Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध एयरको ‘नयाँ’ एटिआर विमान साढे ११ वर्ष पुरानो, यो विमानको ‘कुण्डली’ हेर्दाका रोचक तथ्य

Posted on March 19, 2019March 19, 2019 by Salokya


बुद्ध एयरको नयाँ विमान नेपाल आइपुगेको छ। एक अर्ब रुपैयाँको लगानीमा किनेको ATR72-500 विमान सोमबार राति काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ। उड्डयनसम्बन्धी जानकारी दिने वेबसाइट एभिएसन नेपालका अनुसार योसहित अब बुद्ध एयरसित १२ वटा एटिआर विमान हुनेछ। ‘9N-AMY’ कलसाइनमा यो विमान उड्ने छ। पक्कै पनि बुद्ध एयरका लागि यो ‘नयाँ’ विमानै हो। तर यसो यो विमानको कुण्डली खोजी हेर्दा पो थाहा भयो, यो साढे ११ वर्ष पुरानो सेकेन्ड ह्यान्ड विमान रहेछ।

बुद्ध एयरले आफ्नो फेसबुकमा ७ मार्चमा एटिआरको फ्रान्सको टुलुजमा रहेको निर्माण कम्पनीमा रहेको फोटो राखेको थियो।

विमान फ्रान्सबाट माल्टा हुँदै नेपाल उडेको थियो। माल्टा अन्तर्राष्ट्रिय विमानस्थलमा जेटफोटोजले यो विमानको फोटो लिन भ्याएको रहेछ

हेर्दा विमान सादा नै देखिन्छ। किनभने यसमा बुद्ध एयरको लिभरी पेन्टिङ गर्न बाँकी नै छ। त्यो यतै ल्याएर गरिँदैछ।

‘सेकेन्ड ह्यान्ड विमान’

किन्न एक अर्ब रुपैयाँ लागेको भनिए पनि यो विमान नयाँ भने हैन। कुनै पनि विमानको कुण्डली पत्ता लगाउन सजिलो छ। यसको हेर्दाका रोचक तथ्य यस्तो थियो- 

२००७ मे २१ मा पहिलो उडान गरेको यो विमान यसअघि एयर टाहिटीले चलाउँथ्यो। यो फ्रेन्च पोलिनेसियाको एयरलाइन्स हो। त्यतिबेला यसको कल साइन F-OIQU थियो। कम्पनीले परीक्षण उडानका लागि भने कल साइन F-WWEL लिएको थियो।

मे २००७ देखि टाहिटी एयरलाइन्सले यो विमान ११ वर्षसम्म चलाएर १२ फेब्रुअरी २०१८ मा कम्पनीलाई फर्काइदियो। त्यसपछि कम्पनीकै स्वामित्वमा यो विमान F-WKVH  कलसाइनका साथ रह्यो। त्यही बेला सबैभन्दा धेरै एटिआर चलाइरहेको बुद्ध एयरले यो विमान किनेको हो।

टाहिटी एयरलाइन्सले नै चलाइरहँदा यो विमान एउटा दुर्घटनाबाट बचेको थियो।

एभिएसन एक्सिडेन्ट्स नेटमा  राखिएको इन्सिडेन्ट रिपोर्ट अनुसार २५ जुन २०११ का दिन टेकअफ गर्ने बित्तिकै पाइलटले ट्याब कन्ट्रोल रड डिसकनेक्ट भएको देखेका थिए। विमानमा पाइलट र को पाइलट बाहेक अरु यात्रु थिएनन्। पाइलटले कुशलताका साथ विमान अवतरण गरेका कारण केही नराम्रो भएन।

एयर टाहिटीले चलाउँदाको यो विमान। फोटो: जेटफोटोज

एयर टाहिटीको स्वामित्वमा रहेको बेलाको विमानको भिडियो-

5 thoughts on “बुद्ध एयरको ‘नयाँ’ एटिआर विमान साढे ११ वर्ष पुरानो, यो विमानको ‘कुण्डली’ हेर्दाका रोचक तथ्य”

  1. KB says:
    March 20, 2019 at 9:06 pm

    अब टहिटी एयर्लाइन्सले पत्रु नबनाई चलाएर छाडेको विमान भोलि पर्सि गएर ठहिटी वायुको सेवा खोलेर ट्रान्सफर गरे भो नी त!
    मदनजीको रोचक अनुभव शेयरको लागि धन्यवाद| माइसंसारमा तपाइको कमेन्ट नबिराई पढ्ने गर्छु| शानेवानिले एउटा पाइलटको घरेलु सामान किन्न त्यतिका रकम खर्च गरेको? गर्नेलाई पनि अपराध वोध हुनपर्ने हो| शानेवानिको खानेवानीले धजावाहकलाई लज्जावाहकमा परिणत गरेको हो|
    खोइ बुद्धमा कमिसनको कुरो आएन| नेवानिमा वाइडबडि, लाउडा र धमिजावालहरुलाई कारवाही
    हुनपर्ने कुरै मात्र हो|

    Reply
  2. bijay says:
    March 20, 2019 at 8:22 pm

    सेकेन्ड ह्यान्ड जहाज किन्नु आफैमा नराम्रो कुरा हैन / तर जहाज किन्ने बेलामा जहाजको इतिहास (operation and maintenance records) सबै हेर्नु पर्छ/ कुनै पनि जहाज को यौटा निश्चित जीवन रेखा निर्धारण गरेर बनाइएको हुन्छ र सुरछ्याको हिसाबले त्यति बेला सम्म सुरक्षित मान्न सकिन्छ / यो जीवन रेखा जहाजको structural durability मा आधारित हुन्छ जुन पुराना आइतिहशिक दुर्घटनाहरु बाट सिकिएको पाठमा आधारित छ/ आरु जानकारीको लागि केहि लिंकहरु तल हेर्नु होला

    https://www.faa.gov/about/initiatives/maintenance_hf/library/documents/media/aviation_maintenance/science10.pdf

    http://www.boeing.com/commercial/aeromagazine/aero_02/textonly/ps01txt.html

    केहि आइतिहशिक पाठ सिकाउने दुर्घटनाहरु:
    https://en.wikipedia.org/wiki/Aloha_Airlines_Flight_243
    https://lessonslearned.faa.gov/ll_main.cfm?TabID=2&LLID=28&LLTypeID=2

    Reply
  3. avaya says:
    March 20, 2019 at 12:02 am

    अरु देश मा प्लेन नंया अनि पाईलोट चै पुराना हुन्छन रे | अनि नेपाल मा चै pilot नया (भर्खर पढाई सकेर आयका) अनि प्लेन चै अरु तिर चलाए र पुरानो भएको हुन्छ भन्थे कसले हो, हो रहेछ कि के हो?

    Reply
  4. Pradeep says:
    March 19, 2019 at 10:59 pm

    Good Information mate !
    इट्स ओके |
    नाथिंग रोंग मित्र |
    लोंगेस्ट रुन्निंग बोइङ्ग ७४७ वाज अबोउत ५० येअर्स |
    सो दिस ओने इज भेरी योउङ्ग (पथ्था) क्या |
    चीर्स मित्र

    Reply
  5. madan bajracharya says:
    March 19, 2019 at 11:25 am

    जहाज सेकेन्ड हायंद हुँदैमा खराव हुँदैन/ कुनै पनि जहाज निश्चित घण्टा उदे पछि जहाज बनाउने कम्पनि र अन्तरास्ट्रिय मापदण्ड अनुसार यक यक पार्ट र जहाजको बादी समेत पुरै चेक गरिन्छ/ फेरी जहाजको सबै पार्ट पुर्जाको उपयोग अबधि तोकेको हुन्छ त्यो अबधि मा ती पार्ट पुर्जा बदलिनै पर्छ/ त् सेकेन्ड हायंद हुँदैमा के भयो?

    अब सेकेन्ड हायंद भनेर नाक खुम्चाउने यक जना पाइलट साहेवको कुरा सुनाउञ्छु/ कुरो म हंगकंगमा हुँदाको हो/ उहाको घरको बिग्रेको माईक्रो वभनको १९ हंगकंग डलर पर्ने पार्ट बुक गर्न र लिन जान मेरो ट्याक्सी खर्च मात्रै ४०० हंगकंग डलर खर्च भै सकेको थियो र त्यो पार्ट मिलेन अर्को चाहियो भने पछि मैले सेकेन्ड हायंद बजार बात उसैको मोडेलको नया नै देखिने सेकेन्ड हायंद माक्रो वभन ५० डलरमा किनेर ल्याय/ अनि उसलाई चाहिने पार्ट तेही माईक्रो वभन बात निकालेर दिन खोज्दा “सेकेन्ड हायंद….भन्नु भयो/ अनि मैले उहालाई तपाईं कुन होटेलमा बस्नु भयको छ भनेर सोधे/ उहाले होटेल शेराटनमा भन्नु भयो/ त्यो होटेल ५ स्टार होटेल हो/ अनि मैले उसलाई त्यो होटेलको जुन बेडमा सुत्नु हुन्छ तेस्को डसना तन्ना तकिया शिरक साबि नया हो बा सयौं जना सुतिसकेको..भनेर सोधे पछि यक छिन वाल परेर मेरो मुख हेर्यो/ तेसपछी उसले तिमीले किनेर ल्यायको सेकेन्ड हयन माक्रो वभन मेरो भन्दा धेरै राम्रो छ तेसैले तेस्लाई नबिगार म तेही सेकेन्ड हयंद माक्रो वभन घर लग्छु भने; लगे पनि/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme