला युवाहरूको समूहबाट कुटिएका हुन्। उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बिहीबार दिउँसो बाँके रेफर गरिएको छ।
जवरजस्ती होली नदल्न आग्रह गर्दा प्रहरीमाथि निर्घात कुटपिट भन्दै सेतोपाटीले लेखेको छ।
प्राध्यापक डाक्टर गोविन्द केसीले विद्यार्थी ठगी गर्ने गण्डकी मेडिकल कलेज लगायतका अन्य कलेजहरुको सञ्चालकलाई कारबाही गर्न माग गरेका छन्। तोकिए भन्दा बढी शुल्क लिएर विद्यार्थीको भविष्य बर्बाद गरेको प्रमाणसहित समाचार आउँदासमेत राज्य चुप लागेको भन्दै उनले प्रेस विज्ञप्ती जारी गरेका छन्।
‘प्रधानमन्त्री भ्रष्टाचारको रमिते’, जुनसुकै बेला सत्याग्रह सुरु गर्ने डा केसीको चेतावनी भन्दै बाह्रखरीले लेखेको छ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले २४ घण्टा नपुग्दौ संघीयता र गणतन्त्रका विषयमा दिएको अभिव्यक्ति फेरेका छन्।
तर, आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धी भएको भन्दै २४ घण्टा नपुग्दै धारणा फेरेका छन्। उनले भने, ‘गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो। यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन’
तर हिजो उनले बुधबार होलीको अवसरमा आफैले आयोजना गरेको कार्यक्रममा पत्रकारहरुसँग जनताले चाहेमा हिन्दु राज्यका साथै संघीयता र गणतन्त्रमा पनि जनमत संग्रह गर्नुपर्ने धारणा राखेका थिए।
२४ घण्टामै शशांकको यू टर्न : संघीयता र गणतन्त्रमा जनमत संग्रह हुँदैन भन्दै काठमाडौं प्रेसले लेखेको छ।
रौतहटको गजुरा नगरपालिकामा होली खेल्ने क्रममा दुई पक्षबीच भएको झडपमा प्रहरीसहित ९ जना घाइते भएका छन्। होलीमा माटोको घैंटा (मटका) फुटाउने क्रममा दुई पक्षबीच झडप भएको थियो।
प्रहरीले स्थिति नियन्त्रण लिन १३ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।
होली खेल्दा रौतहटमा झडप : १३ राउण्ड अश्रुग्यास प्रहार, प्रहरीसहित ९ घाइते भन्दै नेपाल लाईभले लेखेको छ।
शसांकले मात्रै होईन देउपाले पनि यु तर्न लगायको छ; दिल्ली सम्झौता हुनु अघि सम्मै पनि संबैधानिक राजतन्त्रको हिमायती यमालेको ओलीले पनि राजतन्त्र नागरिकले रगत बगायर फालेको…भनेर प्रचंद्रको बोलि बोलेरै नितान्त झुठ नै बोलेको छ/ ओलीको यो कुराले ओली प्रचंद्रले ” हामी नेताहरु झुठ पनि बोल्छौँ ” भन्ने गिरिजालाई आफ्नो किन आफ्नो महान नेता माने भन्ने कुरा स्पस्ट गरे/
प्रचंद्रले राजतन्त्र फाल्ने र नेपालमा संघीय लोक्तानात्रिक ब्यबस्था अपनाउनु पर्छ भनेर जनयुद्ध गरेकै थियन; भारत सिट नझुक्ने राजा महान रास्त्रवादी भयको भन्दै सन् १९५०को सन्धि लगायत दिल्ली सिट भयको सन्धिको बिरोध गर्दै १० बर्ष सम्म आफ्नो कुरा नमान्ने आम नागरिक देखि कांग्रेस यमालेको कार्यकर्तालाइ सिध्याउन्दै बिद्रोह मात्रै गरेको थियो; दिल्लीमा सम्झौता गर्नु पर्छ भनेको थियन दिल्ली सिट सुरुङ्ग युद्ध गर्छु पो भनेको थियो/
मावोबादीको ..बेला देसको सबै नागरिकहरुको बहुमत पाउने दलहरु कांग्रेस र यमाले दुवै नेपालमा संबैधानिक राजतन्त्रको समर्थकनै थियो र इनिहरुले नेपालमा “संघियता” को “स” पनि कहिँ कहिले उच्चारण समेत गरेको थियन/ त् के ओलीले भन्न सक्छ नेपालको राजतन्त्र फाल्न रगत बगाउने नागरिक कुन देसको हो भनेर?
मित्रहरु सायद हामि सबै सहि “लोकतन्त्र” राजतन्त्र भन्दा राम्रै हुने कुरा मान्छौं होलानै/ किनभने लोकतन्त्र लोकले रोजेको हुन्छ/ तर हामि कहा बिगतको राजनैतिक परिबर्तन लगायत अहिलेको जुन लोकतन्त्र र संघियता अपनायको छ त्यो लोक अर्थात नेपालि नागरिकहरुले होईन दिल्लीले रोजेको के भन्ने लादेको हो/ दिल्लीले रोजे-लादेको समर्थन गरेको के पो नेपालको निमित कहिले राम्रो भयको छ? नेपालमा भारत खुस्याउने नेताहरुलाई भारतले निचोरेर रसनिकाले पछि कागतिलाई दस्त बिनामा फाले जस्तै फाल्दै आयको छ तापनि “जय बोलो दिल्लीको” भन्नेको होस् आयको छैन/
राना राजाको पालामा पनि नेपालीलाई बिकल्प दियको थियन र दिल्ली सम्झौता गरेर सिंहदरवार पुगेकोले लादेको कुनै व्यवस्थाले पनि नेपालीलाई आज सम्म कुनै बिकल्प दियकै छैन/ सबैले दिल्ली खुस्याउने कोठे निर्णयनै लाद्दै आयको छ/ चुनावमा भोट दिन लगाउने त् इनिहरुको कोठे सहमतिको हुकुमत लादिने हुकुमतन्त्रलाई लोकतान्त्रिक देखाउने नौटंकी मात्रै हो/ नागरिकहरु माथि हुकुमत लाद्नुलाई नेपालीले रोजेको भनेर झुठ बोल्दै आउने इनिहरुले यक दिन पक्कै देख्ने छन् कि साँच्चैनै नेपालीले रगत बगायर रोज्ने ब्यबस्था कस्तो हुनेछ र तेतिबेला इनिहरुको हैसियत-हालत के हुनेछ भनेर/