Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डलाई नो इन्भेस्टिगेसन सर्कुलर- हैन के रहेछ यो? खोज्दा कतै देखिएन त

Posted on March 21, 2019 by Salokya

नो इन्भेस्टिगेसन सर्कुलर जारी गरिएका भनिएका दुई नेता : प्रचण्ड र मोदी

दुई वटा कुरा यो बीचमा खुब सुनिए- एउटा प्रचण्डविरुद्ध अमेरिकामा रहेका एक गैरआवासीय नेपालीले एफबिआईमा उजुरी गरे। दोस्रो, अमेरिकाले नो इन्भेस्टिगेसन सर्कुलर जारी गर्‍यो। नो इन्भेस्टिगेसन सर्कुलर जारी भएको भनी आएका खबरहरुमा नरेन्द्र मोदीका लागि पनि जारी गरिएको दावी गरिएको थियो।

के रहेछ त यसको सत्य? यसो खोजौँ न भनेर गुगल गरेको, कहीँ कतै भेटिएन। यो ‘No Investigation Circular’ भन्ने टर्म नै अहिलेको यही प्रचण्डको इस्युमा नेपालीहरुले लेखेको मात्र भेटियो। यदि साँच्चै यस्तो केही हुँदो हो त केही न केही त भेटिनु पर्ने नि।

नरेन्द्र मोदीका लागि नो इन्भेस्टिगेसन सर्कुलर जारी गरिएको भन्ने दावी भएका कारण यो पनि खोजियो। अहँ, नरेन्द्र मोदीसँग जोडिएर पनि नो इन्भेस्टिगेसन सर्कुलरको समाचार कहीँ कतै आएको देखिएन।

कि यस्तो खालको सर्कुलरको शब्द नै अर्को हुनुपर्छ। कि यस्तो सर्कुलर भन्ने हुँदै हुँदैन। नत्र अहिलेसम्म कसैलाई त यस्तो सर्कुलर जारी गरियो होला, त्यसको कहीँ न कहीँ त समाचार आएको हुनुपर्ने नि।

यस्तो सर्कुलर कसले जारी गरेको हो भन्ने पनि ‘हल्ला’मा स्पष्ट छैन।

अमेरिकी विदेश मन्त्रालय अर्थात् स्टेट डिपार्टमेन्टले गर्ने हो?

कानुन मन्त्रालय (डिपार्टमेन्ट अफ जस्टिस) ले गर्ने हो?

कि एफबिआईले नै गर्ने हो?

यस्तो सर्कुलर कसले जारी गर्ने नै स्पष्ट नभएपछि यसको अस्तित्वमा नै प्रश्न उठ्नु स्वभाविक भयो।

के भएको होला त? यसो हामी पनि अनुमानै लगाइदिउँ न त- प्रचण्डले अमेरिका जानुअघि नै कूटनीतिक भेटघाट गरेका थिए। केही नहुने प्रतिवद्धता पाएका होलान्। सर्कुलर भइसक्यो भनेका होलान् कि। त्यही भएर नो इन्भेस्टिगेसन सर्कुलर जारी भएको भनिएको हो कि।

वा यस्तो सर्कुलर अति नै गोप्य, महागोप्य, परमगोप्य हुने भएकोले दुनियाँभर कहीँ कहिल्यै यस्तो सर्कुलर जारी भएको खबर नआएको पो हो कि।

पत्ता लगाउन सकिएन।

बरु त्यो एफबिआईमा उजुरी दिएर चाहिँ केही लछारपाटो लाउँदैन भनेर हिजोको ब्लग पढ्न छुटाउनु भएको भए यता क्लिक गरी पढ्नुस् है।

8 thoughts on “प्रचण्डलाई नो इन्भेस्टिगेसन सर्कुलर- हैन के रहेछ यो? खोज्दा कतै देखिएन त”

  1. prithvi narayan says:
    March 22, 2019 at 5:59 pm

    अमेरिकाले न्याय अन्याय हेर्ने भन्दा पनि आफ्नो फाइदा बेफाइदा मात्र हेर्ने हो ! प्रचण्ड लाइ पक्रेर केहि फाइदा छैन तेसैले पक्रदैन

    Reply
  2. प्रवीण कुमार के.सी. says:
    March 22, 2019 at 11:50 am

    डि.भि., ग्रिन कार्ड, पि.आर भन्या जस्तै नो इन्भेस्टिगेसन सर्कुलर भनेको गरिब देशका धनि नेताहरुलाई अमेरिकाले दिने कुनै बिषेश सहुलियत होला ।

    Reply
  3. sushil says:
    March 22, 2019 at 11:03 am

    सर्कुलर भनेको इन्टरनल हुन्छ अनि कसरि गुगल गरेर थाहा पाइञ्छ त . अब नेपाली मिडिया ले चाइ नेताहरुबाट जे पनि थाहा पाउने भै हाले .

    Reply
    1. Salokya says:
      March 22, 2019 at 7:43 pm

      नेपालीको इन्टरनल सर्कुलर त थाहा पाए भने लौ, नरेन्द्र मोदीको लागि पनि यस्तै गरेका थिए भनेर चाहिँ कसरी थाहा पाए भनेर ट्वाँ परिरा नि 🙂

      Reply
  4. Shankar says:
    March 21, 2019 at 8:29 pm

    ‘कुन पुछे खेसरिका दाल ”बुख्याचा जस्तो आकारको पनि बन्न सक्छ |मान्छेको सिर्जन्सिलता मा भर पर्छ | अब भारत ले कहिले कसलाइ हिरो बनाइदिन्छ , कहिले कसलाई जिरो | कहिले काही उसको स्वार्थ मा असजिलो भए सिध्याई पनि दिदो रहेछ | उदाहरण उसले नेपालि राजनीतिमा छल खेल गरेको अध्यान गरे थाह हुने अबस्था |
    उसले नेपाल मा खेलेजस्तो खेल , पाकिस्तान ले उ माथि खेल्दा चै भारतीय मिडिया उफ्रेको हेरम आजतक , ये पी बि न्युज , जी निउज आदि |
    सिटौला , अमरेश , बाबुराम , सिके रावत ,प्रचण्ड , माकुने ,ओली कुनैलाई इमारान्खान
    सग तुलना गर्न सकिएला ?

    इमरान खान चै बरु क्रिकेट को पनि हिरो , मान्छे पनि हिरो , दिमाग पनि मोदीलाई मात दिए झैँ लाग्यो |

    Reply
  5. madan bajracharya says:
    March 21, 2019 at 7:07 pm

    आफु कोहि सिट नमिल्ने तर सबै आफु सिट नमिले सिध्याउन नसके गला निमोठेर दवाउने, चपाउन पनि नसकिने निले घांतिमै अड्किने टाढा राखे बाधाको पहाड बन्ने नाजिक्याय अस्तित्वनै मिताउनेको पदको आवरणले लुकायर प्रतिबन्धित बात प्रतिष्ठित बनेकाहरुको हात मिलायको तस्विर बोल्छ “इनिहरु को सिट किन मिल्छ” भनेर/

    Reply
  6. Pralhad Timalsina says:
    March 21, 2019 at 2:14 pm

    पहिलो नबुजेको कुरो
    प्रधानमन्त्री भैसकेका प्रचण्ड , जो १० बर्से युद्द लडिसकेका , देस भित्र बाहिर कयेउ मुद्दा मामिलामा परिसकेका व्यक्ति उता पक्रेला कसैको उजुरी मा भन्ने ज्ञान नहोला ? त्यतिकै देस छोडेर किन जान्थे , बरु उपचार नै गर्न जादैनाथीय ।
    दोस्रो कुरा
    त्यो उजुरी गर्ने व्यक्ति ले पठाएको इमेल सोसियल मिडिया मा कसरि प्राप्त भयो ? के येस्ता इमेल FBI ले पाउने बितिकै फेसबुकमा हालिदिन्छ ?
    या त उजुरी गर्ने व्यक्ति को कुनै प्रतिक्रिया अहिले सम्म आएको छ ?
    उसको इमेल को सेन्ट आइटम मा गएर कसले हेर्यो ?
    यी सबै कुरा योजनाबद्द झैँ देखिन्छ । तिलक श्रेष्ठ सत्य हो या यो पनि नभएको व्यक्ति हो ?

    Reply
    1. Salokya says:
      March 22, 2019 at 7:44 pm

      तिलक श्रेष्ठ चैँ फेसबुकमा भेटिए । यसो कुरा बुझ्दा उनले वा उनका निकटका मान्छेले नै मिडियामा प्रचार गराएको देखियो ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme