Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेर्नुस् साइकल चलाउँदै काठमाडौँको सडकबाट गरेको गोप्रो लाइभ

Posted on March 17, 2019 by Salokya


हिजोको ब्लगमा पनि लेखेको थिएँ, पहिले कति गाह्रो थियो भिडियो लाइभ गर्न। त्यस्तो बेला पनि नारायणहिटी राजदरबारबाट ज्ञानेन्द्र बाहिरिँदाको भिडियोसहित लाइभ गरिएको थियो। त्यसपछि नागरिकन्युजमा काम गर्दा नागरिक नायक कार्यक्रमको लाइभ भिडियो प्रसारण पनि गरिएको थियो। त्यतिबेला फेसबुक र युट्युबबाट लाइभ गर्ने सुविधा थिएन। युस्ट्रिमबाट लाइभ गरिएको थियो। अहिले त यसको नाम पनि आइबीएम क्लाउड भिडियो बनाइसकिएको रहेछ। बजियाहरुले पुरानो भिडियो सबै डिलिट गरेछन् नि। अहिले हेर्दा त एउटै पुरानो भिडियो देखिन्न त। अहिले त लाइभ गर्न कति सजिलो, इन्टरनेट पनि मोबाइलमा फोर जी छँदैछ। आज साइकल चलाउँदै लाइभ गर्न मिल्ने रहेछ कि नाइँ टेस्ट गर्न मन लाग्यो।

गोप्रोबाट सीधै लाइभ गर्न मिल्दैन भन्ने थाहा थियो। तर अर्को एपबाट जोडेर लाइभ गर्न मिल्ने रहेछ। न्युजिल्यान्डको घटनामा त्यसरी नै लाइभ भएको रहेछ।

लाइभ ४ नामको एपले गोप्रोलाई फेसबुक लाइभमा जोड्ने रहेछ। आज यसैको टेस्ट दिउँसो साइकल चलाउँदा गर्न मन लाग्यो। नाकाबन्दीको बेला खुब साइकल चलाइएको थियो। अचेल फेरि साइकल चलाएर घर-अफिस गर्ने गरेको छु।

साइकलको हेल्मेटमा गोप्रो जोडेँ। एपबाट गोप्रोलाई जोडेँ। त्यसपछि एनटिसीको फोरजी नेट। सुरुमा जोडिन अलि समय लाग्यो।

रविभवनदेखि लाइभ जोडियो। रविभवनबाट सोल्टिमोड, कालिमाटी, टंकेश्वर, परोपकार, भीमसेनस्थान उकालो, भत्किएको काष्ठमण्डप हुँदै वसन्तपुर कुमारी घरअगाडि पुग्दा एक पटक सिग्नल कम भन्दै लाइभ काटियो। एकैछिनमा फेरि जोडियो। त्यहाँबाट जुद्ध शालिक, न्युरोड, वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पहिलोपोस्टको कार्यालय पुगियो।

हेर्नुस् लाइभ गर्दाको भिडियो-

त्यो जमानाको लाइभ र अहिलेको सजिलो लाइभ। यो अनुभव पनि गजबकै रह्यो।

4 thoughts on “हेर्नुस् साइकल चलाउँदै काठमाडौँको सडकबाट गरेको गोप्रो लाइभ”

  1. GN says:
    March 20, 2019 at 10:20 am

    कस्तो त खबर नै नगरी मेटेछन त मुद्दा हाल्नु

    Reply
    1. Salokya says:
      March 20, 2019 at 7:31 pm

      खबर त गरे होलान् नि, मेल स्पामतिर पो गयो कि। याद गरिएन

      Reply
  2. प्रवीण कुमार के.सी. says:
    March 18, 2019 at 11:23 am

    “बजियाहरुले पुरानो भिडियो सबै डिलिट गरेछन् नि” ??? त्यत्ती राम्रो मान्छेले सार्वजनिक ब्लगमा “बजिया” भनेको …… । नेपालीमा गाली हो क्यारे यो शब्द ।

    Reply
    1. Salokya says:
      March 18, 2019 at 8:59 pm

      गाली नै गरेको हो। त्यत्रो इतिहास मेटिदिएकोले रिस उठेर।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme